Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नाकाबन्दी खुलेको प्रचार मात्रै, आज पनि भित्रिएन पेट्रोलियम पदार्थ

\"belhiya\"काठमाडौं। भारतले अघोषित नाकाबन्दी खोल्न निर्देशन दिएपनि आइतबार इन्धन बोकेका एउटा पनि ट्याकर नेपााल भित्रिन सकेनन् । तेल भरेर यसअघि देखि नै जाँच पासका लागि नेपाल आयल निगमका करिव १ सय ७० वटा तेल ट्यांकर र २ सय बढि ग्यास बुलेट भारतीय भन्सार नाकामा रोकिए पनि नेपाल भित्रन सकेनन् ।

नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले आज भारतमा सार्बजनिक बिदा परेकोले यस्तो भएको र भोलीदेखि पेट्रोलियम पदार्थ बोकेका ट्ंयाकर नेपाल भित्रनेमा आसावादी रहेको बताए ।

भारतीय विदेश मन्त्रालयले आफ्ना सम्वद्ध निकायलाई नकाबन्दी खोल्न निर्देशन दिएको तर त्यहा रोकिएका सवारी चालकहरुले भारतीय नाकामा थप कडाइ भएको बताएका छन् । सन्चालनमा रहेका काँकडभिट्टा र नेपालगञ्ज नाका समेत एउटा पनि पेट्रोलियम ट्याकंर र ग्यास बुलेट नेपाल भित्रेका छैनन् । अन्य मुख्य नाकामा भारतीय भन्सारको अवरोध संगै मधेसी मोर्चाका कार्यकर्ताको धर्ना पनि जारी छ ।

तेल भर्न गएका निगमका खाली ट्याकंर सबैलाई भारतले तेल नदिने भनेपछि निगमले तेलको लोडिङ नै बहिस्कार गरेको छ । भैरहवाको बेलहिया नाकामा दिउँसोसम्म मधेसी मोर्चाको अवरोध नभए पनि भारतीय भन्सारले एउटा पनि पेट्रोलियम ट्यांकर नेपाल नपठाएको बेलहिया भन्सारले जनाएको छ ।

यस्तै काँकडभिट्टाको मेची भन्सार नाकाबाट दिनभरमा २८ वटा गाडी नेपाल प्रवेश गरेका छन् । यस्तै नेपालगञ्जको जमुनाह नाकाबाट १० वटा गाडी नेपाल भित्रिएको भन्सारकार्यालयले जनाएको छ ।

बिराटनगरको रानी भन्सार नाकामा आइतबारदेखि सहज रुपमा भन्सार जाँचपास गर्ने सहमति भए पनि भारतीय भन्सारले दिनभरिमा एउटा पनि गाडी नेपाल पठाएन । बिराटनगर नाकामा मधेसी मोर्चाका कार्यकर्ताहरु पनि धर्नामै छन् । उनीहरुले कुनै पनि हालतमा नाकाको धर्ना नछोड्ने बताएका छन् । उता वीरगञ्ज नाकामा पनि अवरोध कायमै छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending