Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

दसैँका लागि घर फर्कने बढे

भीमदत्तनगर । दसैँ तिहारलगायत पर्व मनाउन भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रम बढेको छ । घटस्थापनाभन्दा करिब एक साताअघिदेखि पश्चिमी नाका गड्डाचौकी भएर स्वदेश फर्किने क्रम सुरु भएको थियो । अहिलेसम्म करिब २० हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन गड्डाचौकी नाका भएर स्वदेश फर्किसकेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । “दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म भारतबाट नेपाली फर्किरहेका छन्,” इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले भन्नुभयो – “अहिले पनि भारतका विभिन्न स्थानमा मजदुरी गरेर फर्किने क्रम जारी छ ।” भारतको राजधानी नयाँदिल्ली, मुम्बई, पञ्जाव, बैङ्ग्लोर, हरिद्वार, सिमला, देहरादुनलगायत सहरमा यहाँका नागरिक कामको खोजीमा जाने गर्दछन । “तीन महिनाअघि सिमलामा स्याउ टिप्न गएको थिएँ,” भारतबाट फर्किदै गरेको कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकाका भागीराम रानाले भन्नुभयो – “अब तिहार सकेर फेरि उतै ९भारत० जान्छु ।” यसैबीच, यात्रुको चापलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाएको छ । “हामीले सहायता कक्षसमेत राखेर यात्रुको गुनासो सम्बोधन गर्ने गरेका छौँ,” प्रहरी नायब निरीक्षक चन्दले भन्नुभयो – “विगतका भन्दा यो पटक लुटपाटका घटनामा कमी आएको छ ।” विगतका वर्षमा भारतबाट कमाएर घर फर्किने बेला सीमा क्षेत्रमा नेपालीलाई विभिन्न प्रकारका नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरिन्थ्यो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोरकुमार दाहालले दसैँ तिहारमा घर फर्किने नेपालीको सीमाक्षेत्रमा सुरक्षाका लागि भारतीय सुरक्षा निकायसँग पनि आग्रह गरिएको बताउनुभयो । “हामीले धेरै पटक भारतीय सुरक्षा निकायलाई नेपालीको सुरक्षामा ध्यान दिइदिन आग्रह गरेका छौँ,” प्रहरी उपरीक्षक दाहालले भन्नुभयो – “सीमामा हाम्रो सुरक्षा निकाय पनि तैनाथ छ ।” सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लामा सर्वसाधारण चाडपर्वमा घर आउन र फुर्सदमा रोजगारका लागि भारत जान गड्डाचौकी नाकाको प्रयोग गर्दै आएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE