Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

पर्यटक भन्छन् – ‘नेपाल अझै सुन्दर र सुरक्षित छ’

\"mount-kanchenjunga-nepal\"काठमाडौ ।  भूकम्पपछि नेपाल घुम्न आएका पर्यटकले प्रचारमा आएजस्तो नेपालको पर्यटकीय सौन्दर्य नगुमेको र अझै सुरक्षित गन्तव्यस्थल भएको धारणा राखेका छन् । अस्टे«लियाका फोटोग्राफर वेनिजी सान्टमेरियाले भुइँचालोपछि नेपालका मुख्य पर्यटकीय क्षेत्र घुमघाम गर्न सुरक्षित रहेको अनुभव सङ्गाल्नुभएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रामार्गमा पर्ने घोरेपानी घान्द्रुक हिमाली क्षेत्रको एकहप्ते पदयात्रापछि पर्यटकीय नगरी पोखरा, भक्तपुर र काठमाडौँका प्रमुख पर्यटकीयस्थल घुमेका सान्टमेरियाले नेपाल पर्यटकका लागि सुरक्षित रहेको बताउनुभयो । “भुइँचालोले यहाँका संरचना पूरै भत्केको जस्तो गरेर सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए तर त्यो होइन रहेछ, बस्न खान होटल रेष्टुराँ, घुम्न पदयात्रा मार्ग र नाम चलेका पर्यटकीयस्थल सुरक्षित भएको पाएँ” – सान्टमेरियाले भन्नुभयो । नेपाल आफ्नो सपना भएको र घुम्न पाउँदा अतिनै रोमाञ्चित भएको बताउँदै उहाँले यहाँ घुम्ने धोको अझै नपुगेकाले आगामी मार्चमा आउने बताउनुभयो । नेपाली जनजीवन, बालबालिका, संस्कृति र हिमाली क्षेत्रको फोटोमा रुचि राख्नुभएका उहाँले अस्टे«लियामा नेपालसम्बन्धी फोटो प्रदर्शनी गर्ने सोच बनाउनुभएको छ । तीन हजार दुई सय मिटर उचाइको पुनहिलबाट देखिने धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पोखरा उपत्यकाको मनोरम दृश्य, भक्तपुर एवम् काठमाडाँैको नेवारी संस्कृति र यहाँको जनजीवनले आफूलाई बढी लोभ्याएको सान्टमेरियाले सुनाउनुभयो । “नेपाल प्राकृतिक रुपमा साँच्चिकै सुन्दर छ र सुरक्षित छ, यो सन्देश विश्वभर फैलाउनु जरुरी छ” – दर्जन बढी देश घुमिसकेका सान्टमेरियाले नेपालपछि इन्डोनेसिया र मलेसिया उड्नुअघि भन्नुभयो । चौथो पटक नेपाल घुम्न आउनुभएका क्यानडाका ब्रुस एडवर्ड रोवटर्स र थिएर्से रोवटर्स भूकम्पपीडितलाई सघाउन र नेपालको अवस्था बुझेर विदेशीलाई घुम्न आउने सन्देश फैलाउन यसचोटी यहाँ आइपुग्नुभएको छ । धेरै देश घुमेर भ्रमण कार्यक्रममा विशेष दक्खल राख्ने यो जोडीले दाता र भूकम्पपीडितबीच प्रत्यक्ष सम्पर्क गरी पीडितलाई सघाउन वेभसाइटमार्फत नेपालका लागि सहयोग अभियान पनि सुरु गर्नु भएको छ । केही विद्यालय र घर एवम् पीडित बालबालिकाका लागि सहयोग जुटिसकेको उहाँहरुले बताउनुभयो । “भूकम्पले विदेशी पर्यटकलाई नेपाल घुम्न अप्ठ्यारो छ कि भन्ने सोच भ्रममात्र रहेछ, घुमफिर र बस्नखान कुनै समस्या देखिएन बरु अहिलेको इन्धन समस्याले जनजीवनलाई असर गरेको रहेछ” – रोवटर्स दम्पतीले भन्नुभयो । काठमाडौँपछि पोखरा र त्यस क्षेत्रको एक महिने घुमघामका क्रममा रोवटर्स दम्पतीले वेभसाइटमार्फत भूकम्पपीडित क्षेत्रका विद्यालयसहितका सामुदायिक भवनहरु, घर तथा पीडित व्यक्तिको पहिचान गरी सहयोग जुटाउनेसमेत बताउनुभयो । “हिमाल, ताल, नदीनाला, पहाड, विभिन्न भाषाभाषी, संस्कृति र आफ्नै मौलिक जनजीवन रहेको नेपाल सुन्दर र सुरक्षित रहेको सन्देश विदेशमा फैलाउन हामी पनि मद्दत गर्छौं” – भर्खरै कोरियाको भ्रमणपछि नेपाल आउनुभएका रोवटर्स दम्पतिले भन्नुभयो । वसन्तपुर दरबार क्षेत्रमा भेटिएका न्युयोर्क ९अमेरिका० का फ्रान्जर गुन्टर दम्पतीले पश्चिमा मिडियाले भूकम्पले नेपाल पूरै ध्वस्त भएजस्तो गरेर चित्रण गरे पनि यहाँ आउँदा आफूले त्यस्तो नभएको महसुस गर्नुभयो । “केही संरचना भत्केका छन्, तर पर्यटकलाई बस्न, घुम्न र हेर्न कुनै असुविधा छैन म अमेरिका पुगेपछि यो सन्देश दिन चाहन्छु” – भुटान जाने तयारीमा रहनुभएका उहाँहरुले भन्नुभयो । भक्तपुर, पाटन, वसन्तपुर दरबार क्षेत्रजस्ता राजधानीका प्रमुख पर्यटकीय स्थलमा पर्यटकको चहलपहल देखिए पनि गतवर्षको दाँजोमा यो सङ्ख्यामा कमी आएको छ । भूकम्पले पर्यटकका घुमघाम, खानपिन र बसोबासका बारेमा उचित सूचना बेलैमा प्रवाह हुन नसक्दा यसपटकको पर्यटकीय मौसममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । वसन्तपुर दरबार क्षेत्रको पर्यटक सूचना केन्द्रका अनुसार आव ०७१÷०७२ मा दुई लाख २७ हजार ११६ पर्यटक आएका थिए । उनीहरुबाट रु १५ करोड ७० लाख राजस्व उठेको थियो । यो वर्ष असोजको तेस्रो सातासम्म पाँच हजार ५९३ पर्यटक आएका छन् । जबकि अघिल्लो वर्ष साउन महिनामा मात्रै २२ हजार २५५ र भदौमा १६ हजार पर्यटकले भ्रमण गरेका थिए । विगत पाँच वर्षदेखि सो क्षेत्रमा पर्यटक पथप्रदर्शकको काम गर्दै आउनुभएका सुजन रिजाल पनि राजधानीका मुख्य स्थलमा पर्यटकको चहलपहल देखिए पनि विगतको तुलनामा भने कमी रहेको बताउनु हुन्छ । “भूकम्पले यहाँको पर्यटन क्षेत्रमा कुनै असर पुगेको छैन भन्ने सूचना बेलैमा दिन नसक्दा यो मौसममा पर्यटक घटेका हुन्, अहिलेको चहलपहल हेर्दा भने आउँदो मौसममा पर्यटक बढ्नेछन्” – पथप्रदर्शक रिजाल भन्नुहुन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE