Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नाकाबन्दी खुलेको प्रचार मात्रै, आज पनि भित्रिएन पेट्रोलियम पदार्थ

\"belhiya\"काठमाडौं। भारतले अघोषित नाकाबन्दी खोल्न निर्देशन दिएपनि आइतबार इन्धन बोकेका एउटा पनि ट्याकर नेपााल भित्रिन सकेनन् । तेल भरेर यसअघि देखि नै जाँच पासका लागि नेपाल आयल निगमका करिव १ सय ७० वटा तेल ट्यांकर र २ सय बढि ग्यास बुलेट भारतीय भन्सार नाकामा रोकिए पनि नेपाल भित्रन सकेनन् ।

नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले आज भारतमा सार्बजनिक बिदा परेकोले यस्तो भएको र भोलीदेखि पेट्रोलियम पदार्थ बोकेका ट्ंयाकर नेपाल भित्रनेमा आसावादी रहेको बताए ।

भारतीय विदेश मन्त्रालयले आफ्ना सम्वद्ध निकायलाई नकाबन्दी खोल्न निर्देशन दिएको तर त्यहा रोकिएका सवारी चालकहरुले भारतीय नाकामा थप कडाइ भएको बताएका छन् । सन्चालनमा रहेका काँकडभिट्टा र नेपालगञ्ज नाका समेत एउटा पनि पेट्रोलियम ट्याकंर र ग्यास बुलेट नेपाल भित्रेका छैनन् । अन्य मुख्य नाकामा भारतीय भन्सारको अवरोध संगै मधेसी मोर्चाका कार्यकर्ताको धर्ना पनि जारी छ ।

तेल भर्न गएका निगमका खाली ट्याकंर सबैलाई भारतले तेल नदिने भनेपछि निगमले तेलको लोडिङ नै बहिस्कार गरेको छ । भैरहवाको बेलहिया नाकामा दिउँसोसम्म मधेसी मोर्चाको अवरोध नभए पनि भारतीय भन्सारले एउटा पनि पेट्रोलियम ट्यांकर नेपाल नपठाएको बेलहिया भन्सारले जनाएको छ ।

यस्तै काँकडभिट्टाको मेची भन्सार नाकाबाट दिनभरमा २८ वटा गाडी नेपाल प्रवेश गरेका छन् । यस्तै नेपालगञ्जको जमुनाह नाकाबाट १० वटा गाडी नेपाल भित्रिएको भन्सारकार्यालयले जनाएको छ ।

बिराटनगरको रानी भन्सार नाकामा आइतबारदेखि सहज रुपमा भन्सार जाँचपास गर्ने सहमति भए पनि भारतीय भन्सारले दिनभरिमा एउटा पनि गाडी नेपाल पठाएन । बिराटनगर नाकामा मधेसी मोर्चाका कार्यकर्ताहरु पनि धर्नामै छन् । उनीहरुले कुनै पनि हालतमा नाकाको धर्ना नछोड्ने बताएका छन् । उता वीरगञ्ज नाकामा पनि अवरोध कायमै छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending