Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

निगमले साढे सात लाख लिटर इन्धन बाँड्यो

\"oil

काठमाडौं। दुई सातादेखि इन्धन नपाएका निजी सवारी साधनलाई नेपाल आयल निगमले आज सात लाख पचास हजार लिटर इन्धन उपलब्ध गराएको छ ।

निगमले आज वितरण गर्ने सूचना जारी गरेपछि इन्धन पाउने आशामा सोमबारदेखि नै लाइन बसेका निजी सवारी साधनलाई काठमाडौँ उपत्यका १२५ पेट्रोल पम्बाट उपलब्ध गराएको हो । निगमले छ लाख लिटर पेट्रोल र एक लाख ५० हजार लिटर डिजल वितरण गरेको छ । निजी सवारी साधनको लामो लाइन लागेका सबै सवारी साधनलाई इन्धन उपलब्ध गराउन नसिकएको निगमका प्रवक्ता दीपक बरालले राससलाई जानकारी दिनुभयो । मागअनुसार पेट्रोल पम्पलाई इन्धन दिन नसक्दा लाममा बसेका सबैलाई वितरण गर्न नसकिएको निगमको भनाइ छ । निगमले निजी सवारीसाधनमध्ये प्रति मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराएको हो । निगमले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आपूर्ति नभएसम्म निगमले भोलिपनि निजी सवारी साधनलाई इन्धन उपलब्ध गराउने तयारी गरेको छ । तर थप इन्धन आपूर्ति नहुँदा वितरण गर्न नसकिने जानकारी दिँदै निगमका प्रवक्ता बरालले वीरगन्ज नाका नखुल्दासम्म खाना पकाउने ग्यास वितरण गर्न नसकिने बताउनुभयो । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि निजी सवारी साधनलाई तेल बाँड्न बन्द गरेर जोरबिजोर प्रणालीका आधारमा सार्बजनिक सवारी साधनलाई मात्रै बाँडिएको थियो । निगमले सामान्यरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चार हजारदेखि चार हजार ५०० किलोलिटर आयात हुनुपर्छ । तर आवश्यक परिमाणमा पेट्रोलियम पदार्थको आयात हुन सकेको छैन । ललितपुरको साझा पेट्रोलपम्ममा शनिबारदेखि नै मोटरसाइकल, स्कुटर र कारहरुको लाइन लागेको थियो । सो लाइन पाटन कृष्ण मन्दिरभन्दा पनि परसम्म पुगेको थियो । तेल भर्ने गाडीहरूको दोहोरो तेहरो लाइनले यातायात ट्राफिक व्यवस्थापनमा समेत असहज भएको छ । त्यसैगरी भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा इन्धन भर्नका लागि पालो कुरेर बसेका मोटरसाइकलको तथा सवारी साधनको लाइन बबरमहल पर पुगेको थियो । नयाँबानेश्वरस्थित पेट्रोल पम्पमा तेल भर्नेहरुको लाइन शङ्खमुलसम्म पुगेको थियो । नक्सालस्थित प्रहरीको पेट्रोलपम्पको लाइन नागपोखरी पुगेको थियो । निगमले दसैंमा काठमाडौँबाट घर जान चाहनेलाई सहज होस् भनेर निजी मोटरसाइकल, कार र भ्यानलाई आज इन्धन उपलब्ध गराएको हो । उपत्यकाको सामान्य अवस्थामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजल खपत हुँदै आएको छ । निगमले अत्यावश्यक भएका क्षेत्रमा मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराउने र सार्वजनिक सवारीसाधन तथा पर्यटन सेवामा सञ्चालित सवारीसाधनलाई जोरबिजोर नम्बरका आधारमा, माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । निगमले अत्यावश्यक वस्तु ढुवानीमा संलग्न पिकअप, डेलिभरी भ्यानलगायतलाई जोरबिजोर नम्बरका आधारमा १० लिटरका दरले इन्धन उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अतिआवश्यक सेवा जस्तैः दमकल, एम्बुलेन्सलाई १० लिटरका दरले पेट्रोलियम पदार्थ उपलब्ध गराइएको छ । ट्याक्सीलाई प्रतिसाता १० लिटरका दरले आइतबार र सोमबार मात्र जोरबिजोर नम्बरका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । निगमले नेपाल वायु सेवा निगमलाई आफ्नो क्षमताअनुसार इन्धन आयात गर्न अनुमति दिइसकेको छ । निगमले विश्वव्यापीरुपमा आह्वान गरेको मनसायपत्रमा २३ वटा विभिन्न सङ्घ, संस्था तथा निकायले निवेदन दिएका छन् । ती निवेदनमाथि छलफल जारी रहेको निगमले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy