Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

भारतबाट भित्रियो २९ ट्यांकर तेल, २२ ट्यांकरले इन्धन भरे

\"oil-Tanker\"काठमाडौं । भारतबाट सोमबार २९ तेल ट्यांकर नेपाल भित्रिएका छन् । भारतको अघोषित नाकाबन्दीका कारण भारतीय भूमिमा अलपत्र परेका तेल ट्यांकरहरुमध्ये सोमबार बिभिन्न नाकाहरुबाट २९ वटा ट्यांकर मात्रै तेल लिएर नेपाल आएका हुन् ।

आईओसीको डिपोबाट २२ वटा नेपाली ट्यांकरहरुमा इन्धन लोड भएको खबर आएको नेपाल आयल निगमले जनाएको छ । बरौनीमा ९, काकडभिट्टा पारी ५ तथा नेपालगञ्ज र भैरहवा पारीको डिपोमा ४–४ ट्यांकरमा इन्धन लोड भएको छ ।

विराटनगर भन्सारबाट २५ ट्यांकर भित्रिए

सोमबार सबैभन्दा धेरै भारतको जोगबनी हुँदै विराटनगरको रानी भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका २७ ट्यांकर नेपाल भित्रिएका छन् । रानी भन्सारबाट २५ ट्यांकर तेल र दुई बुलेट ग्यास भित्रिएका हुन् । बिराटनगरको रानी भन्सार नाकाबाट सोमबार ६७ वटा गाडी नेपाल प्रवेश गरेका भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए ।

अपरान्ह ३ बजेपछि मधेसी मोर्चाका कार्यकर्ताहरु नाकामा अवरोध गरेपछि नेपाल भित्रिन लागेका गाडीहरु पनि रोकिएको उनले बताए ।

नेपालञ्जबाट २ ट्यांकर डिजेल

बाँकेको नेपालगञ्जस्थित जमुनाहा भन्सार नाकाबाट डिजेल बोकेका दुईवटा ट्यांकर मात्रै नेपाल भित्रिएका छन् । पाँच ट्यांकर डिजेल र ग्याँसका दुई बुलेट भन्सार पास भएपनि दुई ट्यांकर डिजेल मात्रै नेपाल भित्रिएका हुन् । भारतीय कस्टम पास भैसकेका पेट्रोलियम पदार्थ बोकेका गाडीहरुलाई पनि भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएको भन्सार कार्यालयले जनाएको छ ।

जमुनाहा नाकाबाट सोमबार आलु बोकेका चार र तोरी बोकेका दुईवटा ट्रक नेपाल भित्रिएका छन् । यसैगरी गहुँ, चामल, खसी, सिमेन्ट, मोटरपार्टस् र थ्रेसर मेसिन बोकेका एक–एक ट्रक नेपाल भित्रिएको जमुनाह भन्सारले जनाएको छ ।

भैरहवाबाट एक गाडी पनि इन्धन आएन

भैरहवाको बेलहिया नकाबाट ३७ वटा मालबाहक गाडी नेपाल आएका छन् । तर, इन्धनका एउटा पनि गाडी नेपाल नआएको बेलहिया भन्सार कार्यालयले जनाएको छ । बिहान केही गाडी भित्रिएपनि मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्दै पुनः अवरोध गरेका थिए । प्रदर्शनकारीलाई हटाउन खोज्दा भएको झडपमा एक डिएसपीसहित ९ जना घाइते भएका छन् । तर, स्थिति शान्त भए पनि भैरहवा नाकाबाट कुनै पनि गाडीहरु भित्रिएनन् ।

मेची भन्सारबाट आलु आयो

झापाको मेची भन्सार नाकाबाट सोमबार दिनभर १२८ वटा गाडी नेपाल भित्रिएका छन् । तर पेट्रोलियम पदार्थ बोकेका एउटा पनि ट्यांकर भित्रिएन । मेची भन्सारका प्रवक्ता दिपेन्द्रकुमार झाले दिएको जानकारी अनुसार सोमबार आलु र क्लिङ्कर बोकेका धेरै गाडी नेपाल प्रवेश गरेका छन् ।

वीरगञ्ज १२ औं दिन पनि ठप्पै

नेपालकै सबैभन्दा ठूलो वीरगञ्ज भन्सार भने अघिल्ला दिनहरुको जस्तै पूर्णरुपमा ठप्पै रह्यो । वीरगञ्ज भन्सारबाट १२ दिनदेखि एउटा पनि गाडी नेपाल भित्रिएको छैन । बीरगञ्ज र रक्सौलको बीचमा पर्ने मितेरी पुलमा मधेसी मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेपछि आवत–जावत पूर्णरुपमा ठप्प छ । मोर्चाका कार्यकर्ताहरुले नेपाल–भारत जोड्ने मितेरी पुलमा पाल टाँगेर चौबीसै घण्टा धर्नामा बसेका छन् ।

उनीहरुले सोमबार नेपाल आयल निगमका वीरगञ्ज शाखा प्रमुखलाई नियन्त्रणमा लिएर आफैसँग धर्नामा बसाएका थिए । इन्धन आपूर्ति सहज बनाउन भन्दै सहयोगीसहित रक्सौल जान लागेका नेपाल आयल निगम वीरगञ्जका प्रमुख अशोक साहलाई संघीय समाजवादी फोरम नेपालका नेता प्रदीप यादव नेतृत्वको समूहले नियन्त्रणमा लिएर धर्नामा बस्न बाध्य बनाएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy