Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

पर्यटक भन्छन् – ‘नेपाल अझै सुन्दर र सुरक्षित छ’

\"mount-kanchenjunga-nepal\"काठमाडौ ।  भूकम्पपछि नेपाल घुम्न आएका पर्यटकले प्रचारमा आएजस्तो नेपालको पर्यटकीय सौन्दर्य नगुमेको र अझै सुरक्षित गन्तव्यस्थल भएको धारणा राखेका छन् । अस्टे«लियाका फोटोग्राफर वेनिजी सान्टमेरियाले भुइँचालोपछि नेपालका मुख्य पर्यटकीय क्षेत्र घुमघाम गर्न सुरक्षित रहेको अनुभव सङ्गाल्नुभएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रामार्गमा पर्ने घोरेपानी घान्द्रुक हिमाली क्षेत्रको एकहप्ते पदयात्रापछि पर्यटकीय नगरी पोखरा, भक्तपुर र काठमाडौँका प्रमुख पर्यटकीयस्थल घुमेका सान्टमेरियाले नेपाल पर्यटकका लागि सुरक्षित रहेको बताउनुभयो । “भुइँचालोले यहाँका संरचना पूरै भत्केको जस्तो गरेर सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए तर त्यो होइन रहेछ, बस्न खान होटल रेष्टुराँ, घुम्न पदयात्रा मार्ग र नाम चलेका पर्यटकीयस्थल सुरक्षित भएको पाएँ” – सान्टमेरियाले भन्नुभयो । नेपाल आफ्नो सपना भएको र घुम्न पाउँदा अतिनै रोमाञ्चित भएको बताउँदै उहाँले यहाँ घुम्ने धोको अझै नपुगेकाले आगामी मार्चमा आउने बताउनुभयो । नेपाली जनजीवन, बालबालिका, संस्कृति र हिमाली क्षेत्रको फोटोमा रुचि राख्नुभएका उहाँले अस्टे«लियामा नेपालसम्बन्धी फोटो प्रदर्शनी गर्ने सोच बनाउनुभएको छ । तीन हजार दुई सय मिटर उचाइको पुनहिलबाट देखिने धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पोखरा उपत्यकाको मनोरम दृश्य, भक्तपुर एवम् काठमाडाँैको नेवारी संस्कृति र यहाँको जनजीवनले आफूलाई बढी लोभ्याएको सान्टमेरियाले सुनाउनुभयो । “नेपाल प्राकृतिक रुपमा साँच्चिकै सुन्दर छ र सुरक्षित छ, यो सन्देश विश्वभर फैलाउनु जरुरी छ” – दर्जन बढी देश घुमिसकेका सान्टमेरियाले नेपालपछि इन्डोनेसिया र मलेसिया उड्नुअघि भन्नुभयो । चौथो पटक नेपाल घुम्न आउनुभएका क्यानडाका ब्रुस एडवर्ड रोवटर्स र थिएर्से रोवटर्स भूकम्पपीडितलाई सघाउन र नेपालको अवस्था बुझेर विदेशीलाई घुम्न आउने सन्देश फैलाउन यसचोटी यहाँ आइपुग्नुभएको छ । धेरै देश घुमेर भ्रमण कार्यक्रममा विशेष दक्खल राख्ने यो जोडीले दाता र भूकम्पपीडितबीच प्रत्यक्ष सम्पर्क गरी पीडितलाई सघाउन वेभसाइटमार्फत नेपालका लागि सहयोग अभियान पनि सुरु गर्नु भएको छ । केही विद्यालय र घर एवम् पीडित बालबालिकाका लागि सहयोग जुटिसकेको उहाँहरुले बताउनुभयो । “भूकम्पले विदेशी पर्यटकलाई नेपाल घुम्न अप्ठ्यारो छ कि भन्ने सोच भ्रममात्र रहेछ, घुमफिर र बस्नखान कुनै समस्या देखिएन बरु अहिलेको इन्धन समस्याले जनजीवनलाई असर गरेको रहेछ” – रोवटर्स दम्पतीले भन्नुभयो । काठमाडौँपछि पोखरा र त्यस क्षेत्रको एक महिने घुमघामका क्रममा रोवटर्स दम्पतीले वेभसाइटमार्फत भूकम्पपीडित क्षेत्रका विद्यालयसहितका सामुदायिक भवनहरु, घर तथा पीडित व्यक्तिको पहिचान गरी सहयोग जुटाउनेसमेत बताउनुभयो । “हिमाल, ताल, नदीनाला, पहाड, विभिन्न भाषाभाषी, संस्कृति र आफ्नै मौलिक जनजीवन रहेको नेपाल सुन्दर र सुरक्षित रहेको सन्देश विदेशमा फैलाउन हामी पनि मद्दत गर्छौं” – भर्खरै कोरियाको भ्रमणपछि नेपाल आउनुभएका रोवटर्स दम्पतिले भन्नुभयो । वसन्तपुर दरबार क्षेत्रमा भेटिएका न्युयोर्क ९अमेरिका० का फ्रान्जर गुन्टर दम्पतीले पश्चिमा मिडियाले भूकम्पले नेपाल पूरै ध्वस्त भएजस्तो गरेर चित्रण गरे पनि यहाँ आउँदा आफूले त्यस्तो नभएको महसुस गर्नुभयो । “केही संरचना भत्केका छन्, तर पर्यटकलाई बस्न, घुम्न र हेर्न कुनै असुविधा छैन म अमेरिका पुगेपछि यो सन्देश दिन चाहन्छु” – भुटान जाने तयारीमा रहनुभएका उहाँहरुले भन्नुभयो । भक्तपुर, पाटन, वसन्तपुर दरबार क्षेत्रजस्ता राजधानीका प्रमुख पर्यटकीय स्थलमा पर्यटकको चहलपहल देखिए पनि गतवर्षको दाँजोमा यो सङ्ख्यामा कमी आएको छ । भूकम्पले पर्यटकका घुमघाम, खानपिन र बसोबासका बारेमा उचित सूचना बेलैमा प्रवाह हुन नसक्दा यसपटकको पर्यटकीय मौसममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । वसन्तपुर दरबार क्षेत्रको पर्यटक सूचना केन्द्रका अनुसार आव ०७१÷०७२ मा दुई लाख २७ हजार ११६ पर्यटक आएका थिए । उनीहरुबाट रु १५ करोड ७० लाख राजस्व उठेको थियो । यो वर्ष असोजको तेस्रो सातासम्म पाँच हजार ५९३ पर्यटक आएका छन् । जबकि अघिल्लो वर्ष साउन महिनामा मात्रै २२ हजार २५५ र भदौमा १६ हजार पर्यटकले भ्रमण गरेका थिए । विगत पाँच वर्षदेखि सो क्षेत्रमा पर्यटक पथप्रदर्शकको काम गर्दै आउनुभएका सुजन रिजाल पनि राजधानीका मुख्य स्थलमा पर्यटकको चहलपहल देखिए पनि विगतको तुलनामा भने कमी रहेको बताउनु हुन्छ । “भूकम्पले यहाँको पर्यटन क्षेत्रमा कुनै असर पुगेको छैन भन्ने सूचना बेलैमा दिन नसक्दा यो मौसममा पर्यटक घटेका हुन्, अहिलेको चहलपहल हेर्दा भने आउँदो मौसममा पर्यटक बढ्नेछन्” – पथप्रदर्शक रिजाल भन्नुहुन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy