Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

खबरडबली संवाददाता

ढाका। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको स्थानीय मिडियाले जनाएका छन् ।

मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव रहेको जनाइएको छ । बुधबार राति ८:४० बजे राजधानीको बसुन्धरा मार्केट पछाडिको बजार क्षेत्रमा अज्ञात बन्दुकधारीले अजिजुरलाई निशाना बनाएर गोली हानेको जनाइएको छ । 

तेजगाँव डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त ९एडिसी०फजलुल करिमले मुसब्बिरको मृत्यु भएको पुष्टि गर्नु भएको छ । उहाँले “स्टार कबाबको छेउमा रहेको गल्लीमा अज्ञात समूहले दुई जनालाई गोली हान्दा मुसब्बिरको मृत्यु भएको उल्लेख गर्दै अर्को जना व्यक्तिलाई उपचारका लागि ढाका मेडिकल कलेजमा पठाइएको बताएको छन । 

मोटरसाइकलमा आएका आक्रमणकारीले फार्मगेट पार गरेपछि कारवान बजारमा स्टार कबाब अगाडि गोली आन्दा मुसब्बिर र अबु सुफियान गम्भीर घाइते भएकोमा मुसब्बिरलाई बिआरबी अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा मृत्यु भएको उल्लेख गरिएको छ । 

द डेली स्टारका अनुसार मुसब्बिरले शरियतपुरका बासिन्दाको समूहसँग सुपर स्टार होटल नजिकैको कार्यक्रममा सहभागी भई मुसब्बीर र मसूद नजिकैको गल्लीबाट हिँड्दै गर्दा दुई आक्रमणकारीले घटनास्थलबाट भाग्नुअघि गोली चलाएका थिए ।

गोलीकाण्डपछि सोना र गाँव चौराहा नजिकै स्थानीय बिएनपी सदस्य समावेश भएको समूहले विरोध प्रदर्शन गरेको थियो । पछिल्लो समयमा बङ्गलादेश भरि राजनीतिक हिंसा बढेको खबरबिच फेब्रुअरी– १२ मा हुने राष्ट्रिय चुनाव अघि कानून र व्यवस्थाको चिन्तामा यस घटनाले थप अशान्ति बढाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...

कांग्रेसको संसदीय दलको नेता चयनका लागि वैशाख ८ गते निर्वाचन हुने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...

विश्वविद्यालयमा दलीय विद्यार्थी संगठनका संरचना हटाइने, कोठा–भवन–जमिन नदिने निर्णय

विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने

क्रियाशिल सदस्यतामा अलमल नपरौँ, झनै व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार बस्ने, ९ वटा मुख्य एजेन्डा तय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...

शिशु आहारमा मुसाको विष भेटिएपछि...

काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...

पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...

सिमकोट-नेपालगन्जको हवाई भाडा २३ प्रतिशत भन्दाबढी वृद्धि

हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ ।  हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...

कोइराला समूहद्वारा देउवा पक्षको बैठक बहिष्कार

काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending