Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

महोत्तरीका एक दर्जनभन्दा बढी गाविसमा जङ्गली जानवरको आतङ्क

\"Mahottari महोत्तरी । जङ्गली जानवर ग्रामीण भेगमा पसेर आतङ्क मच्चाउँदा महोत्तरीको उत्तरी क्षेत्रका एक दर्जनभन्दा बढी गाविसका स्थानीयवासी त्रसित बनेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रामनगर, गौशाला, वेलगाछी, लक्ष्मिनियाँ, भरतपुर, हात्तीलेट, पशुपतिनगर, खयरमारा, माईस्थान, बर्दिवास विजलपुरा, सोनमा, सुन्दरपुरलगायत एक दर्जनभन्दा बढी गाविसमा रातिको समयमा जङ्गली जानवर पसेपछि सर्वसाधारण त्रसित बनेका हुन् । गाउँको नजिकै रहेको सागरनाथ जङ्गलबाट रातिको समयमा आएको बँदेल, गैँडा, हात्ती, बाँदर लगायतका जनावर गाउँमा पसी बालीनालीमा क्षति पु¥याउनुका साथै मानवीय तथा भौतिक रुपमा समेत क्षति पु¥याएपछि सर्वसाधारणको जनजीवन आतङ्कित बन्दै गएको छ । केही दिनअगाडि रातु नदीको बाटो हुँदै महोत्तरीको पशुपतिनगरमा दर्जनौँको सङ्ख्यामा पसेको बँदेलको समूहले दर्जनौँ बिघा क्षेत्रफलमा लगाइएको धान, काउली, खुर्सानी लगायतका बालीनाली खाएर क्षति पु¥याएका छन् । रातिको समयमा ग्रामीण भेगमा पस्ने बँदेलको ती समूह बिहानपख जङ्गलतर्फ जाने गरेको स्थानीयवासी सुरेन्द्र सिंहले बताए । कात्तिक २ गते सोनमा गाविसमा छिरेको गैँडाले स्थानीय तीनजनालाई मरणासन्न हुने गरी घाइते बनाएका थिए । एकाबिहानै खेतमा काम गर्न गएको समयमा उखु बारीमा रहेको सो गैँडाले एक घरका आमाछोरी तथा अन्य एकजनालाई घाइते बनाउँदा हाल उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । त्यस्तै महोत्तरीको रामनगर, माईस्थान, हात्तीलेट, किसाननगर गाविसको नजिकै रहेको सागरनाथ जङ्गलबाट सयौँ सङ्ख्यामा आएको बाँदरले बालीनालीमा क्षति पु¥याउँदै आएको छ । ती जङ्गली बाँदरलाई धपाउन जाँदा एक्ला महिला एवम् ससाना बालबालिकालाई उल्टै आक्रमण गर्दै आएको रामनगरका किसान रामप्रकाश कुशवाहाले बताए । सो सम्बन्धमा आफूहरुले सामूहिक रुपमा स्थानीय प्रशासनसमक्ष मौखिक एवम् लिखित रुपमा जानकारी दिँदासमेत हालसम्म कुनै निकायबाट ठोस पहल हुन नसकेको अर्को किसान गणेश थापाले गुनासो पोखे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies