Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मधेसी मोर्चा र थरुहटलाई वार्तामा आउन आग्रह गर्दै प्रधानमन्त्रीबाट पत्राचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी दल र थरुहट संघर्ष समितिलाई पत्राचार गर्दै वार्तामा आउन आग्रह गरेका छन् । उपेन्द्र यादव नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दल र धनिराम चौधरी नेतृत्वको थरुहट संघर्ष समितिलाई प्रधानमन्त्रीले पत्र पठाएर वार्तामा आउन आह्वान गरेका हुन् ।

\"Kp_Oli_Banner\"पत्रमा मधेसी मोर्चा र थरुहट संघर्ष समितिका माग पूरा गर्न सरकार तयार रहेको उल्लेख छ । त्यसका लागि संविधान संशोधन प्रक्रिया अघि बढाइसकिएको जानकारी गराउँदै प्रधानमन्त्रीले वार्तामा बस्न आग्रह गर्दै पत्र पठाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

लामो समयदेखि जारी आन्दोलनका कारण आपूर्ति व्यवस्थामा असर परेको र जनजीवन समेत कष्टकर बनेकाले वार्ताबाटै समस्या समाधान गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

यसअघि सुशील कोइराला नेतृत्वको सरकारले वार्ता टोली नै बनाएर आन्दोलनरत दलहरूसँग छलफल गरे पनि वार्ताबाट कुनै परिणाम निस्किएको थिएन ।

मन्त्रिपरिषद् बैठक र एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक समिति समेतले आन्दोलनरत पक्षलाई वार्तामा आउन पत्राचार गर्ने बिहीबार निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले संसदमा बिहीबार सम्बोधन गर्ने क्रममा पनि मुख्य जोड आन्दोलनरत दलहरूसँगको वार्तालाई दिएका थिए ।

मधेसी मोर्चा र थरुहट÷थारुवान संघर्ष समितिले प्रदेशको सीमांकन, नागरिकता, जनसंख्याका आधारमा क्षेत्र निर्धारणलगायत प्रावधानमा आपत्ति जनाउँदै झन्डै दुई महिनादेखि आन्दोलन गर्दा जनजीबन कष्टकर बनेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending