Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

कांग्रेस विशेष महाधिवेशनमा बहुमतको दाबी : ‘६० प्रतिशत प्रतिनिधि हाम्रो पक्षमा’

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको दाबी गरेको छ । आयोजक समितिले महाधिवेशन प्रतिनिधिहरूको करिब ६० प्रतिशत समर्थन प्राप्त भइसकेको जनाएको हो ।

शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले विशेष महाधिवेशनको पक्षमा समर्थन निरन्तर बढ्दै गएको दाबी गर्‍यो । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार सुरुमा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट उठेको माग अहिले झनै सुदृढ बन्दै गएको छ ।

‘२ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग अघि बढाइएको थियो,’ शिवाकोटीले भने, ‘अहिले जिल्लाजिल्लाबाट प्रतिनिधिहरू खुल्दै आएका छन्, जसका कारण समर्थन ६० प्रतिशत नाघिसकेको छ ।’

उनका अनुसार तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायत जिल्लाबाट थप प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । पार्टी विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने उद्देश्यले विशेष महाधिवेशन आह्वान गरिएको भन्दै यसलाई पार्टी विभाजनको प्रयासका रूपमा नबुझ्न उनले आग्रह गरे ।

‘यो पार्टी फुटाउने कदम होइन,’ शिवाकोटीले भने, ‘विधानअनुसार प्रक्रिया अघि बढाएर कांग्रेसलाई अझ बलियो र विधिसम्मत बनाउने प्रयास हो ।’

आयोजक समितिले विशेष महाधिवेशनको उद्घाटन समारोहका लागि पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा दिएको जनाएको छ । साथै, विशेष महाधिवेशनको पक्षमा नरहेका केन्द्रीय सदस्य तथा नेताहरूलाई पनि सहभागी हुन औपचारिक निम्ता दिइएको छ ।

आइतबार दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन हुने विशेष महाधिवेशनले पार्टीको आगामी राजनीतिक दिशाबारे निर्णायक संकेत गर्ने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending