Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ–नेता नेपाल

\"madhab\"काठमाडौँ  । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रमुख तीनदलसहित अन्य दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताएका छन् । नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चको १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले संविधान जारी गर्दाका सहयात्री प्रमुख दल र बाहिर रहेका दलसहित राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने धारणा राखे । “अहिले पनि नेपाली काँग्रेस, एमाले र एमाओवादीबीचको एकता अत्यन्तै महत्वपूर्ण छ, जसरी एकताबद्ध भएर तीनपार्टी र अन्य दलले संविधान जारी गरे संविधान कार्यान्वयनका लागि र आउने निर्वाचनसम्म उनीहरुको एकता कायमै राख्नुपर्छ । तीन दलसहित विजयकुमार गच्छदार र मधेस केन्द्रित दलको समेत सहभागितामा राष्ट्रिय सहमति र एकताको सरकार गठन हुनुपर्छ,”–उनले भने । एक अर्को प्रसङ्गमा नेता नेपालले मधेस आन्दोलनप्रति लक्षित गर्दै भन्नुभयो, “मधेसी दलले जनताको मन जित्ने राजनीति गर्नुपर्छ, मधेसका जायज मागलाई सम्बोधन गर्न दलहरु तत्पर हुनुपर्छ, अहिलेको संविधानमा सबैभन्दा बढी मधेसी जनताले अधिकार पाएका छन्, तै पनि उनीहरुकै असन्तुष्टि किन बढिरहेको छ, तर मलाई विश्वास छ, उहाँहरु सहमतिमा आउनुहुन्छ ।” कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर राना, सांसदद्वय वैझनाथ चौधरी, सोमप्रसाद पाण्डे तथा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेलगायतको सहभागिता थियो । सो अवसरमा मञ्चलाई सहयोग पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो, भने मञ्चका पूर्वअध्यक्ष शम्भु श्रेष्ठसहितका अध्यक्षलाई प्रसंशापत्रद्वारा सम्मान गरिएको थियो । साथै, मञ्चले शान्ति प्रक्रियादेखि संविधान जारी हुँदासम्म महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता नेपाललाई पाल्पाली ढाका टोपी र प्रसंशापत्रद्वारा सम्मान गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending