Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

दूई वर्ष गाउँगाउँ जान्छु र पार्टी बनाउँछु —प्रचण्ड

\"prachanda_prasichan\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको काम सकिएकाले अब २ वर्ष गाउँगाउँ गएर पहिलेको जत्रै पार्टी बनाउने बताएका छन् । दोस्रा नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि बसेको केन्द्रिय समितिको निर्णयअनुसार आयोजित केन्द्रिय प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । उनले कार्यकर्ताहरुलाई भने, –‘६२ वर्षको भए अझै २ वर्ष गाउँगाउँमा गएर पार्टी निर्माण गर्न सक्छु र म पार्टी निमार्णमा लाग्छु । पार्टी हिजोको जस्तै क्रान्तिकारी र ठुलो बनाउने हिम्मत ममा छ’ । कार्यकर्ताहरुलाई विश्वास नलाग्न सक्ने बताउँदै प्रचण्डले संविधान निमार्णपछि उनमा छुट्टै हिम्मत पैदा भएको बताएका थिए । आआफ्ना ठाउँबाट पार्टी निर्माणमा लाग्न आग्रह गरेका प्रचण्डले अहिले जारी संविधानको विरोधमा राजाबादी (सामन्तवादी) र विस्तारवादी लागेकाले संविधान प्रगतिशिल बनेको समेत बताए । संविधानसभा माओवादी जनयुद्धको एजेण्डा भएकाले संविधान जारी गर्दामात्रै जनयुद्धको औचित्य रहने बताएका थिए । निकै भावुक र उत्साहित भएर प्रस्तुत भएका प्रचण्डले कार्यकर्ताहरुलाई पार्टी परित्याग गरेका बाबुरामलाई गाली नर्गन समेत आग्रह गरे । बिचार आआफ्नो हुने भन्दै गालीको कुनै अर्थ नहुने समेत प्रचण्डको कथन थियो । प्रचण्डले आफ्नो पार्टी सहमतिय सरकारको पक्षमा रहेको समेत बताए । उनले भने, –‘सहमति हाम्रो होइन, कांग्रेस र एमालेको हो तर हामीले समर्थन गरेको हो तसर्थ अहिले सहमति अनुसार सरकार बन्नुपर्छ ।’ उनले सहमति अनुसार अघि बढ्न कांग्रेस÷एमाले तयार नभए र नमानेको अवस्थामा एमाओवादीको धारणा राख्ने समेत बताए । तर अहिले मुलुकको हितका लागी सहमतिय सरकार निर्माणमा आफुले भुमिका खेल्ने प्रचण्डको कथन थियो । एमाओवादीले केन्द्रियस्तरको प्रशिक्षण कार्यक्रम देशैभर गरी ४ स्थानमा राखेको छ । आज भएको प्रशिक्षण कार्यक्रममा नेवा, ताममासालिङ र तमुवान राज्यका नेता कार्यकर्ताहरु थिए । यसपछि पूर्वमा एक र पश्चिममा २ गरी ३ वटा केन्द्रिय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending