Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

बालुवाटारमा काङ्ग्रेस–एमाले बैठक जारी

काठमाडौं, सरकार छाड्ने धम्की दिएको नेकपा (एमाले) र सत्ताको नेतृत्व गरिरहेको काङ्ग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । एमालेले भने प्रक्रियामा नगई काङ्ग्रेस सहमतिकै कुरामा अल्झिरहे आफूले सरकार छाड्ने चेतावनी दिएको छ । तत्काल प्रक्रियामा अघि नबढेर अझै पनि सहमतिकै कुरामा अल्झनेगरी काङ्ग्रेसले एकलौटी ढङ्गमा सन्देहपूर्ण भूमिका निभाइहेको आरोप लगाउँदै केपी ओलीको निजी सचिवालयले खबर डबलीलाई भन्यो– ‘काङ्ग्रेसले यही रवैया जारी राख्छ भने उसको नेतृत्वमै सरकार टिकाइराख्ने औजारमा एमाले सीमित रहन सक्दैन ।’ एमालेले सोमबार सत्ता छाड्न सकिने अभिव्यक्ति दिएको सन्दर्भमा त्यसबारे आधिकारिक धारणा बुझन काङ्ग्रेसले एमालेका नेताहरुलाई मङ्गलबार दिउँसो बालुवाटारमा डाकेका हुन् । बैठक ४ बजे बस्ने भनिए पनि नेताहरुको व्यस्तताका कारण केही ढिलो सुरु भई यतिबेला जारी रहेको काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलका सहयोगीले खबर डबलीलाई बताए । बैठकमा काङ्ग्रेसका तर्फबाट सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा लगायत र एमालेका तर्फबाट अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, विद्या भण्डारी, भीम रावल तथा महासचिव ईश्वर पोख्रेल लगायत सहभागी छन् । एमालेका नेताहरुलाई बालुवाटार बोलाउनुअघि प्रधानमन्त्री कार्यालयमा काङ्ग्रेसका नेताहरुको अनौपचारिक बैठक बसेको थियो । काङ्ग्रेस बैठकमा एमालेले सरकार छाडे कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । ‘‘सरकार छाड्ने अभिव्यक्ति दिनुको कारण खोतल्न एमालेलाई बालुबाटार डाक्ने कुरा भएको छ’– काङ्ग्रेस उपसभापति रामचन्द्र पौडलेले खबर डबलीलाई छोटो प्रतिक्रिया दिँदै भने । काङ्ग्रेसले वर्तमान सरकारलाई निरन्तरता दिने बताएको छ भने एमालेको सोमबार बसेको पदाधिकारी बैठकबाट नयाँ विकल्पमा जान सकिने बताएको थियो । बालुवाटारमा बसेको बैठकमा विपक्षी मोर्चासँग कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । काङ्ग्रेसका केही केन्द्रीय सदस्यहरुले माओवादीलाई सँगै लिएर अगाडि बढ्न प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् भने केहीले एमालेसँगको सहकार्य तोड्नु नहुने बताइरहेका छन् । बैठकमा सहमहामन्त्री पूर्णबहादुर खड्काका अनुसार पदाधिकारीको अनौपचारिक छलफलले दलहरुसँग वार्तालाई सघन रुपमा अगाडि बढाउने निर्णय गर्‍यो । बैठकमा प्रधानमन्त्रीका कोइरालाका साथ उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री खड्का, सञ्चारमन्त्री मीनेन्द्र रिजाल, कानुनमन्त्री नरहरि आचार्य र शेखर कोइराला सहभागी थिए । काङ्ग्रेसमा देउवा र शेखर कोइराला माओवादीलाई साथ लिएर बढनुपर्ने बताउँछन् भने कोइरालानिकट केही नेताहरु वर्तमान सरकारमा माओवादीलाई पनि सँगै लिएर जाने र काङ्ग्रेसको नेतृत्वमै संविधान घोषणा गर्नुपर्ने बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy