Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

नयाँ सरकारको पहिलो प्राथमिकतामा के-के परे ?

काठमाडौं । केपी ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले दुई बर्षभित्र देशलाई तुईनमुक्त बनाउने निर्णय गरेको छ । दुर्गम जिल्लाहरुमा पुल नहुँदा सर्बसाधारण तुइन चढेर जोखिमपूर्ण तरिकाले खोला र नदीहरु तर्न बाध्य रहेको भन्दै सरकारले देशभरबाट तुइन हटाएर झोलुङ्गेपुल बनाउने बनाउने निर्णय गरेको हो ।

\"Oliदेशभर ३८५ वटा तुइन रहेको र त्यसलाई विस्थापित गरी झोलुङ्गे पुल बनाउन ३ अर्ब ७७ करोड खर्च हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अनुमान छ ।

मधेसी मोर्चालाई वार्तामा आउन आह्वान

प्रधानमन्त्री ओली र मन्त्रीहरुले शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनियताको सपथ खाएपछि मन्त्रिपरिषद कार्यालयमा पहिलो बैठक बसेको थियो ।

बैठकले तराई–मधेसमा आन्दोलनरत मधेसी मोर्चालाई वार्तामा आउन पुनः आग्रहसमेत गरेको छ ।

भारतसँग वार्ता गर्न समिति

भारतको अघोषित नाकाबन्दीका कारण देशमा संकट परिरहेकाबेला बनेको ओली नेतृत्वको सरकारले आपूर्ति व्यवस्था सहज बनाउनका लागि वार्ता गर्न समिति गठन समेत गरेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा गठित समितिमा मुख्य सचिव सोमलाल सुवेदी सदस्य छन् ।

यसअघि सुशील कोइराला नेतृत्वको सरकारले पनि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा वार्ता समिति गठन गरे पनि वार्तामा कुनै प्रगति भएको थियो ।

सरकारको प्रवक्तामा अग्नि खरेल 

नवगठित मन्त्रिपरिषद बैठकले बनाएको समितिले कुटनीतिक पहलमार्फत् नाकाबन्दी खुलाएर आपूर्ति व्यवस्था सहज बनाउने सरकारका प्रवक्ताको जिम्मेवारी पाएका कानुनमन्त्री अग्नि खरेलले जानकारी दिए । मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी खरेललाई दिएको छ ।

सामान्यता सूचना तथा सञ्चारमन्त्री सरकारको प्रवक्ता हुने प्रचलन रहे पनि तत्कालका लागि खरेलले सो जिम्मेवारी पाएका हुन् । मन्त्रिपरिषद विस्तार भएपछि जिम्मेवारी हेरफेर हुनसक्ने बताइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending