Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रधानमन्त्री कोइरालाले भारतलाई भने– सीमामा अवरोध नहोस्

\"Sushil-Koirala\"काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले पारवहन सन्धी पालना गर्न र सीमामा अवरोध नगर्न भारत सरकारलाई आग्रह गरेका छन् । भारतले नेपालमा नाकाबन्दी नगरेको भनिरहेकाबेला प्रधानमन्त्री सरकारले उक्त आग्रह गरेका हुन् ।

‘म भारत सरकारसँग नेपालको पारवहन अधिकार र सुविधा प्रयोग गर्न सीमा क्षेत्रमा कुनै किसिमको ढिलाई हुन नदिन हार्दिक आग्रह गर्न चाहन्छु,’ शुक्रबार व्यवस्थापिका संसदलाई सम्वोधन गर्दै कोइरालाले भने । उनले भारतले नाकाबन्दी गरे–नगरेकोबारे भने केही उल्लेख गरेनन् ।

नेपालको नयाँ संविधानमा असन्तुष्टि जनाउँदै भारतले अघोषित नाकाबन्दी गरेर पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामाग्रीको आपूर्ति ठप्प पार्दा जनजीबन प्रभावित भएको छ । तर, भारतले भने मधेसी मोर्चाको आन्दोलनले असुरक्षा बढेको झूठो प्रचार गरिरहेको छ ।

भारतको यो दाबीलाई चुनौति दिँदै प्रधानमन्त्री कोइरालाले सीमामा ढिलासुस्ती नगर्न र पारवाहन सन्धी पालना गर्न सार्बजनिकरुपमा आग्रह गरेका छन् । उनले अन्तराष्ट्रिय सम्वन्धमा असर पर्ने स्थिति सिर्जना हुन नदिन सजग पारे ।

आन्दोलन फिर्ता लिन आग्रह

उनले आन्दोलनरत मधेसी मोर्चालाई वार्ता र सहमतिमा आउन पुनः आग्रहसमेत गरे । तराई–मधेसमा जारी आन्दोलनले मुलुकको स्थिति असहज र कठिन मोडमा पुगेको कोइरालाले बताए ।

‘म आन्दोलनरत पक्षलाई हाम्रो समग्र आपूर्ति व्यवस्था, जनजीविका तथा समग्र अर्थतन्त्रमा गम्भीर जोखिम पर्ने ढंगको आन्दोलन फिर्ता लिन आह्वान गर्दछु,’ प्रधानमन्त्री कोइरालाले भने ।

सरकारले माग सम्वोधनका लागि संविधान संशोधनको प्रक्रिया सुरु गरिसकेको जानकारी पनि उनले गराए । राज्यका संरचनामा प्रतिनिधित्व र सहभागिता र पहाडका दुर्गम भौगोलिक जिल्लाको प्रतिनिधित्व सुनिश्चित गर्दै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणका लागि संविधान संशोधनको निर्णय भइसकेको उनको भनाइ छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनको प्रक्रिया अघि बनाउन कानून मन्त्रायलाई जिम्मा दिइसकेको छ ।

प्रधानमन्त्री कोइरालाले भने, ‘मन्त्रिपरिषदले संविधान संशोधन विधेयक तयार गरी संसदमा पेश गर्न कानून मन्त्रालयलाई निर्देशन सहित स्वीकृति प्रदान गरेको छ ।’

याे पनि पढ्नुस्

प्रधानमन्त्रीले राजीनामा नदिइ खोले नयाँ सरकार गठनको बाटो 

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending