Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

इन्धन अभावले धमाधम विद्यालय बन्द हुँदै

भक्तपुर । इन्धनको चरम अभाव भएपछि भक्तपुरमा सञ्चालित विद्यालय धमाधम बन्द हुन थालेका छन् । इन्धन अभाव भएपछि केही विद्यालय एक/दुई दिन अघि नै बन्द भएका थिए भने परीक्षा नसकिएका विद्यालयले भने परीक्षा सकिएलगत्तै बन्द गर्ने भएका छन् । प्याब्सन भक्तपुरले इन्धन अभावको विषयमा बैठक राखेर जिल्ला प्रशासन कार्यालयसँग विद्यालयलाई इन्धन उपलब्ध गराइदिन आग्रह गरेपनि इन्धन नपाएपछि विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो । प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापाले इन्धन अभाव भएपछि विद्यार्थीलाई विद्यालयसम्म ल्याउने लैजाने व्यवस्था गर्न नसक्दा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताइन । उनले भनिन , ‘विद्यालय सञ्चालन गर्दा पनि बसमा आउने विद्यार्थी आउन नसक्ने भएपछि ४० प्रतिशत विद्यार्थीलाई मात्रै पढाउने कुरा हँुदैन, त्यसैले परीक्षा सकिएलगत्तै विद्यालय बन्द गर्छौँ ।’ भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष राजकुमार महर्जनले चाहेर पनि विद्यालय सञ्चालन गर्न नसक्ने अबस्थामा पुगेको बताए । ‘एकातिर भूकम्पका कारण एक महिना पढाइ रोकियो, अहिले इन्धनको अभावले फेरि विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगियो, यसवर्षको शैक्षिक पात्रो नै बिग्रिने भयो’– उनले भने । विद्यालय बन्द गर्न कै लागि कतिपय विद्यालयले परीक्षासमेत छिटो सञ्चालन गरेका छन् भने केही विद्यालयले एकै दिन दुईवटा विषयको परीक्षा सञ्चालन गरेका छन् । इन्धन अभाव नभएको भए यसवर्ष फूलपातीको अघिल्लो दिनसम्म पढाइ सञ्चालन गर्ने र दसैँमा समेत धेरै दिन बिदा नदिने योजना रहेपनि पढाइ सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको विद्यालय सञ्चालकहरु बताउँछन् । प्याब्सन अध्यक्ष महर्जनले इन्धन अभावले सिङ्गो शैक्षिक संस्थामा जटिल समस्या आएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending