Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

नेकपाभित्र उम्मेदवार टुंग्याउन सकस, दाङ–१ मा मेटमणिलाई रोक्न कुलप्रसादको कडा दावेदारी

खबरडबली संवाददाता

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम्मेदवार बन्ने गरी पार्टी केन्द्रमा एकखालको समझदारी बनेकै बेला पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले जसरी पनि यो क्षेत्र आफूले पाउनुपर्ने दावी गरेपछि उम्मेदवार टुंगो लगाउने प्रक्रिया रोकिएको हो ।

शनिबार बस्ने भनिएको निर्णय यही विवादका कारण अघि बढ्न नसकेको एक नेताले बताए । तीन निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर १ को विवादकै कारण अन्य क्षेत्रका उम्मेदवारसमेत औपचारिक रूपमा घोषणा हुन सकेका छैनन् ।

दाङ क्षेत्र नम्बर ३ मा भने नेकपाबाट माओवादी पृष्ठभूमिका नेता तथा तत्कालीन लडाकुका डिभिजन कमाण्डर, लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीको नाम टुंगो लागेको छ । हाल लुम्बिनी प्रदेश सभा सदस्य रहेका मास्कीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर संघीय संसद्को उम्मेदवारी दिने भएका हुन् ।

तर क्षेत्र नम्बर १ मा भने तीव्र मतभेद देखिएको छ । अघिल्ला दुई निर्वाचनमा विजयी मेटमणि चौधरी तेस्रोपटक पनि उम्मेदवार बन्ने तयारीमा रहेका बेला पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले त्यसको खुलेर विरोध गरेका हुन् ।

केसी साविक माओवादी केन्द्रका प्रभावशाली नेता हुन् भने चौधरी साविक एकीकृत समाजवादीबाट आएका नेता हुन् । रोल्पा घर भएका केसीले आफूलाई दाङ–१ बाट टिकट नदिइए बागी उम्मेदवारी दिने चेतावनी दिएपछि पार्टी नेतृत्व दबाबमा परेको स्रोतको भनाइ छ ।

नेता चौधरीले अन्य क्षेत्रको उम्मेदवार टुंगिए पनि दाङ–१ को विषय आइतबारसम्म मात्रै टुंगो लाग्ने जानकारी दिएका छन् ।

पूर्वमुख्यमन्त्री केसीले कांग्रेससहितको गठबन्धन बनाएर तत्कालीन एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार ढाल्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएपछि उनले बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी रातारात देउखुरी सारेका थिए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले रोक्न खोजे पनि उक्त निर्णय कार्यान्वयन भएको थियो ।

प्रदेशको स्थायी राजधानी देउखुरी र प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव पनि तत्कालीन आन्तरिक तथा कानुन मन्त्रीका रूपमा केसीले प्रदेश सभामा पेश गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झलनाथ खनाल निर्वाचन बाहिर, काठमाडौँ ८ बाट सुमन सायमीकाे तयारी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल यसपटक फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। विगतमा इलाम–२ बाट...

नयाँ ट्रयाक खुलेपछि रमुवा गाउँको वकरा पोखरीमा पर्यटकको चहलपहल बढ्दै

वाग्लुङ ।  गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...

पाण्डबखानी–रमुवा जोड्ने सडक स्तरोन्नति तीव्र, २५ प्रतिशत कटिङ कार्य सम्पन्न

वाग्लुङ ।  पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...

स्वास्थ्य बीमा संकट चुलिँदा निर्देशक काफ्लेको राजीनामा, बोर्ड झन् अन्योलमा

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...

अनिश्चित राजनीतिमा बालेनको ‘स्टेप ब्याक’: किन अन्तिम घडीमा रोकियो राजीनामा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...

नेकपाभित्र उम्मेदवार टुंग्याउन सकस, दाङ–१ मा मेटमणिलाई रोक्न कुलप्रसादको कडा दावेदारी

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...

राष्ट्रियसभा छाडेर प्रत्यक्ष चुनावमा ‘हेभीवेट’को इन्ट्री

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...

सागर ढकाल डडेल्धुरामा देउवासँग ‘फेरि भिडन्त’ नगर्ने, गुल्मी–रुपन्देहीतर्फ नजर

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । आ...

एमालेको चुनावी ‘चाल’ : दाङमा महासचिवको टिकट रोकियो, सुरक्षित क्षेत्र खोज्दै पोखरेल

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवारको टुंगो लगाए पनि महासचिव शंकर पोखरेलको हकमा भने रणनीतिक मौनता अपनाएको छ ...

लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ

काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending