काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका हरेक तह गहिरो रूपमा केलाएर छलफल गरिने बताएका छन्। उनले कांग्रेसले जनताका गुनासा, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात गर्दै नयाँ सङ्कल्पका साथ अघि बढ्ने स्पष्ट पारे।
कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गरिने बताए। “नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक केस्राकेस्रा केलाएर विशेष महाधिवेशनमा गम्भीर छलफल गर्छौँ,” उनले भने।
महामन्त्री शर्माले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जनविश्वास पुनःस्थापना कांग्रेसको प्रमुख उद्देश्य भएको बताए। “रूख चिह्नमा मतदान गर्नुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, आगामी दिनमा ती असन्तुष्टि नदोहोर्याउने सङ्कल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौँ,” उनले स्पष्ट पारे।
उनले पछिल्लो ३४ वर्षमा देशमा ३० वटा सरकार बने पनि नागरिकलाई सन्तुष्ट पार्न नसकिएको यथार्थ स्वीकार गरे। सरकार परिवर्तनले सत्तामा पुगेकाहरूलाई मात्र सन्तुष्टि दिएको तर आम नागरिकले त्यसको अनुभूति गर्न नसकेको उनको भनाइ थियो।
महामन्त्री शर्माले विशेष महाधिवेशनलाई केवल संगठनात्मक प्रक्रिया मात्र नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गरिने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २०:३८
काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...
बैशाख ५ गते, २०८३ - २१:२४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...


प्रतिकृया लेख्नुहोस्: