Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

दसैँका लागि घर फर्कने बढे

भीमदत्तनगर । दसैँ तिहारलगायत पर्व मनाउन भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रम बढेको छ । घटस्थापनाभन्दा करिब एक साताअघिदेखि पश्चिमी नाका गड्डाचौकी भएर स्वदेश फर्किने क्रम सुरु भएको थियो । अहिलेसम्म करिब २० हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन गड्डाचौकी नाका भएर स्वदेश फर्किसकेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । “दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म भारतबाट नेपाली फर्किरहेका छन्,” इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले भन्नुभयो – “अहिले पनि भारतका विभिन्न स्थानमा मजदुरी गरेर फर्किने क्रम जारी छ ।” भारतको राजधानी नयाँदिल्ली, मुम्बई, पञ्जाव, बैङ्ग्लोर, हरिद्वार, सिमला, देहरादुनलगायत सहरमा यहाँका नागरिक कामको खोजीमा जाने गर्दछन । “तीन महिनाअघि सिमलामा स्याउ टिप्न गएको थिएँ,” भारतबाट फर्किदै गरेको कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकाका भागीराम रानाले भन्नुभयो – “अब तिहार सकेर फेरि उतै ९भारत० जान्छु ।” यसैबीच, यात्रुको चापलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाएको छ । “हामीले सहायता कक्षसमेत राखेर यात्रुको गुनासो सम्बोधन गर्ने गरेका छौँ,” प्रहरी नायब निरीक्षक चन्दले भन्नुभयो – “विगतका भन्दा यो पटक लुटपाटका घटनामा कमी आएको छ ।” विगतका वर्षमा भारतबाट कमाएर घर फर्किने बेला सीमा क्षेत्रमा नेपालीलाई विभिन्न प्रकारका नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरिन्थ्यो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोरकुमार दाहालले दसैँ तिहारमा घर फर्किने नेपालीको सीमाक्षेत्रमा सुरक्षाका लागि भारतीय सुरक्षा निकायसँग पनि आग्रह गरिएको बताउनुभयो । “हामीले धेरै पटक भारतीय सुरक्षा निकायलाई नेपालीको सुरक्षामा ध्यान दिइदिन आग्रह गरेका छौँ,” प्रहरी उपरीक्षक दाहालले भन्नुभयो – “सीमामा हाम्रो सुरक्षा निकाय पनि तैनाथ छ ।” सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लामा सर्वसाधारण चाडपर्वमा घर आउन र फुर्सदमा रोजगारका लागि भारत जान गड्डाचौकी नाकाको प्रयोग गर्दै आएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending