Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

खोलाघरमा बनेका संरचना आजदेखि हटाइँदै

खबरडबली संवाददाता

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आज (आइतबार) देखि हटाउने भएको छ ।

यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ । महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो ।

खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थाहरूलाई पूर्वसूचना दिइसकिएकाले आइतबारदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए ।

“महानगरले यसअघि २०८० साल असारमा गरिएको फिर्केखोला नाप जाँच प्रतिवेदनअनुसार खोलघरभित्र निर्माण भएका सबै प्रकृतिका संरचना हटाउने छ”, महानगर प्रमुख आचार्यले भने ।

महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिने छ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजरहरू चलाइने छ ।

अतिक्रमित संरचना हटाउने अभियान बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ । महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाहरूले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले समेत भवन खाली गरेका छन् ।

फिर्केखोलाको संरक्षण तथा सौन्दर्यकरणको यस अभियानमा सहभागी भई सहयोग गरिदिन पोखरा महानगरपालिकाले अनुरोधसमेत गरेको छ । महानगरले गरेको फिर्के नाप जाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन् । साबिक ग्यारजातीपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ ।

फिर्केखोलाको प्राविधिक नापजाँचपछि एकिन गरिएको खोलाघरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमा स्तम्भहरू गाडिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हावाहुरीले ढलेका रुख, लडेको विद्युत् आपूर्ति

देशका विभिन्न क्षेत्रमा ट्रिपिङ, प्राधिकरण मर्मतमा सक्रिय

मधेश सरकारमा सत्ता समीकरणको नयाँ संकट

शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...

पाँच वर्षदेखि निर्माणमै अल्झिएको अस्पताल भवन नबन्दा बिरामीले भोग्दै भीड, सास्ती र अपूरो उपचार

गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...

ट्रकभित्रको चिच्याहटः बजारसम्म आइपुग्ने मासुको पछाडि लुकेको अमानवीय यात्रा

काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...

बर्खा नलाग्दै विपत्तिको संकेत

पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश

भारतमा इन्धनको भाउमा आगो : १० दिनमै चौथो पटक मूल्यवृद्धि, दिल्लीमा पेट्रोल १०२ रुपैयाँ नाघ्यो

काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक : गोलभेँडा ८० रुपैयाँसम्म, सिताके च्याउ १ हजार !

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...

खेतमा भैँसी गएको निहुँमा ६० वर्षीया दलित महिलामाथि निर्घात कुटपिट

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending