Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

‘नेतृत्व (प्रचण्ड) ले मलाई युद्धकालमा मार्ने षड्यन्त्र गरे’–भट्टराई

\"baburam\"काठमाडौं । एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युद्धकालमा आफुलाई तात्कालिन नेतृत्व (प्रचण्ड) ले मार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

नयाँ शक्ति निर्माणको क्रममा देशव्यापी दौडाहा गरिरहेका भट्टराईले  नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योगग्राम भित्र आयोजित छलफल कार्यक्रमममा एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डमाथि यस्तो संगिन आरोप लगाएका हुन् ।

भुमिगतकालमा आफुले बैचारिक बहस चलाउन खोज्दा बन्दी बनाइएको र मार्ने षड्यन्त्र गरेको बताएका भट्टराईले भने, ‘पार्टीमा हालीमुहाली गर्दै रहेका केही उच्च खराब नेतृत्वको कारण एमाओवादीलाई सुधार्न सकिँदैन र त्यसले परिणाममूखी राजनैतिक नेतृत्व पनि दिन सक्दैन भन्ने स्पष्ट भएकाले आफूले पार्टी र सांसदबाट राजीनामा दिएको हुँ ।’

उनले एक्लै पार्टी छोड्नुको कारण खराब मानिसहरु आफुसँग नआउन् भन्ने रहेछ । एमाओवादीभित्र आफ्नै बिचार समुहसँग समेत भट्टराई असन्तुष्ट रहेछन् । उनले भने, ुखराब मित्रहरु म सँग आउलान र मेरो नयाँ अभियान बिर्गालान भन्ने हेक्काकै कारण म एक्लै पार्टी छोडेको हुँ । एमाओवादीलाई अब यो भन्दा सुधार्न सक्दैसकिँदैन र नसुधरिने पार्टीमा बसेर जनतालाई देश र विषय वा चेतना साटने संघर्ष गर्ने अवस्था नै थिएन । त्यसैले बाहिर विभिन्न दलमा रहेका वा स्वतन्त्र रहेका साथीहरुसँग सल्लाह छलफल गरौं र निचोडमा पुगौला भन्ने चाहना र उद्देश्य मेरो हो, ।

जनयुद्धकालिन अवस्थामा भट्टराईलाई हिरासतमा लिएको नभई पार्टीका जिम्मेवारीहरुबाट तात्कालिन माओवादी जिम्मेवारी मुक्त गरेको थिए । एमाओवादी अध्यक्ष प्रचण्ड र भट्टराईले कारवाहीकै अवधिमा भट्टराईलाई १२ बुँदे सहमतिको आधार तयार पार्न भारत पठाएको कुरा यसअघि एउटै मञ्चमा बोल्दै आएका थिए ।

पार्टी परित्याग गरेर गएपनि भट्टराईप्रति नरम रहेका प्रचण्डमाथिको यस्तो गम्भिर आरोपको प्रतिवाद प्रचण्डले गर्न बाँकी छ । तर अनावश्यक आरोपप्रत्यारोप गर्दीन भनेका भट्टराई जुनजुन जिल्लामा जान्छन् कुरा बदल्दै र संगीन आरोपहरु लगाउन थालेका छन् ।

हिजो शनिबार गोरखा पुगेर मधेसी आन्दोलन गलत रहेको बताएका भट्टराईले त्यसअघि जनकपुर पुगेर मधेस आन्दोलनको सममर्थन गरेका थिए । आजै भट्टराई भेरहवा गएका छन् भने दाङ हुँदै धनगढी सम्म जाने कार्यक्रम उनको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending