Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कर्णले भने – प्रधानमन्त्री ओलीलाई सबक सिकाउन खोजेको सकेनौ

\"Laxman\"काठमाडौं । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बार्ता टोलीका सदस्य एवम सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले केपी शर्मा ओलीलाई परास्त गर्न मात्रै आफूहरु प्रधानमन्त्री निर्वाचनमा सहभागि भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज गरेको साक्षात्कारमा कर्णले आन्दोलनले माँखो पनि मार्दैन भन्ने मधेस बिरोधी ओलीलाई हराउन मात्र निर्वाचनमा भाग लिएको बताउनुभएको हो । ‘केपी ओलीको ठाँउमा अरु उम्मेदवार भएको भए हामी निर्वाचनमा नजान पनि सक्थ्यौ’ उहाँले भन्नुभयो ‘ओलीजी हारेको भए मधेसीहरुको मनको पीडा पनि कम हुन्थ्यो । सबक सिकाउन गएका थियौ तर सकेनौ ।’

उहाँले राष्ट्रपति पदमा आफूहरुको उम्मेदवार नभएको र अरु दलले पनि आफूहरुसँग कुनै प्रस्ताव नराखेकोले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा सहभागि नहुने स्पष्ट पार्नुभयो ।

उहाले मधेसीलाई बार्ता विरोधी भन्ने आरोप लगाउँदै सरकारले आफूहरुको राजनीतिक मागलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।सरकारले अझै पनि स्पष्ट एजेण्डा ल्याए बार्ता निर्णायक चरणमा प्रवेश गर्न सक्ने उहाँको विश्वास छ ।

बार्ता टोलीका अर्का सदस्य एवम तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता राम नरेश राय यादवले मधेस आन्दोलन अझै शसक्त र निर्णायक हुने दावी गर्नुभयो । उहाले भन्नुभयो, ‘यो वर्षको धान कटाई र गहू छर्ने भन्दा पनि मधेसी जनताले आफ्नो अधिकार लिने वर्ष हो ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE