Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

नेकपाभित्र उम्मेदवार टुंग्याउन सकस, दाङ–१ मा मेटमणिलाई रोक्न कुलप्रसादको कडा दावेदारी

खबरडबली संवाददाता

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम्मेदवार बन्ने गरी पार्टी केन्द्रमा एकखालको समझदारी बनेकै बेला पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले जसरी पनि यो क्षेत्र आफूले पाउनुपर्ने दावी गरेपछि उम्मेदवार टुंगो लगाउने प्रक्रिया रोकिएको हो ।

शनिबार बस्ने भनिएको निर्णय यही विवादका कारण अघि बढ्न नसकेको एक नेताले बताए । तीन निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर १ को विवादकै कारण अन्य क्षेत्रका उम्मेदवारसमेत औपचारिक रूपमा घोषणा हुन सकेका छैनन् ।

दाङ क्षेत्र नम्बर ३ मा भने नेकपाबाट माओवादी पृष्ठभूमिका नेता तथा तत्कालीन लडाकुका डिभिजन कमाण्डर, लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीको नाम टुंगो लागेको छ । हाल लुम्बिनी प्रदेश सभा सदस्य रहेका मास्कीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर संघीय संसद्को उम्मेदवारी दिने भएका हुन् ।

तर क्षेत्र नम्बर १ मा भने तीव्र मतभेद देखिएको छ । अघिल्ला दुई निर्वाचनमा विजयी मेटमणि चौधरी तेस्रोपटक पनि उम्मेदवार बन्ने तयारीमा रहेका बेला पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले त्यसको खुलेर विरोध गरेका हुन् ।

केसी साविक माओवादी केन्द्रका प्रभावशाली नेता हुन् भने चौधरी साविक एकीकृत समाजवादीबाट आएका नेता हुन् । रोल्पा घर भएका केसीले आफूलाई दाङ–१ बाट टिकट नदिइए बागी उम्मेदवारी दिने चेतावनी दिएपछि पार्टी नेतृत्व दबाबमा परेको स्रोतको भनाइ छ ।

नेता चौधरीले अन्य क्षेत्रको उम्मेदवार टुंगिए पनि दाङ–१ को विषय आइतबारसम्म मात्रै टुंगो लाग्ने जानकारी दिएका छन् ।

पूर्वमुख्यमन्त्री केसीले कांग्रेससहितको गठबन्धन बनाएर तत्कालीन एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार ढाल्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएपछि उनले बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी रातारात देउखुरी सारेका थिए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले रोक्न खोजे पनि उक्त निर्णय कार्यान्वयन भएको थियो ।

प्रदेशको स्थायी राजधानी देउखुरी र प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव पनि तत्कालीन आन्तरिक तथा कानुन मन्त्रीका रूपमा केसीले प्रदेश सभामा पेश गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending