Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

अलमलमा ओली, मन्त्रीका लाागि नेतै पिच्छेका लिस्टले हैरानीमा

\"KP-Oli-PM\"काठमाडौं । उखान, टुक्का मिसाएर राजनीतिक भाषणकलामा निपुण एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको एकसाता भएको छ । तर, प्रष्ट बोल्ने, छिटो काम गर्ने भनेर प्रचारित उनै ओली सरकार विस्तारमा अलमलमा देखिएका छन् ।   प्रमुख सत्ता सहयोगी एमाओवादीले आफूले पाएका सबै मन्त्रालयको जिम्मेवारीमा मन्त्री पठाए पनि सरकारको नेतृत्व गरेका उनै ओलीले भने आफ्नै पार्टीबाट नाम चयन गर्न सकेका छैनन् ।   एमाओवादी र सानादलबाट आइतबारमात्र ९ मन्त्री थपिए पनि ओलीले आफ्नै पार्टीभित्र मिलाउन नसकेका हुन् । एमालेमा ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेलसहितका नेतापिच्छेका खल्तीमा मन्त्रीका लागि नाम हुँदा समस्या भएको हो । अरु दलले मन्त्रीका लागि नाम पठाइसक्दा पनि एमालेले आन्तरिक किचलोकै कारण अहिलेसम्म मन्त्रीको टुंगो लगाउन नसकेको हो ।   अर्थ, सूचना तथा संचारसहितका मन्त्रालयमा भीम रावल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रविन्द्र अधिकारसहितका नेताको विषयमा तीव्र प्रतिस्पर्धा र विवाद भइरहेको एमाले स्रोतका दाबी छ । प्रकाश ज्वाला, शेरधन राई, जनार्दन ढकाल, प्रेम आले, बैजनाथ चौधरी, नागेन्द्र चौधरी,  शत्रुध्न महतो,, शेरबहादुर तामाङ, श्रीमाया थकाली, जयन्ती राई, जितु गौतम, यज्ञराज सुनुवार, देवबहादुर सुनारसहितका नेताको पनि उत्तिकै चर्चा छ । सरकारमा पठाउने मन्त्रीको विषयमा आवश्यक गृहकार्य गर्नका लागि प्रधानमन्त्री ओलीकै नेतृत्वमा ५ सदस्यीय कार्यदल बने पनि कार्यदल नै अलमलमा रहेको एमाले स्रोत बताउछ ।   एमालेले माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई सर्वसत्तावादी भएको आरोप लगाइसकेका छन् । पार्टीमा छलफल नै नगरी अग्नी खरेललाई कानुनमन्त्री, सोमप्रसाद पाण्डेलाई उद्योगमन्त्री बनाइएकोप्रति पनि एमालेमा तीव्र आक्रोस छ । घनश्याम भुसाल, जगन्नाथ खतिवडासहितका नेताहरु ओलीको यस्तो कार्यशैलीप्रति रुष्ट छन् । नियमित स्थायीय समिति बैठक नडाकिएकोप्रति पनि एमालेमा असन्तुष्टी छ ।   एमालेको आन्तरिक खिचातानीले गर्दा नाकाबन्दीको मारबाट मुक्त गराउने प्रभावकारी पहलकदमी पनि हुन सकेको छैन । दशैं, तिहार, छठ जस्ता चाडबाडको यो बेला कुटनीतिक, राजनीतिक पहल गरी नाकाबन्दी खुलाउन लाग्नुपर्ने बेलामा ओली आन्तरिक किचलोमै १० दिनदेखि रुमल्लिएका छन् ।   यही सुस्तताले गर्दा ओली सरकार अलमलिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गर्न थालिसकेको छ । ‘निक्कै जोडतोडका साथ काम गर्ने तयारी झैं अघि बढ्ने भनिए पछि सरकार सुस्त देखियो’ कांग्रेसका एक नेता भन्छन्, ‘मन्त्री कसलाई बनाउने भन्ने खेलोले जनताका समस्यातर्फ ध्यान नै गएन ।’मन्त्रीसँगै राष्ट्रपति कसलाई बनाउने भन्नेमा पनि एमाले अलमलमा छ ।   राष्ट्रपतिका लागि पार्टीबाट विद्या भण्डारी, झलनाथ खनाल,  सुवास नेम्वाङको नाम चर्चामा छ । तर, एमालेले उम्मेदवार तय गर्न सकेको छैन । कांग्रेसले सभामुखमा उम्मेदवारी नदिई राष्ट्रपतिमा आफ्नो दाबी गरिरहँदा एमाले यसरी सुस्ताउँदा एमालेकै नेता कार्यकर्ताले अचम्म मानिरहेका छन् । अरु पार्टीका भटाभट मन्त्री बन्न तर, सरकारको नेतृत्व गरेकै दलले मन्त्री टुंगो लगाउन नसक्ने, राष्ट्रपतिको उम्मेदवार चयन नगर्दा समस्या आएको भन्दै उनीहरु नेताहरु नै असन्तुष्ट बनेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy