Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

एमाओवादी छाडेका भट्टराईले भने–एक हप्ता पर्खिनुस् नाटक अझै देख्नुहुन्छ

गोरखा । एमाओवादी परित्याग गरेपछि पहिलोपटक गृहजिल्ला गोरखा पुगेका डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा नाटक मञ्चन भैरहेको बताएका छन् । भारतको नाकाबन्दी पछि उठेको राष्ट्रवाद पनि छिट्टै बिर्सजन हुने उनले बताए ।

\"Baburam-Bhattarai\"गोरखा बजारमा शनिबार आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले भने, ‘मैले अहिले नै भन्दा अन्यथा अर्थ लाग्छ तर एक हप्ता पर्खिएर हेर्नुस् नाटक त अझ देख्नुहुन्छ तपाईंहरुले । पर्दापछाडि मञ्चन भइराखेको छ, मैले त देखिराखेको छु, तपाईंहरुले अझै देख्नुभएको छैन ।’

उनले प्रधानमन्त्री, राष्ट्रपति लगायतका पदहरुमा नेताहरुको दौडधूप चलिरहेको बताए । त्यसका लागि आफूलाई राष्ट्रवादी ठान्ने नेताहरु शक्तिकेन्द्र धाइरहेको भट्टराईको भनाइ छ । भारतले नाकाबन्दी गदौ साइकल चढ्ने र टुकी बाल्ने कुरा गर्नेहरुको स्वर अहिले मत्थर भैरहेको उनले बताए ।

‘मान्छेहरुले बडो राष्ट्रवादका कुराहरु गरे । कसैले साइकल चढ्ने राष्ट्रवादका कुरा गरे, कसैले टुकी बाल्ने राष्ट्रवादका कुरा गरे,’ कसैको नाम नलिइकन उनले भने, ‘जब पदका ललिपप देखाउन थालियो अनि ती राष्ट्रवादका स्वर कसरी मत्थर हुँदै गइराखेका छन्, तपाईंहरुले हेर्नुहोला । एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ कहाँ गएर विसर्जन हुँदो रहेछ त्यो राष्ट्रवाद ।’

श्रीलंका र काश्मीर बन्ने खतरा

पूर्वप्रधानमन्त्री भट्टराईले भारतले नेपाललाई दुई सय बर्षदेखि हेप्दै आएको बताए । तराई–मधेस, थारुवान क्षेत्रको आन्दोलन भड्कियो भने त्यसलाई बहाना बनाएर भारतले हस्तक्षेप गर्ने भन्दै उनले देश श्रीलंका र काश्मिर बन्ने खतरा रहने औंल्याए ।

‘सुगौली सन्धीपछि २०० वर्षदेखि दक्षिण छिमेकीले कसरी पटक–पटक हस्तक्षेप गर्दै आएको छ भन्ने हामीलाई थाहा छैन ?’, उनले भने, ‘तराई–मधेस, थारुवान क्षेत्रको आन्दोलन भड्कियो भने त्यसलाई बहाना बनाएर दक्षिणी छिमेकीले हस्तक्षेप गर्ने हो भने के हुन्छ ? श्रीलंका र काश्मिर बन्ने खतरा रहन्छ कि रहँदैन ? त्योभन्दा पहिले हामी आफैंले आफ्नो देशको समस्या समाधान गरौं भन्ने मेरो भनाइ थियो ।’

आफूले नेपाली राजनीतिमा आइपर्ने संकट पहिले नै देखाइदिँदा बेवास्ता गरिएको भन्दै भट्टराइले नेताहरु अदुरदर्शी भएको बताए । ‘हामीले त्यतिबेला भन्दाखेरि उहाँहरुले वास्ता गर्नुभएन, केही पनि हुँदैन भन्नुभयो । अहिले हामीकहाँ उखान छ नि बाघ आयो घिच्याउन,... लाग्यो चिच्याउन जस्तो भएको छ’, डा. भट्टराईले भने ।

पेट्रोलियम पदार्थमा भारतमा नेपाल परनिर्भर भएकाले त्यसलाई हटाउनुपर्ने धारणा राखे । आफूले देश र राष्ट्रको हितमा कुरा गर्दा बदनाम गरिएको उनले गुनासो गरे । ‘यो राष्ट्रघाती हो, कसैको एजेन्ट हो, दलाल हो भनेर अनावश्यक ढंगले जो चोर उसकै ठूलो स्वर गरियो,’ उनले भने ।

पार्टी परित्याग आश्चर्य होइन

उनले एमाओवादी पार्टी परित्याग कुनै आकस्मिक विषय नभएको पनि बताए । असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि पूँजीवादी राजनीतिक क्रान्तिको चरण पूरा भएको सन्दर्भमा नयाँ शक्ति निर्माणको छलफलका निम्ति सहज होस् भनेर नै आफूले पार्टी परित्याग गरेको उनले प्रष्टिकरण दिए । नयाँ विचार, नयाँ राजनीतिक कार्यदिशा, नयाँ संगठन, नयाँ कार्यशैली, संस्कार सहितको नयाँ नेतृत्व भएको नयाँ शक्ति निर्माणका लागि बृहत् छलफलका लागि नै एक्लै पार्टी परित्याग गरेको उनले बताए ।

कार्यक्रममा भट्टराई पत्नी हिसिला यमी पनि थिइन् । जनकपुरबासीको तिव्र विरोधपछि एकाएक राजधानी फर्किन बाध्य भएका भट्टराई गृहजिल्ला गोर्खा पुगेका हुन् । उनी भैरहवा, दाङ हुँदै धनगढीसम्म पुग्ने कार्यक्रम रहेको उनका सहयोगीले जानकारी दिएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending