Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

लोकतन्त्रको मूल आधारनै निर्वाचन हो, तयारी अन्तिम चरणमा पुगिसकेकाे छः आयुक्त डा. तुलाधर

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगले पूर्ण प्रतिवद्धताका साथ कार्य गरिरहेको बताएकी छन् ।

निर्वाचन प्रशिक्षक प्रशिक्षण दुई दिने कार्यशाला गोष्ठी समापन समारोहमा उनले आगामी निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको एक अत्यन्त संवेदनशील र निर्णायक चरण भएको उल्लेख गरे।

आयुक्त डा. तुलाधरले भनिन्, “लोकतन्त्रको मूल आधारनै निर्वाचन हो, र निर्वाचनको विश्वसनीयता, निष्पक्षता तथा पारदर्शिता सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी आयोग र यसमा संलग्न सम्पूर्ण जनशक्तिको काँधमा रहन्छ ।”उनका अनुसार, स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली अद्यावधिक तथा मतपत्र छपाइको कार्य प्रारम्भ भइसकेको तथा निर्वाचनका लागि आवश्यक सामग्रीमध्ये ३७ प्रकारका सामग्री जिल्लास्तरबाट विकेन्द्रीकृत रूपमा खरिद गर्ने तथा ११ प्रकारका सामग्री सार्वजनिक निकायबाट खरिद गर्ने योजना कार्यान्वयनको चरणमा पुगेको छ ।

सबै १६५ निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको नियुक्ति सम्पन्न भइसकेको छ । निर्वाचन आयुक्त तुलाधरले निर्वाचन व्यवस्थापनमा खटिने जनशक्तिको समयमै परिचालन, जिम्मेवारीको स्पष्टता, तटस्थ आचरण तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना निर्वाचनको विश्वसनीयताको आधारस्तम्भ भएको बताइन्।

मतदान प्रक्रियालाई गोप्य, सुरक्षित, सरल र मतदातामैत्री बनाउने सन्दर्भमा मतदान केन्द्र व्यवस्थापन, मतदान प्रक्रिया, मतगणना, विवाद तथा गुनासो व्यवस्थापन र नतिजा प्रमाणीकरणमा देशव्यापी रूपमा एकरूपता कायम गर्न प्रशिक्षक तथा श्रोत व्यक्तिहरूको भूमिका निर्णायक रहने उनको भनाइ थियो ।

निर्वाचनमा पहिलो पटक मतदान गर्ने नवयुवा पुस्ताका मतदाताहरूको उल्लेखनीय सहभागिता रहने भएकाले उनीहरूमा लोकतन्त्रप्रति विश्वास, उत्तरदायित्व र उत्साह अभिवृद्धि गर्ने कार्य पनि प्रशिक्षकमार्फत तल्लो तहसम्म पुग्न पर्नेमा उनको जोड छ ।

आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनको क्रममा आर्थिक व्यवस्थापनमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व अपरिहार्य रहेको बताए।

उनले भने, “सुरक्षा व्यवस्थापनमा सबै सुरक्षा फौजसँगको समन्वय, जोखिम मूल्याङ्कन र संवेदनशील मतदान केन्द्रको पहिचान अत्यन्त महत्त्वपूर्ण पक्ष हुन्। गलत मतदान हुने नदिन, बदर मत कम गर्न र मतदातामा रहेको निर्वाचनसम्वन्धी भ्रमको अन्त्य गर्न प्रभावकारी मतदाता शिक्षा अपरिहार्य छ ।”

निर्वाचन आचारसंहिता, अनुगमन तथा पर्यवेक्षण संयन्त्रमार्फत यस्ता गतिविधिको नियन्त्रण र नियमनलाई आयोगले प्राथमिकतामा राखेको बताउँदै सचिव राउतले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्दै निर्वाचनको स्वच्छता, मर्यादा र सन्तुलन कायम गर्न श्रोत व्यक्तिको अभिमुखीकरणको महत्त्वपूर्ण भूमिका रहने धारणा राखे ।

उनले आयोग, सुरक्षा निकाय, सरकारी संयन्त्र, राजनीतिक दल, सञ्चार माध्यम तथा आम मतदाताको साझा प्रयासबाट यो निर्वाचन लोकतन्त्रको उत्सवका रूपमा सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशनको पक्षमा काठमाडौं कांग्रेस

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...

नियमित महाधिवेशनको बहानामा नेतृत्व परिवर्तन टार्न खोजिँदैछ : गगन थापा

विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक

राप्रपाद्वारा प्रधानमन्त्री कार्कीलाई पृथ्वी जयन्तीकाे निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...

बालुवाटारमा ओली–कार्कीबीच भेट, निर्वाचनबारे तीन घण्टा छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...

राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू बालुवाटारमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...

बसमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! नगद र सुनको सिक्री चोरी गर्ने गिरोहका चार जना काठमाडौंमा पक्राउ

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...

विशेष महाधिवेशनको पक्षमा रसुवा कांग्रेस पनि खुल्यो

जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान

जेनजी आन्दोलनपछि पनि कारागार सुरक्षा चुनौतीमै

सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी

केन्द्रीय कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र

काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending