Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

होली पर्व : सकारात्मकता अँगालौ, नकारात्मकता त्यागौं !

[caption id=\"attachment_4143\" align=\"alignright\" width=\"164\"]\"Sangita संंगिता रेग्मी[/caption] मानव समाजको विकासक्रममा निर्माण भएका विभिन्न संस्कृतिहरूमध्ये हिन्दू समुदायको सांस्कृतिक एवम् धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण होली पर्व पनि एक हो । नेपालमा पनि होलीलाई विभिन्न क्षेत्रका हिन्दू धर्मावलम्बी तथा त्यो संस्कृतिसँग नजिक रही सम्बन्ध निर्माण गरेका अन्य समुदाय समेतले मनाउने गर्छन् । पछिल्ला केही वर्षहरूमा नेपालका विभिन्न ठाउँमा मनाइने होलीहरूमा भारतीय चलचित्रहरूको प्रभाव प्रष्ट रुपमै देखिन्छ । निःसन्देह होली वर्षभरका आपसी रिस–राग र द्वेषलाई समाप्त पार्दै एक–अर्कासँग अङ्कमाल गरेर विभिन्न रङ्गका अबीर लगाई सद्भावको साटासाट गर्ने पर्व हो । नेपालमा पनि महत्वका साथ होली पर्व दुई दिनसम्म मनाउने गरिँदै आइएको छ । पहाडी जिल्लामा अघिल्लो दिन र तराईमा भोलिपल्ट यो पर्व धुमधामका साथ मनाइन्छ । होलीलाई तराई–मधेशमा ‘फगुवा’ भन्ने गरिन्छ । आफन्त, इष्टमित्र, साथीभाइहरूका बीचमा अबीरको टीका लगाएर एक–अर्काबीच सुखद् पलहरू साटासाटा गर्ने र वर्षैभरि शुभ होस् भनी शुभकामनाका शब्दहरू आदानप्रदान गर्ने दिनका रूपमा चिनिने यस पर्वको विशिष्ट महत्व र सन्देश छ । होलीको महत्व र सन्देशलाई नजिकबाट नियाल्दा यो मानव सभ्यतासँगै विकसित विशिष्ट पर्व रहेको देखिन्छ । यस पर्वमा आफन्त, इष्टमित्र, साथीभाइहरूले मिठो–चोखो खाएर पनि एक–अर्कामा खुशियाली साटासाट गरेको हामीले देख्दै र भोग्दै आएका छौं । यी सबै विषयहरूलाई हेर्दा होली पर्वको महत्व धेरै छ र यसबाट हामीले धेरै कुरा सिक्न सक्दछौं । तर, केही समययता होलीपर्व विकृतिका रूपमा देखापरेको छ । होली पर्वलाई महिलाहरूको संवेदनशील अङ्ग छोएर आनन्द लिने दिनका रूपमा ‘विकसित’ गरिएको छ, भने अर्कोतर्फ जथाभावी लोला हान्ने, कालोमोसो दल्ने, रङ्ग छ्यापीदिने र नशालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रूपमा दुरुपयोग गर्ने जमातहरू बढ्दै गएका छन् । गत वर्षहरुमा हामीले यस्ता हर्कतहरू प्रशस्तै देखे–भोगेका छौं । यस वर्ष पनि यी कुरा पूर्ण रूपले हट्छन् भन्नेमा हामी ढुक्क छैनौं ।
केही समययता होलीपर्व विकृतिका रूपमा देखापरेको छ । होली पर्वलाई महिलाहरूको संवेदनशील अङ्ग छोएर आनन्द लिने दिनका रूपमा ‘विकसित’ गरिएको छ, भने अर्कोतर्फ जथाभावी लोला हान्ने, कालोमोसो दल्ने, रङ्ग छ्यापीदिने र नशालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रूपमा दुरुपयोग गर्ने जमातहरू बढ्दै गएका छन् ।
यही रवैयाबाट होली पर्वलाई दुरुपयोग गर्नेहरूको जमात बढ्दै गयो भने भविष्यमा राज्यले नै कडा रूपमा बन्देज लगाउने सम्मको कार्य गर्न बाध्य हुनुपर्ने स्थिति आउने निश्चित छ । सबैजसो पर्वका राम्रा सन्देश र उद्देश्यहरू हुन्छन् तर समाजमा हामीले नै तिनलाई विकृत बनाउने काम गरिरहेका छौं । यदि हामीले होलीको सन्दर्भमा बढ्दै गएका विकृतिहरूलाई रोक्न पर्याप्त ध्यान दिएनौं भने यसका नकारात्मक दुष्परिणामहरु हामी सबैले भोग्नुपर्ने हुन्छ । यतिबेलाको समय सङ्क्रमणकालीन छ । यस्तो अवस्थामा हरेक कार्यबाट समाजमा हिंसा, अन्याय, अत्याचार हुने र सामाजिक सद्भावमा गम्भीर असर पुग्ने कामहरू बढी हुने गर्दछन् । त्यसैले होलीका नाममा नाजायज ‘लाभ’ उठनउन खोज्नेहका उद्देश्य पूरा नहोऊन् भनेर सबैले सजगता अपनाउनु जरुरी छ । होली पर्व सद्भाव र भ्रातृत्वको मियो हो । समाजमा बढ्दै गएको आपराधिक मानसिकताले पनि होली पर्वलाई विकृतियुक्त बनाउन भूमिका निर्वाह गरिरहेको छ । सभ्य समाज निर्माणका लागि पनि आपराधिक मानसिकता र प्रवृत्तिलाई निरूत्साहित पार्ने काममा सबै लाग्नु जरूरी छ । होली पर्वलाई मर्यांदित रूपमा सबैले मनाउने वातावरण निर्माण गर्ने काम सबैको हो । होली पर्वलाई विकृत हुनबाट रोक्नका लागि हरेक जिल्ला र स्थानीय स्तरमा पनि विशेष तयारी र सजगता अपनाउँदै सचेतनाको पाटोलाई खरो ढङ्गबाट अगाडि बढाउनु जरूरी छ । आफ्नो सभ्यता र संस्कृतिलाई संरक्षण गर्दै आगामी दिनमा होली पर्वलाई मर्यादित पर्वका रूपमा चिनाउन आम नेपालीले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनु आवश्यक छ । (मधेशवाणी फिचर सेवा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies