Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भारतीयको भोज खाँदै राजेन्द्र महतोले भने–हामी असफल भए भारत पनि असफल

काठमाडौं । मधेसी जनतालाई अधिकार दिलाउन भनेर मधेसी मोर्चाका नेताहरुले आन्दोलन थालेको ४९ दिन भैसक्यो । मधेसको समस्या समाधान कसरी गर्ने भनेर जसरी राजधानी काठमाडौं चिन्तित छ त्यो भन्दा बढी चिन्ता नेपालमा सँधै अस्थीरता ल्याइराख्ने भनेर भारतलाई छ ।

[caption id=\"attachment_41038\" align=\"aligncenter\" width=\"700\"]\"rajendra-Mahato-and-Indian-\" भारतीय नेताहरुसँग सदभावना अध्यक्ष राजेन्द्र महतो (बीचमा) ।[/caption]

त्यसैले आन्दोलनरत मधेसी मोर्चाका नेताहरुका लागि भोज भतेर चलिरहन्छ वीरगञ्जसँग सीमा जोडिएको रक्सौलमा । रक्सौलस्थित महेशकुमार अग्रवालको घर अगाडि आन्दोलनकारीलाई खुवाउन क्यान्टिन खोलिएको छ र त्यो मध्यरातसम्म पनि खुल्लै हुन्छ । जहाँ मधेसी मोर्चाका नेता र अगुवा कार्यकर्ताहरुका लागि खाना पाक्छ । भारतका साना ठूला पार्टीका प्रभावशाली नेताहरु र नेपालमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरु त्यहि क्यान्टिनमा भेला हुन्छन् । नेपालको राजनीतिबारे विचार विमर्श गर्छन् र नयाँ नयाँ रणनीति बनाउँछन् ।

गत बुधबार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सो क्यान्टिनका विशेष पाहुना थिए । त्यहाँ महतो र भारतीय नेताहरुबीच भएको गम्भीर वार्तालापको केहि अंश दी इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले प्रकाशित गरेको छ ।

महतो भन्छन्–हामी असफल भए भारत पनि असफल

क्यान्टिनको चम्किलो बत्तीमुनिको छलफलमा महतो भन्छन्, ‘भारतले जे ठीक भन्छ, हामी मधेसीका लागि त्यही ठीक हो । हामी मधेसीले मात्रै नेपालमा भारतविरोधी क्रियाकलापलाई कमजोर पार्न सक्छौं ।’ उनले नेपाली बोल्ने पहाडीयाहरु भारतलाई गालि गरेर आफूलाई राष्ट्रवादी ठान्ने गरेको पनि बताए । उनले मधेसीहरुलाई पहाडियाले दास जस्तो व्यवहार गर्ने गरेको आरोप पनि लगाए ।

महतोले आन्दोलनलाई भारतले साथ र सहयोग गरिरहेको भन्दै वार्तालापमा सहभागी नेताहरुलाई धन्यवाद पनि दिन्छन् । उनी अगाडि थप्छन्, ‘यदि भारतको सहयोग घट्यो र अडान कमजोर भयो भने मधेसी आन्दोलन असफल हुन्छ । मधेस आन्दोलन असफल हुनु भनेको भारत असफल हुनु हो ।’

छलफलमा रक्सौलको नागा रोड घर भएका सुरेशकुमार गुप्ता पनि छन् । उनले मधेसी मोर्चाले गरिरहेको आन्दोलनमा सहयोग गर्दै आएको र आन्दोलन गर्न पनि गैरहेको बताए । भारतीय नागरिक गुप्ताकी श्रीमती वीरगञ्जबाट १५ किलोमिटर टाढा रहेको डाकेला भवेरी नेपालकी हुन् । उनले आफ्नी बहिनीलाई पनि बीरगञ्जमै बिहे गरिदिएका छन् । गुप्ताले भन्छन्, ‘यदि मधेसी दाजुभाइहरुलाई दबाव प¥यो भने हामी पनि सडकमा निस्कनेछौं । हामी नहरको पुल तोड्नेछौं, उनीहरुले के सक्छन्, गरुन् ।’

यो वार्तालाप र भोज भैरहेको क्यान्टिन अमित अग्रवालको घर नजिकै छ । अग्रवाल महिमा एक्सपोर्ट्सका सञ्चालक र सीमा क्षेत्रका चिरपरिचित व्यापारी हुन् । त्यतिमात्रै होइन भारतमा केन्द्रीय सरकारको नेतृत्वकर्ता भारतीय जनता पार्टीका कार्यकर्ता पनि हुन् उनी अग्रवाल । उनको घर अगाडि बनाइएको क्यान्टिनमा प्रत्येक दिन ६–७ हजार आन्दोलनकारीका लागि खाना पाकिरहने दी इण्डियन एक्सपप्रेसको समाचारमा उल्लेछ ।

अग्रवालको भनाइमा नेपालका आन्दोलनकारीसित उनीहरुको ‘रोटीबेटीको सम्वन्ध’ छ । बोर्डरबाट ५० कलोमिटर वारपार रहेका जनताबीच रगतको सम्वन्ध पनि छ । अहिलेसम्म भारतले नाकाबन्दी जस्तो कठोर अडान लिएर नेपालका आन्दोलनकारीलाई संरक्षण दिएकोमा अग्रवाल खुसी छन् । त्यसैले अग्रवाल तराई मधेसको आन्दोलन अझै चर्काउनु पर्ने पक्षमा छन् ताकि विहारमा हुन लागेको चुनावमा पनि त्यसलाई उपयोग गर्न सकियोस् ।

त्यसैले उनी भन्छन्, ‘नेपालमा पहाडीहरुलाई ठेगानमा राखेर मधेसीहरुलाई अगाडि बढाउनैपर्छ । उनीहरु सधैं चाइनाको नाम लिएर हामीलाई ब्ल्याकमेलिङ गर्छन् । हामी पनि हेरौं कसरी लिन्छन् चीनको सहयोग । ६७ प्रतिशतभन्दा बढी नेपालको व्यापार हाम्रै बोर्डरबाट हुन्छ । ८० प्रतिशत पेट्रोलियम पदार्थ पनि हामीले नै दिन्छौं । हाम्रो सरकारले गरेको नाकाबन्दीले उनीहरुको हैसियत उजागर गरेको छ ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending