नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन् ।
कृषि पेसामा लाग्नुअघि उनी पाँच वर्षसम्म मलेसियामा रोजगारीका लागि बसेका थिए । विदेशमा कमाएको अनुभवलाई स्मरण गर्दै मगरले स्वदेशमै मेहनत गरेर अझ राम्रो आम्दानी गर्न सकिने बताए ।
उनका अनुसार तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक औसत सात लाख रुपैयाँ आम्दानी हुने गरेको छ। बजार मूल्यमा उतारचढाव आउँदा नाफामा केही फरक पर्ने भए पनि समग्रमा कृषि व्यवसायबाट सन्तोषजनक आम्दानी भइरहेको उनको भनाइ छ।
मगरले मुख्य रूपमा स्थानीय भक्तपुरे जातको काँक्रो उत्पादन गर्दै आएफका छन् । यसबाहेक मौसमअनुसार बोडी, करेला, टमाटर, खुर्सानी, घिउसिमी लगायतका तरकारी पनि खेती गर्दै आएका छन् ।
हाल उनले हसौरामा ३१ कठ्ठा जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गरिरहेका छन । खेतीपातीमा श्रीमतीसहित परिवारका अन्य सदस्यको पनि सक्रिय सहयोग रहेको छ।
तरकारी खेतीबाट नियमित आम्दानी हुन थालेपछि विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि कर्मलाई निरन्तरता दिएको उनले बताए । “आफ्नै परिवारसँग बसेर कृषि व्यवसाय गर्न पाउँदा निकै खुसी छु। मेहनत गरे नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने।
सात वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न मगर आफ्नो सफलता निरन्तर मेहनत, लगनशीलता र धैर्यको परिणाम भएको बताए ।
उनका अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ‘तरकारी सुपरजोन’ कार्यक्रमले खेतीलाई थप सहज बनाएको छ। कार्यक्रममार्फत विभिन्न कृषि सामग्री अनुदानमा उपलब्ध हुन थालेपछि नयाँ किसानहरू समेत व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवराज अधिकारी का अनुसार सुपरजोनमा आबद्ध कृषक तथा कृषि समूहलाई सिँचाइ व्यवस्थापन, जैविक मल उत्पादन तथा प्रयोग, कृषि यान्त्रीकरण, निःशुल्क प्राविधिक सेवा, उत्पादन प्रवर्द्धन तथा बजारीकरणमा सहयोग प्रदान गरिँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...
जेष्ठ २२ गते, २०८३ - ०९:२९
चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...
जेष्ठ २२ गते, २०८३ - ०९:२५
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...
जेष्ठ २२ गते, २०८३ - ०९:२२
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...
जेष्ठ २२ गते, २०८३ - ०९:१७
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...
जेष्ठ २२ गते, २०८३ - ०९:१२
चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । जिल्ला कारागारका प्रमुख रवीन्द्र...
जेष्ठ २२ गते, २०८३ - ०९:०५
काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...



प्रतिकृया लेख्नुहोस्: