Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

ओली पासाङकै पक्षमा, नेपाल विपक्षमा

\"pasang-1124\"काठमाडौं । एमाओवादीको प्रमुख सहयोगमा प्रधानमन्त्री र राष्ट्रपति जस्ता प्रमुख पद हात पारे पनि एमालेले उपराष्ट्रपति एमाओवादीका नन्दकिसोर पुन ‘पासाङ’लाई दिन आनाकानी गरेको छ ।

राष्ट्रपति चयन नहुँदासम्म पासाङलाई दिने चर्चामाथि एमाले नबोले पनि विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि समावेशीताको नाममा एमालेका केही नेताले अर्घेलो थाप्ने काम गरेका हुन् ।

मधेसी वा थारु समुदायबाट उठाउँदा राम्रो हुन्छ भन्दै यस्तो प्रस्ताव आएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए । ‘ओनसरी घर्तीलाई रुचाउने अनि पासाङलाई नरुचाउने भन्ने होइन’ ज्ञवालीले भने, ‘उपराष्ट्रपतिको कोटा एमाओवादीकै हो । सन्तुलन मिलाउनका लागि मधेसी वा थारु समुदायको हुँदा राम्रो हुन्छ भनेका हौं । यसका लागि मधेसी वा थारु समुदायबाट अघि सार्दिए हुन्थ्यो भन्नेमात्र हो ।’

तर, एमालेमा केपी ओली पक्षले पासाङलाई उठाउँदा ठीक भएको बताए पनि माधव नेपाल पक्ष भने पासाङलाई अघि सार्न नहुने पक्षमा छ । सत्ता सहयोगी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, माले, नेकपा संयुक्त जस्ता साना दलको पनि माग भन्दै साना दलबाट दाबी भन्दै पासाङलाई हुन नदिने खेल भएको हो । सोही खेलपछि उच्चस्तरीय राजनीतिक समन्वय समितिमा पनि उपराष्ट्रपतिबारे विवाद भयो । तर, एमाओवादी अध्यक्ष प्रचण्डले विगतको सहमति विपरित पासाङलाई नस्वीकारे सत्ता गठबन्धन तोड्ने चेतावनी दिएपछि अन्नतः एमाले पछि हट्यो । र सत्तापक्षको साझा उम्मेदवारको रुपमा पासाङको उम्मेदवारी दर्ता भयो ।

कांग्रेसले सांसद अमियकुमार यादवलाई अघि सारिसकेको छ । आज पुन र यादवको उम्मेदवारी दर्ता भएकाले भोलि उपराष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । पूर्व जनमुक्ति सेनाका कमाण्डर रहेको भन्दै केही स्वार्थ समूहको दबामा नेपाली सेनाले नमानेको चर्चा गर्दै पासाङलाई उम्मेदवार बनाउन नहुने पहल भएको थियो ।

एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा केही साना दल लगायत पूर्व सेनापति रुक्माङगत कटवाल समेत उपराष्ट्रपतिमा पासाङलाई रोक्ने खेलमा लागेका छन् । सकेसम्म उम्मेदवारी नै रोक्ने नसके पराजित गर्नेसम्मको योजनामा नेपाल लागेका छन् ।

संविधान जारी गर्ने समयमा समेत एमाले नेता नेपाल सुसुप्तरुपमा संविधान रोक्ने खेलमा लागेका थिए । अहिले उनै पासाङलाई उपराष्ट्रपति हुन नदिने भुमिकामा छन् । उनलाई भारतीय एजेण्डाहरुले समेत साथ दिएको चर्चा छ । नेपाल भ्रमणमा रहेका भाजपा नेता जोलीले प्रधानमन्त्री ओलीलाईसमेत पासाङकोबारेमा सोधेका थिए । ओलीले यो आफ्नो आन्तरिक मामला भएको र आफै सुल्झाउने बताएपछि जोली मौन बसेको स्रोत बताउँछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending