Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार

खबरडबली संवाददाता

काठमाडौँ। कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो । 

लगातार दोस्रो हार खेपेसँगै नेपालको सुपर आठ सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै चार रनको हार खेपेको थियो । 

जितका लागि एक सय २४ रनको मध्यम लक्ष्य पछ्याएको इटालीले १२।४ ओभरमा विना विकेटको क्षति लक्ष्य पूरा गरेको हो । इटालीका लागि ओपनरद्वय जस्टिन मोस्का र एन्थोनी मोस्काले एक सय २४ रनकै साझेदारी गरे।

जस्टिनले ६० र एन्थोनीले ६२ रन बनाए। इटालीले दुई रन अतिरिक्त पाएको थियो । जितसँगै इटालीले समूह जस्टिन डी’ मा दुई अङ्क बनाएको छ । नेपाल अङ्कबिहीन छ । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा तीन चौकाको सहयोगमा उक्त रन जोडेको हो । यस्तै कप्तान रोहित पौडेलले २३ रन बनाए। उनले १४ बलमा दुई छक्काको सहयोगमा उक्त रन बनाएको हो । 

ओपनर आशिफ शेखले २० रन जोड्टा अर्का ओपनर कुशल भुर्तेल पाँच रनमा आउट भए। यस्तै दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए। लोकेश बम र गुल्शन झा तीन तीन रन जोड्दै पेभेलियन फर्किए।

त्यसपछि करण केसीले अविजित १८ रन बनाए । सन्दीप लामिछाने पाँच रन तथा नन्दन यादव र ललित राजवंशी शुन्य रनमा रन आउट भए। ललितले विश्वकपमा डेब्यू गरेको हो । अघिल्लो संस्करणमा नेपालको १५ सदस्यीय टोलीमा रहेपनि उनले खेल्न पाएको थिएनन् । 

बलिङमा इटालीका क्रिशन कालुगामेजले तीन विकेट लिए। बेन मनेन्टीले दुई तथा अलि हसन, जेजे स्मुथ र जसप्रित सिंहले एक एक विकेट लिए। 

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र इटालीबिच पहिलो पटक भिडन्त भएको हो । नेपाल र इटालीबिच १३ वर्ष अगाडि एक दिवसीय खेलमा भने प्रतिस्पर्धा भएको थियो । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ को उक्त खेलमा नेपालले इटालीलाई आठ विकेटले हराएको थियो ।

नेपालसहित इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेको समूह ‘सी’ मा हाल वेस्ट इन्डिजले लगातार दुई खेल जित्दै चार अङ्क बनाएको छ । 

इङ्ल्यान्ड र स्कटल्यान्डको दुई दुई अङ्क छ । इटालीपछि नेपालले फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वनखेडे स्टेडियममै खेल्ने छ । 

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

लोकसेवा तयारीकर्ताको नारा: पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ

काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...

कुटपिट भएको भन्दै गायक अशोक दर्जी प्रहरीमा, भिडियो भाइरल भएपछि अनुसन्धान तीव्र

विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...

सहकारीको बचत फिर्ता माग गर्दै माइतीघरमा पीडितहरूको प्रदर्शन

काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...

मेची राजमार्ग अवरुद्ध कायमै, सर्वसाधारण समस्यामा

इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...

सुनसरीमा कर्फ्यु उल्लंघनपछि नेपाली सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...

ग्लोबल आइएमई बैंकमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...

सिरहामा मागअनुसार डिएपी मल पुग्न अझै १० दिन लाग्ने

लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...

सुनसरी गोलीकाण्डपछि गृहमन्त्री गुरुङको सुरक्षा प्रमुखसँग आकस्मिक छलफल

काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending