Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

भारतको नयाँ रबैया : नाका खुल्ला, माग अनुसार तेल भर्न ढिलाई

\"indianकाठमाडौं । रक्सौल बाहेकका नाका केही सहज भएपनि भारतीय आयल कर्पोरेशनले तेल दिन कडाइ गरेपछि आज पनि सहज रुपमा इन्धन भित्रन सकेको छैन । जोगवनी विराटनगर नाकाबाट आज बिहानदेखि ६६ वटा मालबाहक गाडी भित्रिएका छन । त्यसमा पेट्रोल र डिजेलको गरेर जम्मा ६ वटा मात्रै रहेको विराटनगर भन्सार कार्यलयका प्रमुख कृष्णबहादुर बस्नेतले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए । सबै नाकाबाट आज इन्धन बाहेकका अन्य मालबहाक गाडी मात्रै आइरहेका छन् । यस्तै रुपन्देहिको बेलहिया नाकाबाट आज झन्डै ७० वटा गाडी भित्रदा २ बुलेट ग्यास र ३ ट्यांकर डिजेल मात्रै भित्रिएको छ । यस्तै काकडभिट्टा नाकाबाट आज बिहान ६६ वटा मालबहाक गाडी भित्रदा इन्धन भने नआएको भन्सार कार्यालयका प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो । बुधबार ६ वटा ट्याङ्करमा मात्र इन्धन भरिदिएको सिलिगुढीस्थित डीपोले हिजो पनि दिनभरमा १० वटा ट्याङ्कर मात्रै लोड गरिदियो । अझै ८ वटा गाडि तेल भर्ने पर्खाइमा छन् । ‘आइओसीले तेल भर्न बोलाएपछि ट्याङ्कर पठाएको हो,’ मेची पेट्रोलियम डिलर्स एसोसिएसनका उपाध्यक्ष नविन कोइरालाले थाहा सञ्चारसँग भन्नुभयो, ‘तर गएका गाडीमध्ये १० वटामा मात्रै भरिदिएको छ ।’ तेल लिन पठाएका १ सय ९५ मध्ये ७७ वटा ट्याङकर मात्रै लोड भएको नेपाल आयल निगमले जनाएको छ । बरौनी बिराटनगरबाट गएका ५० मध्ये १२ वटा मात्रै लोड भएका छन् भने रक्सौल वीरगंज नाकाबाट गएका ६३ मध्ये एउटा पनि लोड हुन नसकेको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: