Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

भारतको नाकाबन्दीपछि यसरी खुल्यो तातोपानी नाका

\"tatopaniकाठमाडौं । भूकम्प र त्यसपछिको अविरल वर्षाका कारण अवरुद्ध भएको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत मितेरी पुलसम्म ट्र्याक खोलिएको छ । लिपिङ बजारमा सडक मर्मत गर्ने कार्य भइरहेको छ । बल्लतल्ल चारपाङ्ग्रे हलुका गाडी पुग्ने उक्त बजारमा अझै सामान ओसारपसार गर्नका लागि प्रयोग गरिने ठूलाठूला मालबाहक ट्रक आवतजावत गर्न समय लाग्ने देखिन्छ । भारतले नाकाबन्दी गरेपछि अवरुद्ध बाटो खोल्ने प्रक्रिया सुरु भएको थियो ।   लामो समयदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा चिनियाँ प्रहरीले पनि सडक खुलाउन सहयोग गरेको छ । गत एकसाता अघिदेखि सडक डिभिजन कार्यालय चरिकोटले स्काभेटर, ब्रेकर र डोजर लगाएर बाटो खुलाएको सडक डिभिजन कार्यालय चरिकोटका नायब सुब्बा भगवान् थापाले बताए ।   उनका अनुसार– बिहान ६ः३० बजेबाट साँझ ७ बजेसम्म सडक मर्मत गर्ने कार्य भइरहेको छ । अहिले साना चार पाङ्ग्रे गाडीबाहेक अन्य लोडगाडी चल्न सक्दैनन् । पेट्रोल र डिजेलको अभाव र विद्युत् सेवा नहुँदा स्काभेटर सञ्चालनमा ल्याउन निकै कठिनाइ परेको छ । वाइरिङ गर्नका लागि जेनेरेटर खोज्न जानुपर्ने अवस्था छ । अहिले चीनसँग जोडिएको नाका मितेरी पुलसम्म बाटो मर्मत भइरहेको छ । लोड गाडी चल्न नसक्ने हुनाले त्यसको स्तरोन्नतिका लागि लेवल मिलाउने कार्य भइरहेको समेत उनले बताए ।   बाह्रबिसेदेखि तातोपानी सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा पहिरो गएकाले अझै लोड गाडी, कन्टेनर, भ्यान, ठूलाठूला मालबाहक गाडी सञ्चालन हुन केही समय लाग्ने देखिन्छ ।   यसै क्रममा तातोपानी गाविसका स्थानीयवासीसँग अन्तक्र्रिया कार्यक्रममा गएका सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ नेपाली काँग्रेसका सभासद् मोहनबहादुर बस्नेतले आफूले यस क्षेत्रमा विभिन्न सहयोग गर्दै आइरहेको, तातोपानीसम्म विद्युत् सेवा विस्तारका लागि ५०० वटा पोल ल्याइएको र चाँडोभन्दा चाँडो विद्युत् सेवा सञ्चालन गर्ने जानकारी दिए ।   तातोपानी नाका जिल्ला र देशकै मुख्य नाका भएको हुनाले बाटो, बत्ती र खानेपानी सञ्चालनका लागि सरकारको ध्यान जानुपर्नेमा जोड दिए । चिनियाँ राजदूतसँग बोर्डर खुलाएर सामान पठाउन आग्रह गरेको उनले बताए । तातोपानी गाविस तथा तातोपानी नाका क्षेत्रमा ३–४ परिवार, नेपाली सुरक्षाकर्मी र चिनियाँ सुरक्षाकर्मीबाहेक अन्य सरकारी कर्मचारी तथा स्थानीयवासीको कुनै उपस्थिति छैन ।   लिपिङ बजार क्षेत्रमा ठूलाठूला ढुङ्गा अझै रहेको र त्यसलाई फुटाउने कार्य भइरहेको छ । पहिलाको भन्दा पहिरोले सडक धेरै माथि पु¥याएको छ । लोड तथा अन्य ट्रक सञ्चालनमा धेरै कठिनाइ हुने देखिन्छ ।   स्थानीय साङ्दोर्जे शेर्पा भन्छन् – “नाका बन्द भएर केही पनि सामान नआउँदा यहाँ बस्नेको अस्तित्व नै छैन । न त पानी नै खान पाइन्छ न त खाद्यान्न नै । सरकारी भवन पनि पूर्णरुपमा ध्वस्त छन् अब कसरी बोर्डर खुलाएर सामान नेपाल भित्र्याउने हो” यसमा नेपाल सरकारको प्रमुख भूमिका हुने उनको जिकिर छ ।   तातोपानी बजारबाट केही किलोमिटर अगाडि पहिरोले पहिलेको पुल भत्काएको र त्यसलाई पूर्णरुपमा पुनःनिर्माण नगरे कुनै पनि ठूला तथा मालबाहक ट्रक सञ्चालनमा आउन नसक्ने अर्का स्थानीयवासी जाङ्बु शेर्पाले बताए ।   तातोपानीसम्म जिपबाहेक अन्य गाडी चल्न सक्ने अवस्था छैन, केही यात्रु आवतजावतका लागि अरनिको जिप सेवाबाट जाने गरेको केही स्थानीयवासीले बताए ।   पहिरोले पुरेको ट्रक, जिप, ट्याक्सी अझै पनि सडकखण्डका विभिन्न ठाउँमा देख्न सकिन्छ । स्थानीयवासीका अनुसार लिपिङबजारमाथिबाट आएको पहिरोले दर्जनौँ गाडी पुरेको र त्यसको नामनिशानासमेत नरहेको बताएका छन् । मालबाहक ट्रक, मोटरसाइकल तथा साना ठूला गाडी अझै पहिरोमा पुरिइरहेका छन् ।   । चारपाङ्ग्रे गाडीबाहेक अन्य केही सवारी साधन तत्काल चल्ने सम्भावना नरहेको र छिटोभन्दा छिटो सडक पूर्णरुपमा सञ्चालन हुन सक्ने बनाउनका लागि सरकारले प्राथमिकताका साथ कार्य अघि बढाउनुपर्ने व्यापारी विष्णुबहादुर श्रेष्ठले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy