Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रचण्ड र ओलीले किन थर्काए कोइरालालाई

\"prachanda,sushilकाठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले दुई विषयमा संविधान संशोधन प्रस्ताव ल्याएपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपत्ति जनाएका छन् । संशोधन प्रस्ताव मधेसका मुद्दा सम्बोधन गर्नेगरी ल्याइएको भएपनि उक्त संशोधनको स्वमित्व मधेसी दललाई नदिन र कांग्रेस एक्लै आफै लिने लागेको भन्दै प्रचण्डले आपत्ति जनाएका हुन् । संविधान निर्माणमा कांग्रेस/एमाले र एमाओवादीका समान सक्रियता रहेको र संयुक्त निर्णयबाटै भएकोले संशोधनको प्रस्तावमा मधेसी दलहरुसहितको सहभागिता हुनुपर्ने अडानमा प्रचण्ड देखिएका छन् । उनीहरुको सहभागिता तथा समर्थनमा भयो भने उनको पनि राजनीतिक रुपमा उपलब्धी हुन जाने त्यसले र मधेस आन्दोलनलाई सम्बोधन गरेको हुन जाने भनाई प्रचण्डको रहेको छ । प्रचण्डको यो अडानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि साथ दिएका छन् । आन्दोलनरत दलहरुको स्वमित्व रहने गरी संशोधन गर्दा मधेसी समुदायले आफ्ना माग पूरा भएको अर्थमा बुझ्ने तर्क एमाओबादी  र एमालेले गरेपछि नेपाली कांग्रेस हच्किएको स्रोत बताउँछ  । दुई नेताको आपक्तिपछि आन्दोलनरत दलहरुसँग वार्ता सकारात्मक रुपमा अघि बढिरहेको बेलामा कांग्रेसले एकातर्फी रुपमा ल्याएको संविधान संशोधन विधयेक शुक्रबार संसदमा प्रस्तुत हुन सकेन । शुक्रबारै बसेको मन्त्रिपरिषदको बैठकले संशोधन विधेयक अघि बढाउन कानुन मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तय हुने र समानुपातिक तथा समाबेसी प्रतिनिधित्व लगायत गरी दुई विषयमा संशोधन विधेयक कांग्रेसले तयार गरेको थियो । प्रचण्डको आपक्तिपछि पनि मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रधानमन्त्री सुशील कोइरालाले विधेयकको जिम्मा कानुन मन्त्रालयलाई दिएपछि प्रचण्डले कोईरालालाई फोन गरेर विधेयक एक्लै पास गरेर देखाउन चूनौति दिएका थिए । स्रोतले कोइरालासँग प्रचण्डले राखेको भनाई उद्धृत गर्दै भन्यो, –‘यी सशोधन प्रस्तावमा उठाइएको विषय आन्दोलनरत दलसँगको वार्ता र संवादमा उठेका र सहमति भएका विषय हुन् । आन्दोलनरत दलको स्वामित्व नरहने गरी संशोधन गर्नु उनलाई अपमान गर्नु र बन्न लागेको वातावरण विगार्नु हो ।’  प्रचण्ड र ओलीको कडा अडान र चेतावनीपश्चात शुक्रबारको संसद अधिबेशनमा उक्त संशोधन प्रस्ताव प्रस्तुत भएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending