Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नाकाबन्दीको स्थायी समाधान खोज्न उद्योगी तथा व्यावसायीको आग्रह

काठमाडौं । भारतबाट पटकपटक हुने आपूर्ति व्यवधान र नाकाबन्दीको स्थायी समाधान खोज्न आग्रह गरिएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन र राष्ट्रिय उद्योग व्यापार महासङ्घले संयुक्तरूपमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी तथा व्यवसायीले सधँैभरि अन्य मुलुकसँग आश्रित हुनुको सट्टा नेपालकै जल, जमिन, जङ्गल र जडीबुटीको सदुपयोग गरी आत्मनिर्भर हुँदै विभिन्न समयमा हुने नाकाबन्दीको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । महासङ्घका अध्यक्ष शिव कट्टेलले भारतसँग गरिएका असमान सन्धि खारेज गरी पुनः देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रहित अनुरूप शान्तिमैत्री सन्धि गरिनुपर्ने बताए । छिमेकी मुलुकसँगका अन्य नाका पनि खुलाउने कार्य तत्काल अगाडि बढाउन सबैभन्दा पहिले फूलबारी राधिकापुर, पारवहन सुविधा अविलम्ब अगाडि बढाउनुपर्ने अध्यक्ष कट्टेलको भनाइ छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै भूपरिवेष्टित देशले पाउनुपर्ने समुद्रसम्म निर्वाध पहुँचको अधिकारका लागि तत्काल अख्तियार गर्नुपर्ने माग समेत गरेको छ । सङ्गठनका अध्यक्ष कृष्ण आचार्यले नाकाबन्दीको दीर्घकालीन समाधान खोज्न विद्युतीय सवारी साधनलाई अत्यधिक प्रयोगमा ल्याइनुपर्ने बताउँदै राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा विविधिकीकरण गर्ने नीति अख्तियार गर्नुपर्नेमा जोड दिए । ऊर्जा उत्पादन सङ्घका अध्यक्ष खड्कबहादुर विष्टले २०२७, २०४५ सालमा गरिएको नाकाबन्दीभन्दा पछिल्लो पटक गरिएको नाकाबन्दीले जनतामा बढी समस्या आएको हुँदा नेपाली अबका दिनमा आत्मनिर्भरतातिर केन्द्रित हुनुपर्ने धारणा राखे । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनक शाह र उद्योग व्यापार सङ्घ रूपन्देहीका अध्यक्ष खीमबहादुर खत्रीले नाकाबन्दीले अब नेपालीहरू आफैँमा आत्मनिर्भर हुनुपर्छ भन्ने पाठ सिकाएको छ बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending