Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

स्वाभिमानी नेपाली भारतीय उपनिवेश सहँदैनौं : पोखरेल

\"GiriRajMani_Pokhrel-400\"महोत्तरी। एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले स्वाभिमानी नेपाली भारतको कुनै पनि हालतमा उपनिवेश बनेर नबस्ने बताएका छन् ।   आज बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पोखरेलले मधेसबाट गुमेको आफ्नो भोट बैंक फिर्ता ल्याउनमात्र मधेसवादी दलले तराई मधेसमा आन्दोलन गरिरहेको आरोप पनि लगाए ।   भारतले गरेको नाकाबन्दीको कार्यान्वयन आन्दोलनकारीहरुले गरिरहेको भन्दै पोखरेलले भने, ‘संविधान जलाउने मधेसी दलहरुले नयाँ संविधान स्वीकार गरिसके । संविधानलाई टेकेर प्रधानमन्त्रीको चुनावमा भाग लिए । हामीले ल्याएको संविधान ठीक छ ।’   नयाँ संविधानले मधेसी जनताका अधिकार खोसेको प्रचार गरेर मधेसवादी दलले मधेसी जनतामा भ्रम सिर्जना गरिरहेका भन्दै उनले अब त्यसलाई चिर्नुपर्ने बताए ।   उनले नयाँ संविधान बहुसङ्ख्यक मधेसी जनताको हितमा बनेको तर मधेसका केही ठालुहरुले नयाँ संविधानमा मधेसी जनतालाई केही पनि अधिकार छैन भनेर सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको आरोप लगाए । ‘सीमित पहाडिया अहङ्कारवाद र मधेसका सीमित दलालहरुका हर्कतले देश गम्भीर मोडमा पुग्यो ।’ उनले भने । मधेसी जनतालाई संविधान राम्रोसँग पढ्न आग्रह गर्दै पोखरेलले मधेसवादी दलको भ्रममा नपर्न मधेसी जनतालाई आग्रह गरे ।   मधेसवादी दलले आगामी चुनावलाई केन्द्रित गरेर आन्दोलन गरिरहेका भन्दै उनले अहिलेका मधेसवादी दलले मधेसका बहुसङ्ख्यक श्रमजीवि मधेसी जनताको प्रतिनिधित्व गर्न नसक्ने तर्क गरे । एक अर्को प्रसङ्गमा बाँकी छ प्रदेशको तुलनामा २ नं प्रदेशले मात्र सीमाङ्कन र पहिचानलाई ठीक ढङ्गले सम्बोधन गरेको पोखरेलको भनाइ थियो
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending