Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

ऊर्जा मन्त्री ज्ञवालीलाई कारबाहीको सिफारिस गर्नुका कारण पेस गर्न सर्वोच्चको आदेश

\"radha-gyawali-1\"काठमाडौँ  । सर्वोच्च अदालतले पदमुक्त भएकी ऊर्जा मन्त्री राधा ज्ञवालीलाई कारबाहीको सिफारिस गर्नुका कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलाशले मन्त्री ज्ञवालीलाई कारबाही गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा अन्तरिम आदेश दिनु उपयुक्त छ कि छैन भन्नेमा यही असोज २४ गते आयोग र मन्त्री ज्ञवालीलाई उपस्थितिका लागि बोलाएको छ ।

आफूलाई गैरकानुनी रुपमा मन्त्री पदबाट हटाउने आदेश आयोगले दिएको भन्दै ज्ञवालीका तर्फबाट मनोजकुमार मिश्रले यही असोज १३ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

आयोगको आदेशपछि प्रधानमन्त्री सुशील कोइरालाले ज्ञवालीलाई यही असोज १४ गते पदबाट बर्खास्त गरेका थिए । राजीनामा दिन आग्रह गर्दा अटेर गरेको भन्दै प्रधानमन्त्री कोइरालाले बर्खास्त गरेका थिए ।

सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलका अनुसार ज्ञवालीलाई हटाउनु पर्नाका कारणका सम्बन्धमा अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा यही २४ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ भने १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुनसमेत आयोगलाई सर्वोच्चले आदेश दिएको सहप्रवक्ता पौडेलले बताए ।

सोलु करिडोर प्रसारण लाइन निर्माणसम्बन्धी ठेक्कामा अनियमितता गरेको भन्दै आयोगले ज्ञवालीलाई हटाउन प्रधानमन्त्री कोइरालालाई सिफारिस गरेको थियो भने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र सञ्चालक समितिका सदस्यलाई समेत कारबाही गर्न निर्देशन दिएका थिए ।

कुल १३२ केभीको सोलु करिडोर प्रसारण लाइन निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरीको अनुसन्धानपछि आयोगले मन्त्री ज्ञवालीलाई यही असोज १ गते कारबाहीका लागि सिफारिस गरेको थियो ।

यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले प्राधिकरणका सञ्चालक लक्ष्मणप्रसाद अग्रवाल, सुरज लामिछाने, मनोजकुमार मिश्रलाई भने कारबाही गरेको थियो ।

आयोगले सो आयोजना निर्माणको ठेक्का दिँदा कम रकम बोल कबोल गर्ने कम्पनीे जेभी अफ जगुवार ओभरसिज लिमिटेड एन्ड बिएस लिमिटेडको साटो रु २६ करोड धेरै ठेक्का प्रस्ताव गर्ने मोहन इनर्जीलाई ठेक्का दिएको भन्दै मन्त्रीमाथि कारबाहीको सिफारिस गरेको थियो ।

प्राधिकरणको बोर्ड बैठकले गत ४ भदौमा भारतको मोहन इनर्जी कम्पनीलाई रु दुई अर्ब २६ करोडमा ठेक्का दिने निर्णय गरेको थियो । गत भदौ ४ गते बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सिराहाको मिर्चैयादेखि सोलुखुम्बुको लमनेसम्मको ९२ किमी लामो प्रसारण लाइन निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।

प्राधिकरण सञ्चालक समितिको बैठकमा मन्त्रीको प्रस्तावविरुद्ध ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र सञ्चालक समितिका सदस्य सन्तोषनारायण श्रेष्ठले फरक मत राखेका थिए ।

‘नियुक्त परामर्शदाता, मूल्याङ्कन समिति र पुनः मूल्याङ्कन समितिले समेत स्थापित मूल्य तथा मान्यता विपरीत मूल्याङ्कन नगरेको र न्यूनतम कबोल गर्ने बोलपत्रदातालाई अयोग्य ठहर गर्दा निर्धारण गरिएको कारण वस्तुनिष्ठ तथा विश्वसनीय छ भन्नसक्ने अवस्थासमेत विद्यमान नरहेको’ भन्दै फरक मत राखेका थिए ।

आव २०७१÷७२ मा नै निर्माण सम्पन्न हुनुपर्ने सोलु करिडोर विवादका कारणले हालसम्म सुरु हुन सकेको छैन । तत्काल प्रसारण लाइन निर्माण सुरु गर्दा पनि साँढे दुई वर्ष लाग्ने प्राधिकरणले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending