Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

दुई ‘विरोधी’ एकै मञ्चका अथिति भएपछि...

चितवन, वर्तमान राजनीतिक गतिरोधको दोष एक–अर्कालाई थोपर्दै गरेका सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई मङ्गलबार चितवनमा भिन्न रुपमा देखियो । जहिल्यै पनि एक–अर्काको आलोचनामा समय खर्चिने उनीहरुले मङ्गलबार चितवनको एक कार्यक्रमा त्यसतर्फ कुरा गर्न चाहेनन् । सत्ताप्रमुख तथा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै कार्यक्रमका अतिथि भए । मञ्चको सोफामा कुम जोडेर सँगै बसेका कोइराला र प्रचण्डले बारबार एक–अर्काको कान नजिक मुख लैजाँदै कुरा गर्दै गरिरहेको घरीघरी स्पष्टै देख्न सकियो । दुबै नेतालाई राजनीतिक गतिरोध अन्त्य गर्दै सहमति, सहकार्यमार्फत संविधान निर्माण गर्न साङ्केतिक सन्देश दिएको थियो, चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिरको स्वर्णजयन्ती कार्यक्रमले । मञ्चमा सँगै बसेका प्रधानमन्त्री कोइराला र विपक्षी दलका प्रमुख प्रचण्ड कार्यक्रममा सहभागी हुन क्रमशः राजधानी तथा पूर्व लहानदेखि आएका थिए । उनीहरु दुबैले एकसाथ पानसमा दीप प्रज्वलन गरे । दीप प्रज्वलन गर्दैगर्दा प्रचण्डको मुहारमा अनौठो मुस्कान देख्न सकिन्थ्यो भने प्रधानमन्त्री कोइरालाले– ‘यो त बल्दैन है’ भनेर प्रचण्डलाई सङ्केत गरेपछि प्रचण्डले आफ्नो मैनको आगो कोइरालालाई दिएर सहयोग गरेका थिए । उनीहरु दुवैमा देखिएको सहयोग र सहकार्यको झल्को देखेर कार्यक्रममा उपस्थितहरुले ताली बजाएका थिए । पछि आ–आफ्नो मन्तव्यका क्रममा दुवै नेताले सहमति, सहकार्यमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy