Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

भारतीय बरिष्ठ नेता भन्छन्–नेपाली जनता, मुर्ख मोदीलाई माफी दिनुस्

\"ManiSankar\"भारतका पूर्वकूटनीतिज्ञ मणिशंकर ऐयर भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा पूर्वकेन्द्रीय मन्त्री हुन् । भाजपा नेतृत्वको सरकारले नेपालमा नयाँ संविधानप्रति देखाएको रोष र असन्तोषको कडा प्रतिवाद गर्दै उनले एनडिटिभी अनलाइनमा लेखेको लेख यतिवेला संसारभरि चर्चामा छ । ७४ वर्षीय ऐयर विशेषगरी भारतमा पाकिस्तान र दक्षिण एसिया मामिलाका विज्ञ मानिन्छन् । मनमोहन सिंह नेतृत्वको पहिलो सरकार (२००५–२००९) मा उनले केन्द्रीय पञ्चायत, पेट्रोलियम तथा आपूर्ति र खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
तपाईंले भारत सरकार र नेपालबीचको वर्तमान अन्तर्विरोध वा असझदारीको कारण वैचारिक र राजनीतिक दुवै भन्नुभएको छ । एउटा देशले अर्कोसँग व्यवहार गर्ने मामिलामा वैचारिक राजनीतिक विषय महत्त्वपूर्ण हुन्छ कि स्वार्थ ?
मैले यसबारे प्रस्ट रूपमा बोल्दै र लेख्दै आएको छु । जहाँसम्म वैचारिक सवाल छ, यो हामीले भुल्नुहुँदैन कि नरेन्द्र मोदीजी आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ) का कार्यकर्ता हुन् । देशका प्रधानमन्त्री भए पनि उनी आजसम्म आरएसएसकै प्रचारक हुन् । आरएसएसको स्पष्ट मान्यता रहँदै आएको थियो कि भारत हिन्दू राष्ट्र हो । पाकिस्तान छुट्टिएर गयो । बाँकी जे–जति भारतवर्षको हिस्सा छ, त्यसलाई आरएसएस हिन्दूत्वको पहिचान दिन चाहन्छ । नेपाल विगतमा एक हिन्दू राष्ट्र थियो, जतिवेला नेपालमा नरेश (राजा) को शासन थियो । हिन्दू राष्ट्र नेपाल आरएसएसका लागि एउटा आकर्षक विषय थियो । नजिकको छिमेक हिन्दू राष्ट्र कायम हुँदा हिन्दुस्तानमा पनि त्यसको सकारात्मक प्रभाव पर्छ र भारतलाई हिन्दू राष्ट्र बनाउने कोसिस केही मजबुत हुन्छ भन्ने आरएसएसको बुझाइ रहँदै आएको छ । जब नेपालको संविधान बन्छ, त्यसमा हिन्दू राष्ट्र वा यो झल्किने गरी कुनै शब्द लेखिनेछ भन्नेमा मोदीजी र आरएसएस दुवै विश्वस्त थिए । तर, नेपालले यस विषयलाई वास्ता गरेन र गर्नु जरुरी पनि थिएन ।
नयाँ संविधानमा नेपालले धर्मनिरपेक्ष गणतन्त्र उल्लेख गर्‍यो जुन भाजपा, आरएसएस वा मोदीजीका लागि ठूलो निराशाको विषय थियो । मोदी नेपाललाई हिन्दू परिवारको अटुट अंग बनाएर राख्न चाहन्थे । नेपाल पनि जवाहरलाल नेहरुको बाटो समातेर एक धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र बन्नु मोदीजीको चाहनाको खिलाफ थियो । यो मेरो आरोप होइन, उनको वैचारिक राजनीतिक मान्यता यही हो । यही कारण नेपालको मधेसमा रहेको जनकपुरमा गएर मोदीले पब्लिक भाषण गर्न चाहेका थिए । अहिले एक विषय मोदीजीको सम्झनामा आएको छैन कि नेपाल एक अलग र स्वतन्त्र सार्वभौम देश हो । अर्को देशमा गएर त्यस देशको आन्तरिक मामिलामा दख्खल दिएर एउटा भाषण दिनु अर्को देशको जिम्मेवार नेताका लागि सुहाउने विषय नै होइन । उनले आफ्नो भाषणपछि बनिरहेको संविधानको अन्तर्वस्तुमा आफूले भनेजस्तो परिवर्तन आउनेछ भन्ने मोदीको बुझाइ थियो । यो बिल्कुल स्वीकार्य विषय होइन र थिएन पनि । मोदीजीलाई लागेको वैचारिक झड्का यही हो ।
राजनीतिक कारणचाहिँ के हो ?
अहिलेको असझदारीको दोस्रो कारण राजनीतिक हो । यो नेपालले निम्त्याएको होइन, यो पनि मोदीले नै निम्त्याएका हुन् । बिहारमा यही महिना (अक्टोबर) मा चुनाव हुँदै छ । बिहारको चुनाव भाजपाको भविष्यका लागि एक अहं सवाल बनिरहेको छ । उसले सोचिरहेको छ कि सन् २०१४ मा जुन हावा चलिरहेको थियो, अहिले पनि यथावत् छ र भाजपाले नै बिहारको चुनाव जित्नेछ । तर, यदि बिहारमा भाजपाले चुनाव हारेको खण्डमा भने मोदीलाई आन्तरिक राजनीतिमा दिल्लीपछिको ठूलो धक्का लाग्नेवाला छ । किनभने, उनी भनिरहेका छन् कि म भारतको एक मात्र नेता हुँ । बिहारमा हार भएको खण्डमा उनको यो सान पूरै ढल्नेवाला छ । बिहारको उत्तरमा नेपालको सीमाना छ । नेपालको तराई इलाकाको प्रभाव बिहारमा स्वत: हुन्छ । यो बुझेरै मोदीले अहिले उत्तरी क्षेत्रका बिहारी जनतालाई देखाउन खोजिरहेका छन्, हामी तपाईंको जात र नश्लका नेपालतिरका नातेदार, आफन्तजन वा छिमेकीका साथमा छौँ । मलाई लाग्छ कि यो विचार वा सोच पनि अस्वीकृत हुनेछ । किनभने आफ्नो मुलुकको चुनावको मूल्यमा अर्को मुलुकमा गएर दख्खल दिनु अत्यन्तै नाजायज छ, बिल्कुल गलत छ । यी सब आधारमा टेकेर मैले निष्कर्ष निकालेको छु– मोदी चाहन्छन् कि नेपाल भारतको एक राज्यजस्तो बनोस् न कि एक सार्वभौम, गणतान्त्रिक मुलुक ।’
नेपालका मधेसी जनताको सेन्टिमेन्टले बिहारको चुनावका मतदातामा प्रभाव पर्ने अवस्था रहन्छ र ?
थोरबहुत रहन्छ । किनभने दुवैतिर ठूलो पारिवारिक सम्बन्ध जोडिएको छ । त्यसकारण त मोदी त्यतिवेला जनकपुर जान चाहेका थिए । अहिले तराई–मधेसको सेन्टिमेन्ट जित्नकै लागि नेपाललाई अप्ठेरोमा पार्न खोजिरहेका छन् । घटनाक्रमहरूले यसको पुष्टि गरिरहेका छन् । म उनीहरूलाई यति भन्छु, ‘मोदीको मूर्खताले अहिले अप्ठेरो भएको छ । नेपाली जनता, मोदीलाई माफी दिनुस् ।’ विगतमा लाखौँ नेपाली जनताले मोदीलाई स्वागत गरे, अब त्यस्तो जरुरी छैन, केवल माफी दिए पुग्छ ।
त्यसो भए बिहार चुनावको परिणामपछि मोदी सरकारको नेपालप्रति प्रतिक्रिया के हुन सक्ला ?
हामीले चुनाव हार्‍यौँ त, स्वीकार गरेर चुपचाप बसेका छौँ । हार वा जित जेसुकै भए पनि मोदीले नेपालसँगको सम्बन्ध सुमधुर बनाउने प्रयत्न गर्नुपर्छ । अहिले कतिपय अवस्थामा टुटेको सम्बन्ध कायम गर्न उनले पहल गर्नेछन् भन्ने विश्वास राख्नुको विकल्प छैन ।
अहिले भारतका तर्फबाट लगाइएको नाकाबन्दीबारे के भन्नुहुन्छ ?
म जान्दिनँ, यो नाकाबन्दी हो कि होइन । मधेसमा संविधान जारी भएदेखि आजसम्म प्रदर्शन भइरहेका छन् । उनीहरू सडकमा बसेका छन् र बाटो बन्द गरेका छन् । हामी चाहन्छौँ कि मालसामान बोकेका गाडी नेपालमा प्रवेश गरून्, त्यहाँको सुरक्षाको बन्दोबस्त नेपालले गरोस् । तर, विशेष दूत नेपालबाट आउन दिनुस्, त्यसपछि नाकाबन्दी हट्नेछ । मेरो सूचनामा मधेसीले नाका बन्द गरिरहेका छन्, भारतले छैन । तर, मलाई दु:ख छ, आजको दिनमा नेपाली जनता पीडामा छन् । हाम्रा तर्फबाट पनि सरकारले सामान पुर्‍याउनका लागि उचित कदम चालेको छैन ।
तपाईं रणनीतिक, अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुनुहुन्छ । तपाईंले भनेजस्तो नेपाललाई हिन्दू राष्ट्र बनाउने मोदीजीको चाहना हो भने यसका पछाडि रणनीतिक कारण पनि हुन सक्छ ?
फिजी र मरिसस, सेसेल, वेस्ट इन्डिजमा भारतीय नश्लका अधिकांश मानिसको बसोवास छ । मोदीजी त्यहाँ हिन्दू राष्ट्र बनाउन चाहँदैनन्, जनताले त्यसलाई स्वीकार गर्न सक्दैनन् । भारतवर्ष खुद हिन्दू राष्ट्र बन्न चाहँदैन । एक जमानामा नेपाल हिन्दू राष्ट्र थियो । तर, अहिले पनि मोदी नेपाललाई हिन्दू राष्ट्रको प्रतीक सम्झिन्छन् । यो उनको र आरएसएसको राजनीतिक नारा मात्रै हो । सम्भव नहुने यो विषयको कारण वा परिणाम खोतल्न जरुरी म ठान्दिनँ ।
नेपालमा नयाँ संविधान जारी गरेपछि सारा मुलुकले समर्थन, सद्भाव व्यक्त गरे, छिमेकी भारतले स्वागत गर्न चाहेन बरु आक्रोश व्यक्त गर्‍यो । यसले भारतलाई नै कति नोक्सान भएको छ ?
हेर्नुस्, कुनै एउटा मुलुकले अर्को मुलुकलाई बनाउन कदापि मिल्दैन र सक्दैन पनि । अर्को मुलुकमा यस्तो–यस्तो खालको संविधान चाहिन्छ, हामीले भनेअनुसार बनाऊ भन्न कसैले पनि मिल्दैन । मलाई त डर लागिरहेको थियो कि कतै नेपालको हालत पनि पाकिस्तानको जस्तो त हुनेछैन ? पाकिस्तानमा निकै समयपछि संविधान बन्यो, तर संविधान बनाएको दुई वर्षभित्रै आर्मी अगाडि आयो र पटक–पटक सत्तापलट गरिरह्यो । पाकिस्तानको यो नतिजा हेरिरहेका हामीलाई कतै नेपालमा पनि यस्तो संकट त आउनेछैन भन्ने लागिरहेको थियो । नेपालले सात वर्ष गुजारिसकेको थियो संविधान निर्माणका लागि । पाकिस्तानको हालत बन्ने डरले हामीले बारम्बार भनिरहेका थियौँ कि चाँडो संविधान बनाउनुस् । हाम्रो सरकारका पालामा पनि यो भनिरहेका थियौँ । अन्तत: नेपालले संविधान जारी गर्‍यो । ९० प्रतिशत जनप्रतिनिधिले संविधानमा हस्ताक्षर गरे । जननिर्वाचित संविधानसभामा मधेसी प्रतिनिधिको ठूलो संख्या संविधानसभाको पक्षमा थियो ।
अन्य सीमान्तीकृत भनिएका जातजाति, सम्प्रदायको पनि उल्लेख्य प्रतिनिधित्व थियो संविधानसभामा, जसले नयाँ संविधानमा हस्ताक्षर पनि गरेका छन् । नेपालले एउटा लोकतान्त्रिक बाटो तय गर्‍यो । देशमा नयाँ संविधान लागू भइसकेको छ । भारतकै कुरा गर्ने हो भने हामीले संविधान यति प्रतिनिधिमूलक तरिकाले बनाउन पाएनौँ, तर १२० पटक संशोधन गरिसकेका छौँ । नेपालमा पनि संविधान संशोधन हुन सक्दैन भन्ने छैन । अहिले तराईमा राजनीतिक समस्या छ, जसको हल निकाल्न जरुरी छ । यसको पूरैका पूरै समाधान एक–दुई दिनमा सम्भव नहोला, समय केही लाग्न सक्छ । हाम्रो संविधानमा सुरुमा भनिएको थियो कि १५ वर्षमा अंग्रेजी भाषा हटाएर हिन्दीलाई राष्ट्रभाषा बनाइनेछ । १५ वर्ष पुग्न लाग्दा हंगामा मच्चियो । तमिलनाडुमा मानिसले भने कि हामी अब भारतलाई छाडिदिन्छौँ, हिन्दी मान्दैनौँ । धेरै प्रदर्शन भयो, विरोध भयो । तर, नेताहरू त्यहाँ गए, संविधान संशोधन गरेर उनीहरूको माग सम्बोधन भयो र समाधान निस्कियो । यो भारतको एउटा सामान्य दृष्टान्त म तपाईंलाई सुनाइरहेको छु । संविधान बन्नु भनेको पूरै राष्ट्र निर्माण भइसक्यो भन्ने होइन । राष्ट्र निर्माणको रफ्तार बरु सुरु भएको छ र नेपालले यो बाटो अझै तय गर्नु छ । असन्तुष्टिहरू धेरै छन्, तर यसको समाधान गर्ने काम नेपालीकै हो, हिन्दुस्तानी जनता वा सरकारको होइन । यदि कसैले हामीसँग सोध्छ भने हामी सहयोग दिन सक्छौँ । तर, नेपालको एउटा पक्षका जनतालाई उचालेर तपाईं संविधानलाई अपनाउन बन्द गर्नुस्, विरोध गर्नुस् भन्न पाइँदैन । अहिले जे भइरहेको छ, अत्यन्तै गलत भइरहेको छ ।
नेपालको संविधानका विषयमा भारत सरकारको प्रतिक्रिया के हुनुपथ्र्यो ?
वास्तवमा भारत सरकारले भन्नुपथ्र्यो कि हामी नयाँ संविधानको स्वागत गर्छौँ । साथसाथै, हामी यो अपेक्षा गर्छौँ कि भविष्यमा परिवर्तन गर्नुपर्ने जनताको चाहना व्यक्त भयो भने नेपालले यसको उचित सम्बोधन गर्नेछ ।’ यसरी शुभकामना र बधाई दिनुपथ्र्यो । यो अवस्थामा भारतबाट नेपालको सार्वभौमसत्ता र नेपाली जनताको सम्मान हुन्थ्यो । हाम्रा आफ्ना कुरा पनि राख्न सकिन्थ्यो । यसले सम्बन्धमा दरार आउने पनि थिएन । तर, शुभकामना दिनुको सट्टा गरिएको विरोध र त्यसमा अपनाइएको शैली अत्यन्तै गलत छ । एक हिन्दुस्तानी हुनुका नाताले सरकारको कदमप्रति मलाई चिन्ता लागेको छ । संविधान जारी हुनासाथ चीनले स्वागत गर्‍यो । चीन र भारतले नेपालमा आ–आफ्नो प्रभाव विस्तार गर्न खोज्नु स्वाभाविकै हो । भारत यसकारण नेपालमा प्रभाव राख्न चाहन्छ कि नेपाल हाम्रो पहरेदार देश हो । नेपालले हामीलाई उत्तरबाट सुरक्षा दिइरहेको छ । तर, अहिले नयाँ संविधानमा विरोध गरेर हामी पछि फर्किनुपरेको छ भने स्वागत गरेर चीन अगाडि आएको छ ।
नयाँ संविधान जारी भएपछि नेपालमा चीनको आक्रामक रूपमा प्रभाव बढेको, भारत पछि हटेको र छिमेक नीति असफल भएको तपाईंको निष्कर्ष हो ?
आक्रामक होइन, चीनको प्रभाव बढेको मेरो ठम्याइ हो । हाम्रो प्रभाव स्वाभाविक रूपमा कम भएको छ, चीनको प्रभाव विस्तार भएको छ । छिमेकमा आफ्नो प्रभाव घटाएर चीनको प्रभाव विस्तारमा सहयोग पुर्‍याउने मोदीको यो के विदेश नीति हो ? यो परिस्थिति मोदी सरकारको मूर्खताले सिर्जना भएको हो । हामीले नेपालसँग नजिकको सम्बन्ध राख्नु जरुरी छ । नेपाल हाम्रो छिमेकी मात्र होइन, ऊ हाम्रो सुरक्षाको पहरेदार पनि हो । त्यसकारण नेपालसँग हाम्रो मित्रता र सद्भाव, आत्मीयता जरुरी छ । एक–अर्कालाई असहयोग गर्ने होइन, मद्दत गर्ने खालको मित्रता नेपाल र भारतबीच आवश्यक छ ।
तपाईंहरूको पार्टी (भारतीय राष्ट्रिय कंग्रेस) सरकारमा हुँदा प्रधानमन्त्री मनमोहन सिंहजी कहिल्यै नेपाल नजाँदा नेपालले उपेक्षित महसुस गर्‍यो । तपाईं त्यही सरकारको केन्द्रीय मन्त्री पनि हुनुहुन्थ्यो । अर्कातिर नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गर्नुभयो, भारतले महत्त्व दियो, तर संविधानमाथिको व्यवहारले अन्तिममा फेरि नेपाल उपेक्षित भएको छ । मोदीले जति चाँडो प्रभाव छाड्नुभयो, अहिले उति चाँडो सम्बन्ध चिसिएको छ, यो परिप्रेक्ष्यलाई तपाईं कसरी हेर्नुहुन्छ ?
प्रधानमन्त्री मनमोहन सिंहजी यसकारण नेपाल जानुभएन कि तपाईं (नेपाली जनता) हरू आफ्नो संविधान बनाइरहनुभएको थियो । हामी संविधान निर्माण प्रक्रियामा केही दख्खल दिन चाहँदैनथ्यौँ । नेपालमा संविधान जारी भइसकेपछि पनि त्यतिका वर्ष भ्रमण नगरेको भए नेपालले मनमोहनजीलाई दोष लगाउन मिल्ने ठाउँ हुन्थ्यो । नेपाललाई आफ्नो काम गर्न छुट छ भन्ने हिसाबले उहाँ जानुभएन । किनभने नेपाल एक स्वतन्त्र मुलुक हो, संविधानमा तपाईंहरू जे गर्न चाहनुहुन्छ गर्नुस्, हामी गएर त्यसमा तल–माथि नहोस् भन्ने प्रधानमन्त्री सिंहजीको चाहना थियो । राजनीतिक प्रक्रियामा भारतले दख्खल दिइरहेको छ भन्ने महसुस नेपाली जनतालाई गराउनु दुवै देशको सम्बन्धका पक्षमा हुँदैनथ्यो । तर, मोदीजीले यसको महसुस गरेनन् । उनी आफूलाई देखाउन चाहन्थे, त्यसकारण उनी नेपाल भ्रमणमा गए । नेपाली जनताले उनको स्वागत गरे । दोस्रोपटक मोदी जब नेपाल जाँदै थिए, मेरो बुझाइमा जनकपुरमा उनको स्वागत गर्ने मुडमा नेपाल थिएन । म भन्छु, जनकपुरवासी नेपाली जनताले मोदीलाई स्वागत नगर्ने सही निर्णय लिएका थिए । किनभने मोदी त्यहाँ बोलेर नेपालमाथि पनि हस्तक्षेप गर्न चाहन्थे भने एकैसाथ बिहारमा पनि राजनीतिक सन्देश दिन चाहन्थे । नेपाली जनताले उनको हस्तक्षेपकारी उद्देश्य पूरा गर्न दिएनन्, म उनीहरूलाई बधाई दिन चाहन्छु ।
तपाईंको अनुभव र दृष्टिकोणमा भारतको छिमेक नीतिको कति हिस्सा नेपालले ओगटेको छ?
वास्तवमा यो भारतका लागि महत्त्वपूर्ण प्रश्न हो । हाम्रा लागि हरेक हिसाबले नेपालसँगको सम्बन्ध महत्त्वपूर्ण छ । नेपाल र नेपाली जनतासँग भारतको जे सम्बन्ध छ, दुनियाँको अन्य देशसँग हाम्रो यो स्तरको सम्बन्ध छैन र संसारमा यस्तो प्रकृतिको सम्बन्ध अन्त हुन पनि सक्दैन । कोही पनि नेपाली यहाँ आएर वा कोही भारतीय नेपाल गएर काम गर्न सक्छन् । सम्बन्धको यो यथार्थलाई हामीले सुरक्षित राख्नुपर्छ । सुरक्षित राख्नुको मतलब यो हुन्छ कि भारत नेपालको स्वतन्त्रताको सम्मान गर्छ । नेपालसँगको सम्बन्धबारे कुरा गरिरहँदा भारत र यहाँका जनताले सधैँभरि मनमा राख्नुपर्छ कि हामी ‘बडेभाइ’ होइनौँ । भारत आकार र जनसंख्याका दृष्टिले ठूलो छ र नेपालसँग भ्रातृत्व छ । यसको मतलब बडेभाइ (ठूल्दाइ) होइनौँ । नेपालमा बढी आशंका छ कि भारत आन्तरिक मामिलामा दख्खल दिन चाहन्छ । नेपालको असल मित्रले यो यथार्थ मनन गर्नैपर्छ । यही दृष्टिकोणबाट हेर्दा नेपालमा मोदीको हर्कतको विरोध भएको हो, जुन स्वाभाविक हो । हामी भारतीय नै यो भनिरहेका छौँ, नेपालीको कुरा छाडिदिनुस् । यो कहिल्यै पनि हुनुहुँदैनथ्यो, भयो । यसको छिटोभन्दा छिटो समाधान गर्नु जरुरी छ ।
नेपाल र भारतको यो असझदारी हटाउने आगामी कदम के हुनुपर्छ ?
नेपाली जनताले अब यतिसम्म भन्ने दिन आएको छ कि उनलाई फेरि नेपाल जाने अनुमति अब छैन । तर, मलाई थाहा छ, यतिसम्म हुनेछैन । म आफैँ यति निराश छु कि आफ्नो मित्र नेपाललाई भारतले यतिसम्म व्यवहार गर्नु शोभनीय छैन । अहिलेको असझदारी हटाउनका लागि केही दिनमा नेपालबाट कोही वरिष्ठ नेता विशेष दूतका रूपमा हिन्दुस्तान आउनेवाला छन् । त्यसवेला हेरौँ, केही प्रगति होला कि ?
मेरो प्रश्न यो हो कि असमझदारी हटाउन भारत सरकारले के–के गर्नुपर्छ ?
म भारतको प्रधानमन्त्री रहेको भए यतिवेला नेपाली जनतासमक्ष शिर झुकाएर माफी माग्ने थिएँ । तर, म अहिले छैन, हाम्रो पार्टी पनि सरकारमा छैन । म जान्दछु कि नरेन्द्र मोदी माफी माग्नेवाला मानिस होइनन् । वास्तवमा अहिले मोदीको उद्देश्य के हो, म जान्दिनँ । उनी नेपालसँग राम्रो सम्बन्ध कायम गर्न चाहन्छन् कि चाँदैनन्, उनले जवाफ दिनुपर्छ । उनले नेपाललाई एक आजाद (स्वतन्त्र) मुलुक ठान्छन् कि ठान्दैनन्, र नेपालको आन्तरिक मामिलामा असर पार्छन् कि पार्दैनन् ? उनले जवाफ दिनुपर्छ । नेपालले यो कुरा मोदीसँग स्पष्टसाथ सोध्नुपर्छ, आखिर भारत सरकार के चाहन्छ ?
तपाईं अन्तर्राष्ट्रिय मामिला विज्ञका हैसियतले नेपालको भू–राजनीतिलाई कसरी हेर्नुभएको छ ?
चीन र भारतबीचको एक स्वतन्त्र देशको हैसियतले नेपालले दुवै देशसँग राम्रो सम्बन्ध कायम राख्नुपर्छ । अहिलेसम्म दुवै देशसँग नेपालले आफ्नो तर्फबाट राम्रो सम्बन्ध राख्दै आएको छ । चीन छिमेकी मुलुक भए पनि नेपालको उत्तरतर्फ विकट हिमाल छन् । हिमाल पार गरेर चीन गएपछि तपाईंहरूलाई महसुस हुन्छ कि म विदेशमा छु । तर, जब तपाईं जब दक्षिण आउनुहुन्छ तपाईंलाई आफ्नो घर छाडेकोजस्तो महसुस हुँदैन ।
एक दिन भुटानका वर्तमान राजा जिग्मी खेसर नाम्ग्याल वाङ्चुकले मलाई सुनाएको प्रसंग तपाईंलाई सुनाउँछु । उनी राजकुमार रहेकै समयको कुरा हो । बुबा (पूर्वराजा जिग्मी सिंघी वाङ्चुक) ले उनलाई भनेछन्– छोरा तिमी भुटानको उत्तरी सीमातिर घुमेर आऊ । उनी केही दिन लगाएर उत्तरतिर घुमेर थिम्पु आए । महाराजा जिग्मी सिंघीले सोधे, तिमीले उत्तरमा के–के देख्यौ ? राजकुमार (अहिलेका राजा) ले भने, ‘हिमाल र पहाड मात्रै देखेँ ।’ महाराजाले भनेछन्, ‘अब दक्षिण घुमेर आऊ र मलाई भन ।’ दक्षिण घुमेर राजकुमार फर्किए र भने, ‘मैले पूरै हिन्दूस्तान देखेँ ।’ भुटानको भू–राजनीतिक अवस्थिति पनि यही हो । नेपालको पनि अवस्था यही हो । नेपाली जनताले यो यथार्थ बुझेका छन् ।
अन्तिममा नेपाल र भारतबीच सिर्जना भएको असझदारी हटाउन नेपालले के गर्नुपर्ला ? नेपाललाई तपाईंका सुझाब के–के छन् ?
नेपालले एउटा काम गरे पुग्छ, नरेन्द्र मोदीलाई माफी दिनुस् । उनले ठूलो गल्ती गरे । मोदीको बचपना व्यवहार बिर्सिदिनुस् । विदेश मामिलामा मोदीको खास अनुभव छैन, जसका कारण उनी गडबड गरिरहेका छन् । उनलाई धान्नुको विकल्प छैन, अझै चार वर्ष हामीले पनि उनलाई झेल्नैपर्छ ।
नेपालबारे जानकार पूर्वमन्त्री ऐयरसँग दिल्लीस्थित उनको निवास सफ्दरजंग लेनमा नयाँ पत्रिकाका पर्शुराम काफ्लेले गरेको कुराकानी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy