Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लुम्बिनीविरुद्ध सानदार जितसँगै थ्रीस्टार शीर्षस्थानमा

काठमाडौँ । लुम्बिनी फुटबल क्लबलाई हराउँदै थ्रीस्टारले लिगको शीर्षस्थानमा पुगेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा थ्रीस्टारले लुम्बिनीविरुद्ध ५-० काे सानदार जित दर्ता गर्याे ।

\"Threeपहिलो हाफको २९ औँ मिनेटमा थ्रीस्टारका लागि विदेशी खेलाडी वलावाले आफिजले गोल गर्दै अग्रता दिलाए ।  त्यसपश्चात् नै खेलको ३८औँ मिनेटमा अमर डङ्गोलले गोल गर्दै थ्रीस्टारलाई २–० को स्थितिमा पुर्याए । अमरले आफूले निकै राम्रो खेल प्रदर्शन गर्दै गोल गरे । उनको गोलसँगै थ्रीस्टारले पहिलो हाफमा अग्रता दोब्बर पार्यो । दोस्रो हाफको ४७औँ मिनेटमा नै थ्रीस्टारले निकै आक्रामक खेल प्रस्तुत गर्यो, जसमा वलावालेको पासमा अमर डङ्गोल गोल गर्न चुके । तर खेलको ५८औँ मिनेटमा जगजित श्रेष्ठले गोल गरे । वलावालेले प्रहार गरेको बल लुम्बिनीका गोलरक्षकले फर्काए । त्यही बललाई श्रेष्ठले जाली चुमाएका थिए । त्यसको ४ मिनेटपश्चात् थ्रीस्टारले पुनः गोल ग¥यो । खेलको ६२औँ मिनेटमा वलावालेले अमरको पासमा गोल गरे । उनको गोलसँगै थ्रीस्टार बलियो स्थितिमा पुग्यो । लुम्बिनीलाई लगभग खेलमा फर्कन मुस्किल हुने अवस्था भइरहँदा थ्रीस्टारले पुनः गोल गर्दै ५–० को अग्रता लियो । खेलको ७८औँ मिनेटमा जगजितले गोल गरेका थिए । बाँकी समयमा दुबैतर्फ बाट गोल हुन नसकेपछि थ्रीस्टारले सानदार जित दर्ता गर्यो । जितसँगै थ्रीस्टार लिगको शीर्षस्थानमा उक्लिएको छ । यो जितपछि १३ खेलबाट २६ अङ्क बटुल्दै थ्रीस्टार लिगमा शीर्षस्थानमा छ । आर्मीको १३ खेलबाट २४ अङ्क भएको छ । आर्मी टीम गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको झापाको पनि समान १३ खेलबाट २४ अङ्क नै छ । १४ खेलबाट ८ अङ्क मात्र बटुलेको लुम्बिनी टीम भने पुछारबाट दोस्रो स्थानमा छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies