Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीयको भोज खाँदै राजेन्द्र महतोले भने–हामी असफल भए भारत पनि असफल

काठमाडौं । मधेसी जनतालाई अधिकार दिलाउन भनेर मधेसी मोर्चाका नेताहरुले आन्दोलन थालेको ४९ दिन भैसक्यो । मधेसको समस्या समाधान कसरी गर्ने भनेर जसरी राजधानी काठमाडौं चिन्तित छ त्यो भन्दा बढी चिन्ता नेपालमा सँधै अस्थीरता ल्याइराख्ने भनेर भारतलाई छ ।

[caption id=\"attachment_41038\" align=\"aligncenter\" width=\"700\"]\"rajendra-Mahato-and-Indian-\" भारतीय नेताहरुसँग सदभावना अध्यक्ष राजेन्द्र महतो (बीचमा) ।[/caption]

त्यसैले आन्दोलनरत मधेसी मोर्चाका नेताहरुका लागि भोज भतेर चलिरहन्छ वीरगञ्जसँग सीमा जोडिएको रक्सौलमा । रक्सौलस्थित महेशकुमार अग्रवालको घर अगाडि आन्दोलनकारीलाई खुवाउन क्यान्टिन खोलिएको छ र त्यो मध्यरातसम्म पनि खुल्लै हुन्छ । जहाँ मधेसी मोर्चाका नेता र अगुवा कार्यकर्ताहरुका लागि खाना पाक्छ । भारतका साना ठूला पार्टीका प्रभावशाली नेताहरु र नेपालमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरु त्यहि क्यान्टिनमा भेला हुन्छन् । नेपालको राजनीतिबारे विचार विमर्श गर्छन् र नयाँ नयाँ रणनीति बनाउँछन् ।

गत बुधबार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सो क्यान्टिनका विशेष पाहुना थिए । त्यहाँ महतो र भारतीय नेताहरुबीच भएको गम्भीर वार्तालापको केहि अंश दी इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले प्रकाशित गरेको छ ।

महतो भन्छन्–हामी असफल भए भारत पनि असफल

क्यान्टिनको चम्किलो बत्तीमुनिको छलफलमा महतो भन्छन्, ‘भारतले जे ठीक भन्छ, हामी मधेसीका लागि त्यही ठीक हो । हामी मधेसीले मात्रै नेपालमा भारतविरोधी क्रियाकलापलाई कमजोर पार्न सक्छौं ।’ उनले नेपाली बोल्ने पहाडीयाहरु भारतलाई गालि गरेर आफूलाई राष्ट्रवादी ठान्ने गरेको पनि बताए । उनले मधेसीहरुलाई पहाडियाले दास जस्तो व्यवहार गर्ने गरेको आरोप पनि लगाए ।

महतोले आन्दोलनलाई भारतले साथ र सहयोग गरिरहेको भन्दै वार्तालापमा सहभागी नेताहरुलाई धन्यवाद पनि दिन्छन् । उनी अगाडि थप्छन्, ‘यदि भारतको सहयोग घट्यो र अडान कमजोर भयो भने मधेसी आन्दोलन असफल हुन्छ । मधेस आन्दोलन असफल हुनु भनेको भारत असफल हुनु हो ।’

छलफलमा रक्सौलको नागा रोड घर भएका सुरेशकुमार गुप्ता पनि छन् । उनले मधेसी मोर्चाले गरिरहेको आन्दोलनमा सहयोग गर्दै आएको र आन्दोलन गर्न पनि गैरहेको बताए । भारतीय नागरिक गुप्ताकी श्रीमती वीरगञ्जबाट १५ किलोमिटर टाढा रहेको डाकेला भवेरी नेपालकी हुन् । उनले आफ्नी बहिनीलाई पनि बीरगञ्जमै बिहे गरिदिएका छन् । गुप्ताले भन्छन्, ‘यदि मधेसी दाजुभाइहरुलाई दबाव प¥यो भने हामी पनि सडकमा निस्कनेछौं । हामी नहरको पुल तोड्नेछौं, उनीहरुले के सक्छन्, गरुन् ।’

यो वार्तालाप र भोज भैरहेको क्यान्टिन अमित अग्रवालको घर नजिकै छ । अग्रवाल महिमा एक्सपोर्ट्सका सञ्चालक र सीमा क्षेत्रका चिरपरिचित व्यापारी हुन् । त्यतिमात्रै होइन भारतमा केन्द्रीय सरकारको नेतृत्वकर्ता भारतीय जनता पार्टीका कार्यकर्ता पनि हुन् उनी अग्रवाल । उनको घर अगाडि बनाइएको क्यान्टिनमा प्रत्येक दिन ६–७ हजार आन्दोलनकारीका लागि खाना पाकिरहने दी इण्डियन एक्सपप्रेसको समाचारमा उल्लेछ ।

अग्रवालको भनाइमा नेपालका आन्दोलनकारीसित उनीहरुको ‘रोटीबेटीको सम्वन्ध’ छ । बोर्डरबाट ५० कलोमिटर वारपार रहेका जनताबीच रगतको सम्वन्ध पनि छ । अहिलेसम्म भारतले नाकाबन्दी जस्तो कठोर अडान लिएर नेपालका आन्दोलनकारीलाई संरक्षण दिएकोमा अग्रवाल खुसी छन् । त्यसैले अग्रवाल तराई मधेसको आन्दोलन अझै चर्काउनु पर्ने पक्षमा छन् ताकि विहारमा हुन लागेको चुनावमा पनि त्यसलाई उपयोग गर्न सकियोस् ।

त्यसैले उनी भन्छन्, ‘नेपालमा पहाडीहरुलाई ठेगानमा राखेर मधेसीहरुलाई अगाडि बढाउनैपर्छ । उनीहरु सधैं चाइनाको नाम लिएर हामीलाई ब्ल्याकमेलिङ गर्छन् । हामी पनि हेरौं कसरी लिन्छन् चीनको सहयोग । ६७ प्रतिशतभन्दा बढी नेपालको व्यापार हाम्रै बोर्डरबाट हुन्छ । ८० प्रतिशत पेट्रोलियम पदार्थ पनि हामीले नै दिन्छौं । हाम्रो सरकारले गरेको नाकाबन्दीले उनीहरुको हैसियत उजागर गरेको छ ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending