Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

लोकतन्त्रको मूल आधारनै निर्वाचन हो, तयारी अन्तिम चरणमा पुगिसकेकाे छः आयुक्त डा. तुलाधर

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगले पूर्ण प्रतिवद्धताका साथ कार्य गरिरहेको बताएकी छन् ।

निर्वाचन प्रशिक्षक प्रशिक्षण दुई दिने कार्यशाला गोष्ठी समापन समारोहमा उनले आगामी निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको एक अत्यन्त संवेदनशील र निर्णायक चरण भएको उल्लेख गरे।

आयुक्त डा. तुलाधरले भनिन्, “लोकतन्त्रको मूल आधारनै निर्वाचन हो, र निर्वाचनको विश्वसनीयता, निष्पक्षता तथा पारदर्शिता सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी आयोग र यसमा संलग्न सम्पूर्ण जनशक्तिको काँधमा रहन्छ ।”उनका अनुसार, स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली अद्यावधिक तथा मतपत्र छपाइको कार्य प्रारम्भ भइसकेको तथा निर्वाचनका लागि आवश्यक सामग्रीमध्ये ३७ प्रकारका सामग्री जिल्लास्तरबाट विकेन्द्रीकृत रूपमा खरिद गर्ने तथा ११ प्रकारका सामग्री सार्वजनिक निकायबाट खरिद गर्ने योजना कार्यान्वयनको चरणमा पुगेको छ ।

सबै १६५ निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको नियुक्ति सम्पन्न भइसकेको छ । निर्वाचन आयुक्त तुलाधरले निर्वाचन व्यवस्थापनमा खटिने जनशक्तिको समयमै परिचालन, जिम्मेवारीको स्पष्टता, तटस्थ आचरण तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना निर्वाचनको विश्वसनीयताको आधारस्तम्भ भएको बताइन्।

मतदान प्रक्रियालाई गोप्य, सुरक्षित, सरल र मतदातामैत्री बनाउने सन्दर्भमा मतदान केन्द्र व्यवस्थापन, मतदान प्रक्रिया, मतगणना, विवाद तथा गुनासो व्यवस्थापन र नतिजा प्रमाणीकरणमा देशव्यापी रूपमा एकरूपता कायम गर्न प्रशिक्षक तथा श्रोत व्यक्तिहरूको भूमिका निर्णायक रहने उनको भनाइ थियो ।

निर्वाचनमा पहिलो पटक मतदान गर्ने नवयुवा पुस्ताका मतदाताहरूको उल्लेखनीय सहभागिता रहने भएकाले उनीहरूमा लोकतन्त्रप्रति विश्वास, उत्तरदायित्व र उत्साह अभिवृद्धि गर्ने कार्य पनि प्रशिक्षकमार्फत तल्लो तहसम्म पुग्न पर्नेमा उनको जोड छ ।

आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनको क्रममा आर्थिक व्यवस्थापनमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व अपरिहार्य रहेको बताए।

उनले भने, “सुरक्षा व्यवस्थापनमा सबै सुरक्षा फौजसँगको समन्वय, जोखिम मूल्याङ्कन र संवेदनशील मतदान केन्द्रको पहिचान अत्यन्त महत्त्वपूर्ण पक्ष हुन्। गलत मतदान हुने नदिन, बदर मत कम गर्न र मतदातामा रहेको निर्वाचनसम्वन्धी भ्रमको अन्त्य गर्न प्रभावकारी मतदाता शिक्षा अपरिहार्य छ ।”

निर्वाचन आचारसंहिता, अनुगमन तथा पर्यवेक्षण संयन्त्रमार्फत यस्ता गतिविधिको नियन्त्रण र नियमनलाई आयोगले प्राथमिकतामा राखेको बताउँदै सचिव राउतले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्दै निर्वाचनको स्वच्छता, मर्यादा र सन्तुलन कायम गर्न श्रोत व्यक्तिको अभिमुखीकरणको महत्त्वपूर्ण भूमिका रहने धारणा राखे ।

उनले आयोग, सुरक्षा निकाय, सरकारी संयन्त्र, राजनीतिक दल, सञ्चार माध्यम तथा आम मतदाताको साझा प्रयासबाट यो निर्वाचन लोकतन्त्रको उत्सवका रूपमा सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending