Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

कांग्रेस विशेष महाधिवेशनमा बहुमतको दाबी : ‘६० प्रतिशत प्रतिनिधि हाम्रो पक्षमा’

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको दाबी गरेको छ । आयोजक समितिले महाधिवेशन प्रतिनिधिहरूको करिब ६० प्रतिशत समर्थन प्राप्त भइसकेको जनाएको हो ।

शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले विशेष महाधिवेशनको पक्षमा समर्थन निरन्तर बढ्दै गएको दाबी गर्‍यो । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार सुरुमा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट उठेको माग अहिले झनै सुदृढ बन्दै गएको छ ।

‘२ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग अघि बढाइएको थियो,’ शिवाकोटीले भने, ‘अहिले जिल्लाजिल्लाबाट प्रतिनिधिहरू खुल्दै आएका छन्, जसका कारण समर्थन ६० प्रतिशत नाघिसकेको छ ।’

उनका अनुसार तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायत जिल्लाबाट थप प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । पार्टी विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने उद्देश्यले विशेष महाधिवेशन आह्वान गरिएको भन्दै यसलाई पार्टी विभाजनको प्रयासका रूपमा नबुझ्न उनले आग्रह गरे ।

‘यो पार्टी फुटाउने कदम होइन,’ शिवाकोटीले भने, ‘विधानअनुसार प्रक्रिया अघि बढाएर कांग्रेसलाई अझ बलियो र विधिसम्मत बनाउने प्रयास हो ।’

आयोजक समितिले विशेष महाधिवेशनको उद्घाटन समारोहका लागि पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा दिएको जनाएको छ । साथै, विशेष महाधिवेशनको पक्षमा नरहेका केन्द्रीय सदस्य तथा नेताहरूलाई पनि सहभागी हुन औपचारिक निम्ता दिइएको छ ।

आइतबार दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन हुने विशेष महाधिवेशनले पार्टीको आगामी राजनीतिक दिशाबारे निर्णायक संकेत गर्ने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टर र माेटरसाइकल ठोकिँदा २ युवकको मृत्यु

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...

विशेष महाधिवेशनको काउन्टडाउन सुरु : भृकुटीमण्डप तयारीले भरियो, गगन–विश्वप्रकाश पक्ष उत्साहित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...

पूर्व राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...

इतिहासले चेताएको कांग्रेस : २०५१ को विभाजनको छायाँमा विशेष महाधिवेशनको बहस

काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्‍यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...

मतदाता विवरण बिक्रीको निर्णयविरुद्ध चर्को विरोध

गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी

‘अन्तर्राष्ट्रिय चलखेल रोक्न फागुन २१ मै चुनाव चाहिन्छ’ — वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...

कांग्रेस विशेष महाधिवेशनमा बहुमतको दाबी : ‘६० प्रतिशत प्रतिनिधि हाम्रो पक्षमा’

काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...

रुकुमेली जनताले भगौडाको राजनीति अस्वीकार गरे: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...

उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...

प्रचण्डको प्राथमिकता रूकुम,पूर्वी रूकुमबाट चुनाव लड्ने घाेषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending