Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

नौबस्ता कारागारमा झडपपछि २० कैदीलाई अन्यत्र सारियो

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबिच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन्न जिल्लाका कारागारमा सरुवा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विवाद र झडपमा संलग्न कैदीलाई पश्चिम नवलपरासीको बर्दघाट कारागार, दाङको तुलसीपुर र घोराही कारागार, रुपन्देही र कपिलवस्तु कारागारमा चार–चार जनाका दरले गरी २० जनालाई स्थानान्तरण गरिएको हो।

अन्य जिल्लाका कारागारमा सरुवा गरिएपछि नौबस्ता कारागारको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाको अवस्था बुझ्न कारागार पुगेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीले कैदीहरूबिचको विवाद समाधानका लागि धेरै प्रयास गरिए पनि सहमति हुन नसकेपछि कारागार विभागको निर्णयअनुसार उनीहरूलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको बताए।

उनका अनुसार हाल कारागारको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।

नौबस्ता कारागार प्रशासनका अनुसार बी–ब्लकमा रहेका कैदी ओमप्रकाश अवस्थीलाई आन्तरिक सरुवा गरी डी–ब्लकमा स्थानान्तरण गरेपछि अन्य कैदीबन्दीमा असन्तुष्टि देखिएको थियो। सोही विषयलाई लिएर कैदी समूहबीच विवाद चर्किँदै जाँदा झडप र हातपात भएको हो।

स्थिति बिग्रिँदै गएपछि करिब ३५ देखि ४० जनाको समूहले कारागारको च्यानल गेटभित्रबाट ढोका बन्द गरी होहल्ला तथा विरोध प्रदर्शन गरेका थिए भने अर्को करिब २० देखि २५ जनाको समूह बाहिर बसेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर तथा चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले तत्काल घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको थियो। सुरक्षाकर्मीहरूले कैदीबन्दीलाई सम्झाइबुझाइ गरी स्थिति नियन्त्रणमा ल्याएका थिए।

हाल नौबस्ता कारागारको अवस्था पूर्ण रूपमा सामान्य रहेको र बाँकी कैदीबन्दीलाई सुरक्षित ब्लकमा राखिएको कारागार प्रशासनले जनाएको छ। यस्ता घटना दोहोरिन नदिन निगरानी थप कडा पारिएको पनि प्रशासनले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending