काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालको अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै चुनावी पराजयका कारणहरूको निर्मम मूल्यांकन गर्न लागेको बताएका छन्।
एमाले संगठन विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले पार्टी सामान्य अवस्थामा नरहेको स्वीकार गर्दै विगतका कमजोरीहरू पहिचान गर्न आवश्यक रहेको बताए।
उनले भने, “हामीबाट गल्ती भएको छ। गल्ती नभई धक्का खाइँदैन।” चुनावी परिणाम र पार्टीको वर्तमान अवस्थाबारे आत्मसमीक्षा अपरिहार्य भएको उनको भनाइ थियो।
पौडेलले विश्व कम्युनिस्ट आन्दोलनका उदाहरण प्रस्तुत गर्दै गलत निर्णयले राजनीतिक दलहरू कमजोर हुने उल्लेख गरे। उनले सन् १९२० मा स्थापित भारतीय कम्युनिस्ट पार्टी ले दोस्रो विश्वयुद्धपछिको राजनीतिक परिस्थितिमा सही निर्णय लिन नसक्दा कमजोर बनेको उदाहरण दिए भने चिनियाँ कम्युनिस्ट पार्टी सफलतापूर्वक अघि बढेको बताए।
एमालेलाई कमजोर हुनबाट जोगाउन समयअनुकूल पुनर्गठन आवश्यक रहेको निष्कर्ष सुनाउँदै उनले पार्टीले एक महिनासम्म व्यापक समीक्षा अभियान सञ्चालन गर्ने जानकारी दिए।
यद्यपि कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीले समीक्षा प्रक्रियाको उद्देश्यबारे फरक धारणा राखे। उनले समीक्षा पार्टीलाई कमजोर बनाउने वा सार्वजनिक रूपमा आलोचना गर्ने प्रयोजनका लागि नभएको स्पष्ट पारे।
ओलीले भने, “समीक्षा भनेको बिथोल्न होइन, जग हँसाइ गर्न होइन। समीक्षा आन्तरिक कुरा हो, संघर्ष बाह्य कुरा हो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: