Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतको नाकाबन्दीपछि यसरी खुल्यो तातोपानी नाका

\"tatopaniकाठमाडौं । भूकम्प र त्यसपछिको अविरल वर्षाका कारण अवरुद्ध भएको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत मितेरी पुलसम्म ट्र्याक खोलिएको छ । लिपिङ बजारमा सडक मर्मत गर्ने कार्य भइरहेको छ । बल्लतल्ल चारपाङ्ग्रे हलुका गाडी पुग्ने उक्त बजारमा अझै सामान ओसारपसार गर्नका लागि प्रयोग गरिने ठूलाठूला मालबाहक ट्रक आवतजावत गर्न समय लाग्ने देखिन्छ । भारतले नाकाबन्दी गरेपछि अवरुद्ध बाटो खोल्ने प्रक्रिया सुरु भएको थियो ।   लामो समयदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा चिनियाँ प्रहरीले पनि सडक खुलाउन सहयोग गरेको छ । गत एकसाता अघिदेखि सडक डिभिजन कार्यालय चरिकोटले स्काभेटर, ब्रेकर र डोजर लगाएर बाटो खुलाएको सडक डिभिजन कार्यालय चरिकोटका नायब सुब्बा भगवान् थापाले बताए ।   उनका अनुसार– बिहान ६ः३० बजेबाट साँझ ७ बजेसम्म सडक मर्मत गर्ने कार्य भइरहेको छ । अहिले साना चार पाङ्ग्रे गाडीबाहेक अन्य लोडगाडी चल्न सक्दैनन् । पेट्रोल र डिजेलको अभाव र विद्युत् सेवा नहुँदा स्काभेटर सञ्चालनमा ल्याउन निकै कठिनाइ परेको छ । वाइरिङ गर्नका लागि जेनेरेटर खोज्न जानुपर्ने अवस्था छ । अहिले चीनसँग जोडिएको नाका मितेरी पुलसम्म बाटो मर्मत भइरहेको छ । लोड गाडी चल्न नसक्ने हुनाले त्यसको स्तरोन्नतिका लागि लेवल मिलाउने कार्य भइरहेको समेत उनले बताए ।   बाह्रबिसेदेखि तातोपानी सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा पहिरो गएकाले अझै लोड गाडी, कन्टेनर, भ्यान, ठूलाठूला मालबाहक गाडी सञ्चालन हुन केही समय लाग्ने देखिन्छ ।   यसै क्रममा तातोपानी गाविसका स्थानीयवासीसँग अन्तक्र्रिया कार्यक्रममा गएका सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ नेपाली काँग्रेसका सभासद् मोहनबहादुर बस्नेतले आफूले यस क्षेत्रमा विभिन्न सहयोग गर्दै आइरहेको, तातोपानीसम्म विद्युत् सेवा विस्तारका लागि ५०० वटा पोल ल्याइएको र चाँडोभन्दा चाँडो विद्युत् सेवा सञ्चालन गर्ने जानकारी दिए ।   तातोपानी नाका जिल्ला र देशकै मुख्य नाका भएको हुनाले बाटो, बत्ती र खानेपानी सञ्चालनका लागि सरकारको ध्यान जानुपर्नेमा जोड दिए । चिनियाँ राजदूतसँग बोर्डर खुलाएर सामान पठाउन आग्रह गरेको उनले बताए । तातोपानी गाविस तथा तातोपानी नाका क्षेत्रमा ३–४ परिवार, नेपाली सुरक्षाकर्मी र चिनियाँ सुरक्षाकर्मीबाहेक अन्य सरकारी कर्मचारी तथा स्थानीयवासीको कुनै उपस्थिति छैन ।   लिपिङ बजार क्षेत्रमा ठूलाठूला ढुङ्गा अझै रहेको र त्यसलाई फुटाउने कार्य भइरहेको छ । पहिलाको भन्दा पहिरोले सडक धेरै माथि पु¥याएको छ । लोड तथा अन्य ट्रक सञ्चालनमा धेरै कठिनाइ हुने देखिन्छ ।   स्थानीय साङ्दोर्जे शेर्पा भन्छन् – “नाका बन्द भएर केही पनि सामान नआउँदा यहाँ बस्नेको अस्तित्व नै छैन । न त पानी नै खान पाइन्छ न त खाद्यान्न नै । सरकारी भवन पनि पूर्णरुपमा ध्वस्त छन् अब कसरी बोर्डर खुलाएर सामान नेपाल भित्र्याउने हो” यसमा नेपाल सरकारको प्रमुख भूमिका हुने उनको जिकिर छ ।   तातोपानी बजारबाट केही किलोमिटर अगाडि पहिरोले पहिलेको पुल भत्काएको र त्यसलाई पूर्णरुपमा पुनःनिर्माण नगरे कुनै पनि ठूला तथा मालबाहक ट्रक सञ्चालनमा आउन नसक्ने अर्का स्थानीयवासी जाङ्बु शेर्पाले बताए ।   तातोपानीसम्म जिपबाहेक अन्य गाडी चल्न सक्ने अवस्था छैन, केही यात्रु आवतजावतका लागि अरनिको जिप सेवाबाट जाने गरेको केही स्थानीयवासीले बताए ।   पहिरोले पुरेको ट्रक, जिप, ट्याक्सी अझै पनि सडकखण्डका विभिन्न ठाउँमा देख्न सकिन्छ । स्थानीयवासीका अनुसार लिपिङबजारमाथिबाट आएको पहिरोले दर्जनौँ गाडी पुरेको र त्यसको नामनिशानासमेत नरहेको बताएका छन् । मालबाहक ट्रक, मोटरसाइकल तथा साना ठूला गाडी अझै पहिरोमा पुरिइरहेका छन् ।   । चारपाङ्ग्रे गाडीबाहेक अन्य केही सवारी साधन तत्काल चल्ने सम्भावना नरहेको र छिटोभन्दा छिटो सडक पूर्णरुपमा सञ्चालन हुन सक्ने बनाउनका लागि सरकारले प्राथमिकताका साथ कार्य अघि बढाउनुपर्ने व्यापारी विष्णुबहादुर श्रेष्ठले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending