Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

हिजो अघोषित नाकाबन्दी पछि सबैभन्दा धेरै इन्धन भित्रियो, बिहान सबै नाका सुनसान

\"oil-Tanker\"काठमाडौं । भारतका विभिन्न नाकाबाट हिजो अघोषित नाकाबन्दी पछि सबैभन्दा धेरै इन्धन भित्रिएको छ । आज बिहान झापाको काकडभिट्टा बाट पाँच वटा मालबहक सवारी साधन भित्रिएका छन भने अन्य नाकाबाट आज बिहान कुनै सवारी साधन भित्रन सकेका छैनन् । भारतले नाकाबन्दी लगाएको दुई सातामा हिजो डिजेल, पेट्रोल र ग्यास गरि ७२ वटा इन्धन बोकेका सवारी साधन नेपाल भित्रिएका छन् । हिजो बिराटनगरको जोगबनी नाकाबाट सबैभन्दा धेरै इन्धन भित्रिएको हो । इलाका प्रहरी कार्यालय रानीका अनुसार हिजो ४२ ट्यांकर डिजेल, ११ ट्यांकर पेट्रोल र १३ बुलेट ग्यास भित्रिएको छ । जोगबनी नाकाबाट २०० सवारी साधन भित्रिएका मध्ये ६६ वटाले इन्धन ल्याएका थिए । यस्तै झापाको काकडभिट्टा नाकाबाट हिजो १ सय ८ वटा सवारी साधन भित्रिएकोमा एउटा पेट्रोल र २ बुलेट ग्यास भित्रिएको इलाका प्रहरी कार्याmय काकडभिट्टाले जनाएको छ । यस्तै नेपालगन्जको जमुनिया नाकाबाट हिजो १३ वटा मात्रै सवारी साधन भित्रिएका छन् । त्यसमध्ये ३ ट्यांकर डिजेल भित्रिएको छ । अन्य नाकाबाट पनि इन्धन तथा सवारी साधन केहि भित्रन सकेका छैनन । बिरगन्ज नाका भने केहि दिन यता ठप्प नै छ । भारतीय अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धन अभाब चर्किएको छ । तर अझै भारतले आपुर्ति सहज बनाएको छैन । तरकारी अभाब, ढुवानीमा समस्या भारतीय नाकाबन्दीका कारण इन्धन अभाब हुँदा काठमाडौंमा तरकारी कम भित्रन थालेको छ । ढुवानीमा समस्या परेको कारण उत्पादित तरकारी कुइने अवस्था पुगेको र बजारमा तरकारीको अभाब हुन थालेको कालिमाटी तरकारी तथा फलफूल बजारका थोक बिक्रेता भगवानचन्द्र उप्रेतिले जानकारी दिए । उनले भने– ‘तरकारी ढुवानीको लागि सरकारले सहज रुपमा इन्धन उपलब्ध नगराए दशैमा पनि तरकारी अभाव हुने छ ।’ काठमाडौंमा हिजोदेखि तरकारी कम भित्रन थालेको छ । हिजो र आज इन्धन अभाबको कारण झन्डै ५०० मेट्रिक टन मात्रै तरकारी भित्रएको छ । यसअघि दैनिक ७ सय ५० मेट्रिकटन तरकारी भित्रने गरेको थियो । तरकारी कम भित्रिएसँग मूल्य पनि बढेको छ । उप्रेतिका अनुसार आज प्याज १ सय ३०, बोडी १००, भिन्डी र बरेला ८०, ध्युसीमी ७०,बन्दा, काउली र करेला ६० रुपैया प्रतिकिलोमा कारोबार भैरहेको छ । यस्तै लौका र भन्टा ५०, सेतो मुला र रातो आलु ४०, रेतो आलु ३२ र स्कुस १० देखि १५ रुपैया प्रतिकिलोमा कारोबार भैरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending