Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

दूई वर्ष गाउँगाउँ जान्छु र पार्टी बनाउँछु —प्रचण्ड

\"prachanda_prasichan\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको काम सकिएकाले अब २ वर्ष गाउँगाउँ गएर पहिलेको जत्रै पार्टी बनाउने बताएका छन् । दोस्रा नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि बसेको केन्द्रिय समितिको निर्णयअनुसार आयोजित केन्द्रिय प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । उनले कार्यकर्ताहरुलाई भने, –‘६२ वर्षको भए अझै २ वर्ष गाउँगाउँमा गएर पार्टी निर्माण गर्न सक्छु र म पार्टी निमार्णमा लाग्छु । पार्टी हिजोको जस्तै क्रान्तिकारी र ठुलो बनाउने हिम्मत ममा छ’ । कार्यकर्ताहरुलाई विश्वास नलाग्न सक्ने बताउँदै प्रचण्डले संविधान निमार्णपछि उनमा छुट्टै हिम्मत पैदा भएको बताएका थिए । आआफ्ना ठाउँबाट पार्टी निर्माणमा लाग्न आग्रह गरेका प्रचण्डले अहिले जारी संविधानको विरोधमा राजाबादी (सामन्तवादी) र विस्तारवादी लागेकाले संविधान प्रगतिशिल बनेको समेत बताए । संविधानसभा माओवादी जनयुद्धको एजेण्डा भएकाले संविधान जारी गर्दामात्रै जनयुद्धको औचित्य रहने बताएका थिए । निकै भावुक र उत्साहित भएर प्रस्तुत भएका प्रचण्डले कार्यकर्ताहरुलाई पार्टी परित्याग गरेका बाबुरामलाई गाली नर्गन समेत आग्रह गरे । बिचार आआफ्नो हुने भन्दै गालीको कुनै अर्थ नहुने समेत प्रचण्डको कथन थियो । प्रचण्डले आफ्नो पार्टी सहमतिय सरकारको पक्षमा रहेको समेत बताए । उनले भने, –‘सहमति हाम्रो होइन, कांग्रेस र एमालेको हो तर हामीले समर्थन गरेको हो तसर्थ अहिले सहमति अनुसार सरकार बन्नुपर्छ ।’ उनले सहमति अनुसार अघि बढ्न कांग्रेस÷एमाले तयार नभए र नमानेको अवस्थामा एमाओवादीको धारणा राख्ने समेत बताए । तर अहिले मुलुकको हितका लागी सहमतिय सरकार निर्माणमा आफुले भुमिका खेल्ने प्रचण्डको कथन थियो । एमाओवादीले केन्द्रियस्तरको प्रशिक्षण कार्यक्रम देशैभर गरी ४ स्थानमा राखेको छ । आज भएको प्रशिक्षण कार्यक्रममा नेवा, ताममासालिङ र तमुवान राज्यका नेता कार्यकर्ताहरु थिए । यसपछि पूर्वमा एक र पश्चिममा २ गरी ३ वटा केन्द्रिय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy