काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ।
सम्पन्न भएका ९ वटै जिल्लामा जिल्ला सभापतिमा पुरुष उम्मेदवार निर्वाचित भएका छन्। काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्या तथा मकवानपुरमा सञ्जीव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
बाँकी जिल्लामध्ये चितवन, रसुवा र ललितपुरमा आज जिल्ला अधिवेशन हुँदैछ।
यता, सिन्धुपाल्चोकमा शनिबार सुरु भएको अधिवेशन भने स्थगित गरिएको छ। पार्टीले प्रारम्भिक रूपमा ‘विविध कारण’ देखाउँदै अधिवेशन स्थगित गरिएको जनाएको थियो। तर, स्थगनको वास्तविक कारणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
रास्वपाका कार्यवाहक सभापति पासाङ तामाङका अनुसार सभापति पदका आकांक्षीहरूबीच सहमति जुटाउन समय लागेकाले अधिवेशन स्थगित गर्नुपरेको हो। उनका अनुसार सिन्धुपाल्चोक जिल्ला सभापति पदका लागि पाँच जना आकांक्षी मैदानमा छन्।
पार्टीले सहमतिको प्रयास जारी रहेकाले नयाँ मिति तय गरेर अधिवेशन पुन: सञ्चालन गरिने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - २२:०१
हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...
जेष्ठ २७ गते, २०८३ - २२:००
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...
जेष्ठ २७ गते, २०८३ - २१:५५
विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...
जेष्ठ २७ गते, २०८३ - २१:४५
काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...
जेष्ठ २७ गते, २०८३ - २१:४३
काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...
जेष्ठ २७ गते, २०८३ - २०:१२
बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...



प्रतिकृया लेख्नुहोस्: