Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

गृहमन्त्री बस्नेतले कटाए आफ्नै सुविधा, अगुवापछुवा गाडी नहुने

\"Shakti_b_basnet_khabardabali\"काठमाडौं । गृहमन्त्री शक्ति बहादुर बस्नेतले गृहमन्त्रीको हैसियतमा प्राप्त हुने सेवा सुविधा नलिने भएका छन् ।   नेपालका ठुला नेता तथा ओहदाको व्यक्तिले देशको सुरक्षा शक्तिलाई घरयासी काममा समेत लगाएर दूरुपयोग गरिरहेका बेला गृहमन्त्री बस्नेतले भने गृहमन्त्रीका लागी यसअघि भएको सुविधा अन्तर्गत अगुवा÷पछुवा सुरक्षाकर्मी तथा गाडीलाई दशैंपछाडी कार्यालय खुलेकै दिनबाट हटाएका छन्  । उनले गरेको निर्णयअनुसार अब अन्य मन्त्रीहरुकै जस्तै उनको पनि मन्त्रीले प्रयोग गर्ने गाडीमात्रै सडकमा गुडेको देख्न सकिने छ ।   यसअघि गृहमन्त्रीका लागी प्रधानमन्त्री पछि सबैभन्दा धेरै सुरक्षा व्यवस्था हुन्थ्यो । अगुवा एक र पछुवा एक गरी दुई गाडीमा सुरक्षा व्यवस्था गरिने चलन थियो ।   आइतबार तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई डाकेर उनले यस्तो निर्देशन दिएका हुन् । अहिले पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहले समेत पछुवा सूरक्षाकर्मीको गाडी लिने गरेका छन् । बस्नेतको यो निर्णयले पूर्व गृहमन्त्रीहरुलाई नैतिक संकटमा हाल्ने देखिन्छ ।   यसअघि समाचारहरुमा नेपाल प्रहरी तथा सेनाका जवानहरुलाई हाकिम तथा उच्च पदस्थ कर्मचारीले घरयासी काममा लगाउनका साथै श्रीमतिका फरियासम्म धुन लगाएका घटनाहरु सार्वजनिक भएका थिए । यस्तो अवस्थामा बस्नेतको यो निर्णयले यि सबै ज्यादती तथा दुरुपयोगहरुलाई रोक्ने संकेत गरेको छ ।   स्मरण रहोस् बस्नेतमाथि पहिलो संविधानसभाको निर्बाचन लगत्तै तात्कालिन प्रधानमन्त्री प्रचण्डको स्वकिय सचिव रहँदा उनी बस्ने डेरामा उनिमाथि गोली प्रहार भएको थियो । उनको गोडामा गाेली लागेपश्चात बिएनबि अस्पतालमा उपचार भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy