Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

विप्लब माओवादीमा चर्को विवाद, भातृ संगठनहरुका समानान्तार कमिटि

\"biplab\"काठमाडौँ । नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीमा चर्को विवाद देखिएको छ । विप्लव माओवादीको जनवर्गीय संगठनका भेला र राष्ट्रिय सम्मेलनहरुमा विवाद देखिएको हो । जनवर्गीय संगठनहरुमा नेतृत्वको लागि चर्को विवाद हुन थाले पछि पार्टी हेड्क्वार्टरले त्यसलाई सुल्झाउन केन्द्रियता लादेर पार्टी निर्णयलाई नै अन्तिम रुप दिइरहेको छ । माओवादीको मजदुर, विद्यार्थी, दलित, युवा र पत्रकार लगायतका सबै जसो जनवर्गिय संगठनहरुमा चर्को विवाद देखिएको हो । विवाद भएपनि सबैलाई मिलाउने प्रयास गरिएको र नमान्नेहरुलाई पार्टीले कारवाहि गरिरहेको पार्टीका एक पोलिटब्युरो सदस्यले नाम नभन्ने सर्तमा बताएका छन् । ‘यहाँ क्रान्ति सम्पन्न कसरी गर्ने भन्ने सवाल छ’, उनले भने ‘कसैले पदका लागि पार्टीमा अराजक गतिविधि र मनपरी गर्न खोज्छ भने त्यसलाई पद पाईने ठाउँमा जाने बाटो खुल्लै छ ।’ मजदुर संगठनमा अध्यक्षका लागि योगेन्द्र कुमाल र जोकमान लामा बिच चर्को संघर्ष भएको थियो । मजदुर आन्दोलनमा इमान्दारिताका साथ लागि रहेको र फेरि पनि प्रतिबद्ध रहेको भन्दै पार्टी हेड्क्वार्टरले योगेन्द्र कुमाललाई नै संगठनको जिम्मेवारी दिएको छ । जोकमान लामा पार्टी निर्णय प्रति असन्तुष्टंंंं भए पनि पार्टीले गरेको निर्णयमा केहि नबोल्ने भन्दै चुपचाप छन् । त्यस्तै दलित संगठनमा पनि तेज बहादुर मिजार र डम्बर विकमध्य को अध्यक्ष हुने भन्ने बिषयमा विवाद भएपछि पार्टी हेड्क्वार्टरले तेजबहादुर मिजारलाई नै अध्यक्ष बनाउने निर्णय गरेको थियो । मिजार अध्यक्ष भएपछि विक समुहले अहिले केन्द्रिय समिति बहिष्कार गरिरहेको छ । पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार संगठन नेपालमा पनि पत्रकार महासंघका सचिव समेत रहेका प्रभात चलाउने र प्रज्वल श्रेष्ठ बिच विवाद भएपछि पार्टीले प्रभात चलाउनेलाई नै अध्यक्ष बनाएको छ । सबैभन्दा चर्को विवाद विद्यार्थी संगठनमा देखिएको छ । चितवनमा भएको संगठनको २० औँ राष्ट्रिय सम्मेलनमा निवर्तमान अध्यक्ष सरद रसाईली र उपाध्यक्ष पुर्ण बहादुर सिँहको समुह बिच चर्कै विवाद मात्रै भएन समानान्तर कमिटी समेत घोषणा भयो । चितवनमा चालु राष्ट्रिय सम्मेलनको बन्द सत्रको हलबाट पार्टीले उपाध्यक्ष पुर्ण बहादुर सिंहको नेतृत्वमा ७६ सदस्यीय केन्द्रिय समिति घोषणा गरेपछि असन्तुष्ट पक्षले निवर्तमान केन्द्रिय सचिव अशोक पोख्रेलको नेतृत्वमा पत्रकार सम्मेलन मार्फत ६५ सदस्यीय समानान्तर केन्द्रिय समिति घोषणा गरेको थियो । पुर्ण बहादुर सिँहलाई पार्टी प्रवक्ता प्रकाण्डले हलबाटै घोषणा गरे भने अशोक पोख्रेल नेतृत्वको समुहलाई निवर्तमान अध्यक्ष सरद रसाईलीको समर्थन सहित भरतपुरमा पत्रकार सम्मेलन गरि घोषणा गरिएको थियो । अध्यक्षमा पुर्ण बहादुर सिँहको लागि कमन अन्डस्ट्र्यान्डिङ भए पनि महासचिवमा दिपेन्द्र चलाउने हुने कि लाल बहादुर तामाङ् हुने भन्ने बिषयमा मुख्य विवाद भएको बुझिएको छ । दिपेन्द्र चलाउने अहिले पुर्ण बहादुर सिँहको टिमबाट महासचिव बनाइएका छन् भने, लाल बहादुर तामाङ् अशोक पोख्रेल नेतृत्वको टिमका महासचिव बनेका छन् । राष्ट्रिय सम्मेलनमा विवाद देखिएपछि पार्टी महासचिव विप्लवले विज्ञप्ती निकालेर हलमा घोषणा गरिएको पुर्ण बहादुर सिँहको टिमनै आधिकारिक र निर्वाचित टिम भएको जनाउनु परेको थियो । माउ पार्टीले असन्तुष्ट पक्ष बारे बिना कुनै सम्बोधन विज्ञप्ती निकालेपछि अहिले दुईवटै कमिटिहरु समानान्तर गतिविधि गरिरहेका छन् । पुर्णबहादुर सिँहको कमिटी तातोपानी भन्सारको नाका खुलाउने कार्यमा गएको छ भने, अशोक पोखे्रल नेतृत्वको टिमले राष्ट्रियताको एजेण्डामा उपत्यका लगायतका स्थानहरुमा सार्वजनिक सभा र कार्यक्रमहरु गरिरहेको छ । त्यस्तै पोखरामा जारी राष्ट्रिय युवा जनस्वयंसेवकको सम्मेलनमा चर्को विवाद रहेको कुरा बाहिर आएपनि युवाको दुवै पक्षका नेताहरुले भने त्यसलाई अस्विकार गरेका छन् । पुर्व जनमुक्ति सेनाका कमाण्डर उदय बहादुर चलाउने ‘दिपक’ र झक बहादुर मल्ल ‘सुदिप’ बिच अध्यक्ष को हुने भन्ने बारेमा विवाद रहेको बुझिएको छ । तर दुवै पक्षका नेताहरुले एकले अर्कोलाई जिम्मा लिने भन्दा पनि दिने भनेर सौहार्दपुर्ण छलफल भइरहेको बताएका छन् । त्यहाँ पनि पार्टी हेड्क्वार्टरले सुदिपलाई नै युवाको जिम्मे दिने सम्भावना रहेको एक नेताले बताएका छन् । पार्टीका जनवर्गिय सँगठनहरुमा चर्को विवाद देखिएपछि पार्टी स्थाई समितिको बैठक बसेर सबैको बारेमा साझा धारणा बनाउने प्रयास भईरहेको श्रोतले बताएको छ । पछिल्लो समय विप्लबको पार्टीले संघर्षमा जाने निर्णय गरेपछि पार्टी प्रवक्ता बाहेक कोहिपनि नेता सञ्चार माध्यममा बोल्न मान्दैनन् । केहि समय यता पार्टी महासचिव विप्लब समेत सार्वजनिक कार्यक्रम र सञ्चार माध्यममा देखिन छोडेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy