Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

यसरी टर्नसक्छ अहिलेको इन्धन संकट, दिनमा २ लाख लिटर इन्धन ल्याउन सकिन्छ

\"oil_sankat\"काठमाडौं । भारतीय नाकाबन्दीबाट ठप्प भएको पेट्रोलियम पदार्थको तात्कालीन विकल्प के होला ? जति राष्ट्रवादी कुरा गरेपनि खाँचो त फेरि पनि खाँचो नै हो । आम मानिसहरुले अझै केही समय यो समस्या झेल्न सके पनि अति आवश्यकीय साधन, एम्बुलेन्स्, प्रहरी तथा सेनाका सवारी साधन र दुरसंचार तथा संचारमाध्यममा प्रयोग भएका इन्धनयुक्त उपकरणहरुलाई सरकारले रोक्न या रोकिन सक्दैन । अर्कोतिर नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैं  समेत छ । नेपालीहरुले चुलोमा ग्याँसको विकल्प त खोज्न त सक्छन् तर घरपरिवारसँगको वर्षमा १ चोटी हुने भेटघाटका लागि काठमाडौंबाट मानिसहरु बाहिरिन चाहन्छन् । संकटको अवस्थाबाट फारो गर्नेे नीति अवलम्बन गर्ने हो झण्डै १५ लाख लिटर इन्धनलो यो खाँचोलाई टार्न सकिन्छ । नेपाल आयल निगमले सार्वजनिक सवारी साधनका लागि १५ लाख लिटर र निजी तथा अतिआवश्यकीय सवारी साधनका लागि थप पाँच लाख लिटर इन्धनको व्यवस्था गर्ने हो अहिलेको संकटको अवस्था  करिब १ महिनाका लागि टर्न सक्छ । यो एक महिना आयल निगमका लागि भारतबाहेक अन्य देशसँग इन्धन ल्याउने व्यावस्था गर्नका लागि प्रशस्त समय हो । यो समयभित्र चीन वा अरु कुनै तेस्रो मुलुकबाट इन्धनको व्यवस्था हुनसक्छ । यसरी टार्न सकिन्छ अहिले समस्या बुधबार नेपाल वायुसेवा निगमले आफ्नो बोयङ ७५७ चार्टर गरि करिब ६६ हजार टन हवाई इन्धन ल्याएको छ । वायुसेवासँग रहेको वोइङ ७५७ ले एक उडानमा ४० हजार लिटर तेल बोक्न सक्छ । नेपालबाट नजिक पर्ने चीन, बंगालादेश या पाकिस्तानबाट वायुसेवाको वोइङ ७५७ चार्टर गरी आयल निगमले इन्धन ल्याउन सक्छ । एक उडानमा ४० हजार लिटर इन्धनका दरले २० लाख लिटर इन्धन ल्याउनका लागि ५० उडान गर्नुपर्ने देखिन्छ । २४ घण्टा अर्थात १ दिनमा यो बोइङले ५ उडान गर्न सक्छ । यसो गर्दा दिनको २ लाख लिटर इन्धन भित्रिन्छ । यो क्रमले २० लाख लिटर इन्धन भित्र्याउन १० दिन लाग्छ । अर्को विकल्प भनेको वायुसेवासँग भएका २ वटै विमान चार्टर गर्ने हो । २ वटा विमानबाट ल्याउने हो भने ५ दिनमै अहिलको संकट टर्छ । यसरी विमान चार्टर गरेर ल्याइएको इन्धन यसअघिको मूल्यभन्दा बढी पर्न सक्छ । कति मूल्य पर्न जाने भन्ने कुराको निर्धारण भने कुन स्थानबाट ल्याइन्छ भन्ने कुराले तय गर्ने आयल निगमका एक अधिकारी बताउँछन् । वायुसेवासँगको समझदारीमा खर्च घटाउने अर्को तरिका भनेको नेपालबाट बाहिरिदा यात्रु लिएर जाने फर्कदा तेल बोकेर आउने हो । तर यो वायुसेवासँगको समझदारी मात्रै हुनसक्छ । यसो गर्दा तेल ल्याउने स्थानमा वायुसेवाको सेवा भएको हुनुपर्छ या सेवा भएको स्थानबाट तेल लिने योजना पनि बन्न सक्छ । यसरी भारतसँग नझुकी, अहिलेको संकटको सामना गरेर अरु विकल्प व्यवस्था गर्न प्रशस्त समयसमेत आयल निगमसँग बचत हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy