Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

तीन दलीय टोली र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक

\"madhesiकाठमाडौं । प्रमुख तीन दलीय वार्ता टोली र आन्दोलनरत सङ्घीय लोकतान्त्रिक मोर्चाबीच भएको वार्ता सकारात्मक रहेको वार्तामा सहभागीहरुले बताएका छन् । दुवै पक्षबीच आज मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० को केन्द्रीय कार्यालयमा भएको वार्ता सकारात्मक भएको तीन दलीय वार्ता टोलीका सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले जानकारी दिए । मन्त्री आचार्यले छलफल राम्रो भएको र राजनीतिक कार्यसूचीलाई सबैका लागि कसरी स्वीकार्य हुन सक्दछ भन्नेमा दुवै पक्ष पुगेको बताए । उनले वार्ताको वातावरण बनाउन सरकारले गरेका विभिन्न निर्णय तल्लो स्तरसम्म कार्यान्वयन गर्न देखिएका प्रशासनिक ढिलाइलाई सरकारले तत्काल सम्बोधन गर्ने विषयमा मोर्चालाई आश्वस्त पारेको जानकारी दिए । यसबाहेक दुवै पक्ष मुलुकको वर्तमान समस्या चाँडै सम्बोधन गर्नुपर्दछ भन्नेमा सहमत भएको र आन्दोलनका कतिपय माग संविधान संशोधनबाट सम्बोधन हुनेमा सहमत देखिएका छन् । छलफल सकारात्मक रुपमा अघि बढेको र मोर्चाले अघि सरेको कतिपय माग संविधान संशोधन तथा राजनीतिक तहमा छलफल गरेर टुङ्गो लगाउनुपर्नेमा सहमति भएको तीन दलीय वार्ता टोलीका अर्का सदस्य एवम् नेकपा ९एमाले० का प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिए । मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का उपाध्यक्ष जितेन्द्र देवले छलफल सौहाद्र वातावरणमा विषयवस्तुमाथि केन्द्रित रहेर भएको बताए । मुलुकको समसामयिक विषयमा सकारात्मक कुराकानी भएको र चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्नुपर्नेमा दुवै पक्षबीच सहमति भएको उनले बताए । मोर्चाले वार्ता वातावरण बनाउन आन्दोलनमा मृत्यु भएका परिवारलाई राहत, मुद्दा लागेको निर्दोषलाई रिहा, घाइते भएकाको उपचारको व्यवस्था तत्काल हुनुपर्ने माग गरेको थियो । मोर्चाका सो मागलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै तत्काल सम्बोधन हुने आश्वासन दिएको छ । यसबाहेक छलफलमा सङ्घीयताको सीमानामा नमिलेका विषयमा समेत मोर्चाले सरकारलाई ठोस प्रस्ताव ल्याउन सुझाएको उपाध्यक्ष जितेन्द्र देवले जानकारी दिए । छलफलमा मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, निर्वाचन निर्धारण पुनरावकलोकन, नागरिकतालगायत विषयमा पनि सत्तापक्षलाई भोलिसम्ममा मस्यौदा ल्याउन र त्यसमा छलफल गरेर टुङ्ग्याउने सहमति भएको उनले बताए । छलफलमा मन्त्री आचार्य, प्रमुख सचेतक खरेल, उपाध्यक्ष देव, फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार र मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक० का अध्यक्ष राजकिशोर यादव सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending