Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

विद्यार्थी रोक्न चर्को शुल्क

धनकुटा । उच्चमाध्यमिक विद्यालयहरूमा विद्यार्थी अभाव हुने भएपछि धनकुटाका विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका विद्यार्थीलाई रोक्न चारित्रिक प्रमाणपत्र र लब्धाङ्क पत्रका नाममा चर्को शुल्क लिने गरेको पाइएको छ । विद्यार्थी अभाव हुन थालेपछि ग्रामीण क्षेत्रका विद्यालयहरूले अन्य उच्चमावि पढ्न जान चाहने एसएलसी उत्तीर्ण विद्यार्थीबाट लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रबापत न्यूनतम एक हजारदेखि पाँच हजार दुई सय रुपैयाँसम्म लिएका छन् । विद्यालयहरूले प्रमाणपत्रका लागि चर्को शुल्क लगाउन थालेपछि विपन्न परिवारका विद्यार्थी मारमा परेका छन् । उच्चमावि तह सञ्चालन गरेका विद्यालयहरूले प्रमाणपत्र बापत चर्को शुल्क लिनु आफूहरूको बाध्यता भएको बताएका छन् । उनीहरूले बाहिर विद्यालयको आम्दानी बढाउन त्यस्तो शुल्क निर्धारण गरिएको बताए पनि भित्री उदेश्य विद्यार्थीलाई रोक्न रहेको अभिभावकहरुले बताएका छन् । टंक उच्चमावि धनकुटा-१० प्रधानाध्यापक वासुदेव निरौलाले एसएलसी उत्तीर्ण भएका विद्यार्थीहरुसँग महंगो शुल्क लिनु विद्यालयको कुनै स्वार्थ नभई उच्चमावि तहमा विद्यार्थी टिकाउने उदेश्य रहेको बताए । सो विद्यालयले लब्धाङ्क पत्र तथा चारित्रिक प्रमाणपत्र निकाल्न पाँच हजार दुई सय रुपैयाँ तोकेको छ । तर, त्यहीँ विद्यालयमा पढ्ने विद्यार्थीलाई दुई सय रुपैयाँ मात्र शुल्क लिने गरिएको प्रधानाध्यापक निरौलाले बताए । यो शुल्क विद्यार्थीले कक्षा-११ र १२ मा तिर्ने सम्पूर्ण शुल्क बराबर रहेको छ । त्यसैगरी, नागेश्वर उच्चमावि लेगुवाले पाँच हजार, अन्नपूर्ण उच्चमावि सान्नेले तीन हजार पाँच सय, पञ्चकृष्ण उच्चमावि खोकु र कुरुलेतेनुपा उच्चमावि कुरुलेतेनुपाले दुई हजार रुपैयाँ लिने गरेको विद्यालयहरुले जनाएका छन् । जिल्ला शिक्षा कार्यालयले विद्यार्थी रोक्ने नाममा प्रमाणपत्र बापत चर्को शुल्क लिन नपाउने निर्देशन पठाएको जनाएको छ । तर, यो निर्देशन विद्यालयहरूले मानेका छैनन् । विद्यार्थी र अभिभावकको उजुरी नभएकाले विद्यालयलाई कार्वाही गर्न नसकिएको जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद खरेलले बताए । परीक्षा नियन्त्रण कार्यालयबाट आएको लबधाङ्क पत्रका लागि दुई सय र विद्यालयले दिने चारित्रिक प्रमाणपत्रका लागि पाँच सय सम्म शुल्क लिन पाउने निर्णय सबै विद्यालयलाई जानकारी गराएको जिल्ला शिक्षा अधिकारी खरेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending