Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सकसमा प्रचण्ड

\"Prachanda_shirsha\"काठमाडौं । एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड अहिले चौतर्फी दबाबमा छन् । संविधान जारी भएलगत्तै नयाँ सरकार गठनको गठबन्धनमा नेतृत्व गरेका प्रचण्डलाई अहिले सरकारको मन्त्रीमण्डल, सभामुख तथा राष्ट्रपतिको चुनावी दबाब तथा आकांक्षीहरुको दबाब यति सकसपूर्ण छ कि उनी आफै पनि बेलाबेलामा उल्झनमा हुने गरेको एक एमाओवादी नेताले बताए । प्रधानमन्त्रीमा केपी ओली निर्बाचित भएलगत्तै सरकारका आकर्षक मन्त्रालय तथा सभामुख र राष्ट्रपति लगायतका पदहरुका आकांक्षीहरुले प्रचण्डमाथिको दबाब एकाएक बढाएका हुन् । एमालेसँग ८ मन्त्रालय एमाओवादीले  लिने सहमति भइसकेको भएपनि राष्ट्रपति र सभामुखको टुंगो लागिनसकेको स्रोत बताउँछ । एमाओवादी अध्यक्ष प्रचण्ड यतिबेला पार्टीका आंकाक्षीहरुको दबाबमा मात्रै छैनन् सरकारमा सहभागी सबै पार्टीका आंकाक्षीहरुको दबाब छन् । उनलाई एमाले, फोरम र राप्रपा अनि मालेका प्रमुखहरुभन्दा मुनिका  नेताहरुले समेत मन्त्रालयका लागि शिफारिश गरिदिन आग्रह गर्ने गरेका छन् । लाजिम्पाट स्रोतका अनुसार आकर्षक मन्त्रालयमा जानका लागि आफ्नो पार्टीका भन्दा पनि बढी अरु पार्टीका आकांक्षीहरुको दबाब प्रचण्डलाई ठुलो छ । उनिहरुलाई सरकार निर्माणको नेतृत्व गरेका प्रचण्डले बोलिदिए या प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनिदिए भनेको मन्त्रालय पाउने बुझाई उनिहरुको छ । पार्टीमै पनि प्रचण्डलाई दबाब छ  । बाबुराम भट्टराई पार्टी छोडेर गएपछि आफ्नै बिचार समुहमध्यबाट समेत मन्त्रालयहरुको रोजाईलाई लिएर प्रभावशाली नेताहरुको एउटै मत नभएपछि प्रचण्ड उल्झनमा परेका हुन् । सभामुखका लागि एमाओवादीले उम्मेदवार नै बनाउन नसक्नु यसैको परिणाम हो । सभामुखमा बाहिर चर्चामा रहेजस्तो कृष्णबहादुर महराको नाम आएपनि स्वंय महराले भने त्यस्तो निस्कृय पदमा नजाने र आफु सक्रिय राजनीतिमै रहने बताएपछि सभामुखको समेत टुंगो लागेको छैन । ३ पटकसम्म स्थायि समितिको बैठकमा छलफल भएपनि मन्त्रालयहरुको मन्त्री बनाउनेहरुको टुंगो नलागेपनि बुधबार दिउँसो बस्ने बैठकले भने टुंग्याउने बताइन्छ । प्रचण्ड स्वंम भने अहिले यो वा उ पक्षमा छैनन् । सबै नेताहरु र आंकाक्षीहरुको चित्त बुझ्ने निर्णय गर्न चाहिरहेको लाजिम्पाट स्रोत बताउँछ । पाइने पदहरुभन्दा धेरै आकांक्षीहरु देखिनु र पाइएका पदहरुमा पनि ‘यो भए हुने त्यो भए नहुने’ भन्नेमा नेतहरु हुनुले पनि प्रचण्डलाई निर्णयमा पुग्न समस्य भईरहेको छ । तर प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काका अनुसार निर्णयमा पुग्न नसकेको होइन, एमालेसँग मन्त्रालय तथा अन्य पदिय बाँडफाँड नटुगिंएकोले ढिला भएको हो । एमालेसँग आठ मन्त्रालयमा हिजो कुरा टर्गिएपछि आझै मन्त्रीहरु टुगिने उनले बताए । एमाओवादीभित्र तलका कार्यकर्ताहरु र उपल्लो स्तरका नेताहरुको रोजाई नमिल्नु पनि अर्को समस्या हो । उपल्लो स्तकार नेताहरुले आफ्नो स्वार्थअनुरुप माग राखिरहेका छन् भने तलका कार्यकर्ताहरुले पार्टीहितका लागी नेताहरुको प्रतिनिधित्वको कुरा गरिरहेका छन् । खड्का भन्छन्,–‘यस्तो गम्भिर विषयमा निर्णय गर्दा बिचार गर्नुपर्छ र अध्यक्ष प्रचण्डमाथि दबाब स्वभाविक हो, तर दबाबले भन्दा पनि एमालेसँग कुरा नटुगिंएकोले ढिलाई भएको हो’ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy