Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

‘अन्तर्राष्ट्रिय चलखेल रोक्न फागुन २१ मै चुनाव चाहिन्छ’ — वर्षमान पुन

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । उनले आगामी फागुन २१ गते निर्वाचन नगरिए मुलुक झन् गहिरो राजनीतिक अन्योलमा फस्ने चेतावनी दिएका छन् ।

शनिबार स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पुनले अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्वमाथि खतरा बढिरहेका बेला निर्वाचन टार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए ।

‘हजारौँको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिहरू आज गम्भीर जोखिममा छन्,’ पुनले भने, ‘यस्तो अवस्थामा निर्वाचन नै मुलुकलाई निकास दिने एक मात्र लोकतान्त्रिक उपाय हो । तोकिएकै मितिमा चुनाव हुनुपर्छ ।’

उनले अन्तर्राष्ट्रिय शक्तिहरूको हस्तक्षेप र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध राष्ट्रियता पक्षधर शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य भएकोमा जोड दिए । ‘देशको अस्तित्व नै नामेट पार्न खोज्ने गतिविधिहरू देखिन थालेका छन्,’ उनले भने, ‘यसविरुद्ध राष्ट्रिय अस्मिता, अखण्डता र स्वाधीनताको पक्षमा उभिने सबै देशभक्त शक्तिहरू एक ठाउँमा आउनुपर्छ ।’

पुनले मुलुकको वर्तमान राजनीतिक अवस्था अत्यन्त अस्थिर र तरल बनेको उल्लेख गर्दै भविष्यको दिशा अनुमान गर्न कठिन भइरहेको बताए । ‘अहिले राजनीति अस्थिरता, अनिश्चितता र तरलताको चरणमा छ,’ उनले भने, ‘यो अवस्था कहिले र कहाँ पुगेर स्थिर हुन्छ भन्ने स्पष्ट छैन ।’

उनका अनुसार राजनीतिक स्थिरता र जनताको भरोसा पुनःस्थापित गर्न समयमै निष्पक्ष निर्वाचन अपरिहार्य छ । निर्वाचन ढिलाइ भए त्यसले लोकतान्त्रिक प्रणालीमै प्रश्न उठ्ने उनको निष्कर्ष थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending