Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

यसरी टर्नसक्छ अहिलेको इन्धन संकट, दिनमा २ लाख लिटर इन्धन ल्याउन सकिन्छ

\"oil_sankat\"काठमाडौं । भारतीय नाकाबन्दीबाट ठप्प भएको पेट्रोलियम पदार्थको तात्कालीन विकल्प के होला ? जति राष्ट्रवादी कुरा गरेपनि खाँचो त फेरि पनि खाँचो नै हो । आम मानिसहरुले अझै केही समय यो समस्या झेल्न सके पनि अति आवश्यकीय साधन, एम्बुलेन्स्, प्रहरी तथा सेनाका सवारी साधन र दुरसंचार तथा संचारमाध्यममा प्रयोग भएका इन्धनयुक्त उपकरणहरुलाई सरकारले रोक्न या रोकिन सक्दैन । अर्कोतिर नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैं  समेत छ । नेपालीहरुले चुलोमा ग्याँसको विकल्प त खोज्न त सक्छन् तर घरपरिवारसँगको वर्षमा १ चोटी हुने भेटघाटका लागि काठमाडौंबाट मानिसहरु बाहिरिन चाहन्छन् । संकटको अवस्थाबाट फारो गर्नेे नीति अवलम्बन गर्ने हो झण्डै १५ लाख लिटर इन्धनलो यो खाँचोलाई टार्न सकिन्छ । नेपाल आयल निगमले सार्वजनिक सवारी साधनका लागि १५ लाख लिटर र निजी तथा अतिआवश्यकीय सवारी साधनका लागि थप पाँच लाख लिटर इन्धनको व्यवस्था गर्ने हो अहिलेको संकटको अवस्था  करिब १ महिनाका लागि टर्न सक्छ । यो एक महिना आयल निगमका लागि भारतबाहेक अन्य देशसँग इन्धन ल्याउने व्यावस्था गर्नका लागि प्रशस्त समय हो । यो समयभित्र चीन वा अरु कुनै तेस्रो मुलुकबाट इन्धनको व्यवस्था हुनसक्छ । यसरी टार्न सकिन्छ अहिले समस्या बुधबार नेपाल वायुसेवा निगमले आफ्नो बोयङ ७५७ चार्टर गरि करिब ६६ हजार टन हवाई इन्धन ल्याएको छ । वायुसेवासँग रहेको वोइङ ७५७ ले एक उडानमा ४० हजार लिटर तेल बोक्न सक्छ । नेपालबाट नजिक पर्ने चीन, बंगालादेश या पाकिस्तानबाट वायुसेवाको वोइङ ७५७ चार्टर गरी आयल निगमले इन्धन ल्याउन सक्छ । एक उडानमा ४० हजार लिटर इन्धनका दरले २० लाख लिटर इन्धन ल्याउनका लागि ५० उडान गर्नुपर्ने देखिन्छ । २४ घण्टा अर्थात १ दिनमा यो बोइङले ५ उडान गर्न सक्छ । यसो गर्दा दिनको २ लाख लिटर इन्धन भित्रिन्छ । यो क्रमले २० लाख लिटर इन्धन भित्र्याउन १० दिन लाग्छ । अर्को विकल्प भनेको वायुसेवासँग भएका २ वटै विमान चार्टर गर्ने हो । २ वटा विमानबाट ल्याउने हो भने ५ दिनमै अहिलको संकट टर्छ । यसरी विमान चार्टर गरेर ल्याइएको इन्धन यसअघिको मूल्यभन्दा बढी पर्न सक्छ । कति मूल्य पर्न जाने भन्ने कुराको निर्धारण भने कुन स्थानबाट ल्याइन्छ भन्ने कुराले तय गर्ने आयल निगमका एक अधिकारी बताउँछन् । वायुसेवासँगको समझदारीमा खर्च घटाउने अर्को तरिका भनेको नेपालबाट बाहिरिदा यात्रु लिएर जाने फर्कदा तेल बोकेर आउने हो । तर यो वायुसेवासँगको समझदारी मात्रै हुनसक्छ । यसो गर्दा तेल ल्याउने स्थानमा वायुसेवाको सेवा भएको हुनुपर्छ या सेवा भएको स्थानबाट तेल लिने योजना पनि बन्न सक्छ । यसरी भारतसँग नझुकी, अहिलेको संकटको सामना गरेर अरु विकल्प व्यवस्था गर्न प्रशस्त समयसमेत आयल निगमसँग बचत हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE