Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी विस्तार

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी विस्तार गरिएको छ । जिल्लाको सुक्खाग्रस्त क्षेत्रमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा नजिकै पानीको मुहान नभएपछि पम्पिङ प्रविधिबाट खानेपानी विस्तार गरिएको हो । पम्पिङ प्रविधिबाट खानेपानी योजना सञ्चालन भएपछि आधा घन्टा तलबाट गाग्रीमा बोकेर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय मङ्गल परियारले बताए । “अहिले घरघरमा निर्माण गरिएको धारामा पानी आउँछ ।” उनले भने, “घरैमा निर्माण गरिएको धारामा पानी आएपछि लिन जाँदा लाग्ने समयको बचत भएको छ ।” पम्पिङ प्रविधिबाट विस्तार गरिएको खानेपानी योजनाबाट महादेवीस्थान–४ स्थित मन्दिर क्षेत्रमा बसोबास गर्ने ३७२ तथा वडा नम्बर–५ मा बसोबास गर्ने ८० घरपरिवार उपभोक्ता लाभान्वित भएका छन् । लामो समयपछि पम्पिङ प्रविधिबाट पानी तानेर विस्तार गरिएको धाराको पानी उपभोग गर्न पाएपछि स्थानीय उपभोक्ता हर्षित भएका छन् । हिन्दू, बुद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको बसाहा गुफादेखि पश्चिमपट्टी रहेको पानीको मुहान नजिक ५० हजार लिटरको ट्याङ्की निर्माण गरेर विद्युत्को माध्यमबाट पम्पिङ प्रविधि अपनाएर खानेपानी विस्तार गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल गिरीले बताउनुभयो । सो समितिका अनुसार ४०५ मिटर तलबाट तानिएको पानीलाई बजार क्षेत्रको तीनवटा ट्याङ्कीमा जम्मा गरेर २२ तथा वडा नम्बर–५ मा दुईवटा ट्याङ्कीमा जम्मा गरेर ११ वटा धारामार्फत पानी वितरण गरिएको छ । उपभोक्ता समितिले दिएको जानकारीअनुसार घरमा निर्माण गरिएका धारामा बिहान र बेलुका दुई÷दुई घन्टा खोलीदिने गरिएको छ भने, मन्दिरमा २४सैँ घन्टा खुला गरिन्छ । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको विद्युतीय पम्पिङ प्रविधि सफल भएको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताए । “जिल्लामा हलेसीजस्तै दर्जनभन्दा बढी गाविसमा यस्तो समस्या छ ।” उनले भने, “हलेसीको योजना सफल भएसँगै अन्य ठाउँका समस्यामा पनि अध्ययन थालेका छौं ।” जिल्ला विकास समितिको रु नौ लाख, खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको रु छ लाख ४० हजार, मारतीका गुम्बाका वाङ्सु लामाको रु नौ लाख र स्थानीयवासीको श्रमदानमा योजना सञ्चालन गरिएको समितिले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending