Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रधानमन्त्रीमा कोइरालाको दाबी, देउवा र पौडेलले नमान्ने

\"shushil_sher_ramchandra\"काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन गरिएको भद्र सहमतिलाई कामचलाउ भएका प्रधानमन्त्री सुशील कोइरालाले ठाडै अस्वीकार गरिदिएका छन् । आफ्नै नेतृत्वमा सरकार गठन गर्दा २०७० साल माघ २६ गते र १६ बुँदे सहमति हुँदा गत जेठ २५ गते ओलीलाई प्रधामन्त्री बनाउन वचन दिए पनि ‘ओलीलाई त हुँदैहुन्न’ भन्दै आफैं प्रधानमन्त्रीमा अघि सर्ने भन्दै लबिङमा उत्रेका छन् ।   कांग्रेस, एमाले र एमाओवादीबीच भावी सत्ता समीकरणमा भएको भद्र सहमतिपछि सहमतिमा संविधान निर्माणमा दलबीच देखिएको एकतालाई उनै कोइरालाको चाहनाको कारण पुनः टुटाउने देखिएको छ । साथै, संविधान निर्माणपछि असन्तुष्ट दललाई सहमतिमा ल्याउने र संविधानको कार्यान्वयनलाई सहज बनाउदै जाने विषयलाई पनि कोइरालाको महत्वकांक्षाले थप पेचिलो बनाइदिएको हो ।   कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा नदिईकन नयाँ सरकारको प्रक्रिया अघि बढाएको स्वार्थ फेरि पनि सोही पदमा पुग्ने रहेको भन्दै पार्टीभित्रै उनको आलोचना सुरु भएको छ । तर, पनि कोइरालाले असन्तुष्ट दललाई आफैं मिलाउछु भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न शनिबार औपचारिक आग्रह नै गरेका छन् ।   तर, कोइरालाको यो प्रयासलाई पार्टीका दुई नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पनि रुचाएका छैनन् । प्रधानमन्त्री भएलगत्तै फेरि पनि आफैं दाबी गर्ने शैली उचित नभएको यी दुवै नेताको भनाई रहेको उनीहरु निकट नेता बताउँछन् । कोइरालाले पुनः प्रधानमन्त्रीमा आँखा गाड्नु भनेको आगामी चैत ५ सम्म गरिसक्नुपर्ने १३ औं महाधिवेशनमा पार्टीमाथि कब्जा जमाउनु रहेको बुझिएको छ । सरकारको नेतृत्वमा नभए महाधिवेशनमा आफू कमजोर हुने बुझाई कोइरालाको छ ।   तर, देउवाले पनि घुमाउरो पाराले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको बताइसकेका छन् । तरुण दलले गरेको चियापानमा शनिबार देउवाले यो उ नभनी जसको नाममा सहमति हुन्छ उही प्रधानमन्त्री बन्ने भन्दै आफूलाई पनि दौडमा उभ्याएका छन् । तर, औपचारिक रुपमा बोलिसकेका छैनन् । कोइरालाले कसरत गरेपछि उनलाई रोक्न देउवाले आफू पनि तयार रहेको जनाउ दिएका हुन् । सहमति प्रक्रिया सुरु भए लगत्तै बहुमतीयको खेल भएर कोइराला नै बन्ने अवस्था आए देउवाले असहयोग गर्ने नीति लिएको बुझिएको छ ।   उता, जहिल्यै अन्याय भएको भन्दै आफूले केही नपाएको गुनासो गर्दै आएका उपसभापति रामचन्द्र पौडेल पनि आफू दाबेदार भएको र बहुमतीय प्रधानमन्त्री बन्ने अवस्था आए आफ्नो पनि दाबी रहने निकटस्थहरुलाई बताउँदै आएका छन् । कांग्रेसकै यी तीन नेताको दाबीका अगाडि फेरि सत्ताको जोडघटाउनले राजनीति तात्ने भएको छ ।   एमाओवादीले ओलीको नाममा भद्र सहमति भएको भन्दै उनलाई प्रधानमन्त्री बनाउनुपर्ने बताइरहेको छ । यस्तो बेलामा सहमति नभए बुहमतीय प्रक्रियामा एमाओवादीले जसलाई मत दिन्छ उही प्रधानमन्त्री हुनेछ ।   कांग्रेस वा एमाले एउटा प्रतिपक्षमा बस्ने अवस्था आएमा एमाओवादीको मत सबैभन्दा महत्वपूर्ण हुन जान्छ । कांग्रेस वा एमालेलाई एमाओवादीले साथ दिंदा थप केही सांसद जुटाउन सके दुवै दलले प्रधानमन्त्रीमा जित्न सक्छन् । अहिलेसम्म एमाओवादीको साथ एमाले अध्यक्ष ओलीलाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending